add

हिमालयन बैंकको नाफा २७.४५ प्रतिशतले बढ्यो






ActPro Nepal

|

२२ माघ, २०७६

|
789

काठमाडौं, २२ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा १ अर्ब ७४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७ करोड ५३ लाख अर्थात २७.४५ प्रतिशत बढी हो।

अघिल्लो वर्षको तुलनामा  पुस मसान्तमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा चालु आवको सोही नाफामा ३७ करोड ५३ लाख रुपैयाँले बढेर १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुगेको हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै बैंकको नाफा बढेको हो। नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८८ पैसा बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ १२.१९ प्रतिशत र कर्जा लगानी तर्फ ५.४१ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब २२ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले ब्याज आम्दानी तर्फ भने ३.३९ प्रतिशत वृद्धि गरेको छ । गत आवको ६ महिनामा २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ब्याज आम्दानी ८४ करोड रुपैयाँले बढाएर २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको वितरण योग्य नाफा भने ९२ करोड ९२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ३० करोड ४३ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद फि तथा कमीशन आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज १० करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेका कारण खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर सामान्य बढेको हो। यसका साथै बैंकको गैर सञ्चालन आम्दानीमा पनि सुधार भएपछि खुद नाफा बढ्न टेवा पुगेको हो।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.७४ गुणा कायम भएको छ। सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.२८ प्रतिशत, आधार दर ८.९२ र स्प्रेड दर ५.३२ प्रतिशत रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.