add

२ वटा न्यारोबडी ३२० जहाज किन्दा ४ करोड घुस






ActPro Nepal

|

२१ माघ, २०७६

|
1005

काठमाडौं–  युरोपियन विमान निर्माता कम्पनी एयरबससँग जहाज खरिद गर्दा नेपाली अधिकारीहरुले नै घुस खाएको खुलासा भएको छ । एयरबसले नै घुस दिएको खुलासा गरेको हो । नेपालले २ वटा न्यारोबडी ३२० जहाज किन्ने सम्झौता भएपछि तेस्रो पक्षसँग सम्झौता गरेर घुस दिएको देखिएको फ्रान्सको एरिस डिस्ट्रिक्ट कोर्टले खुलासा गरेको हो ।

तेस्रो पक्षसँग ुएडभाईजरीु सेवा लिनको लागि सम्झौता भएको र सो कम्पनीलाई फेब्रुअरी २०१४ र अप्रिल २०१५ को बीचमा एयरबसले  ३ लाख ४० हजार युरो दिएको देखिएको उल्लेख छ । प्रतिवेदनले यो रकम घुस प्रयोजनको लागि भएको देखिन गएको उल्लेख गरेको छ ।  आजको मूल्य अनुसार ३ लाख ४० हजार युरो ४ करोड नेपाली रुपैयाँ भन्दा बढी हो । 

यस प्रकरणमा नेपाल एयरलाइन्सका तत्कालिन प्रवन्ध निर्देशक सुगतरत्न कसांकार बिरुद्द अख्तियारले भ्रष्टाचारको मुद्दा समेत चलाएको थियो । तर विशेष अदालतले उनलाई सफाई दिएको थियो । 

जहाज खरिद गर्दा अनियमितता भएको भन्दै तीव्र आलोचना भईरहेका बेला विमान विक्रेता कम्पनीबाट नै विमान किन्ने देशका अधिकारीले पैसा लिएको तथ्या सार्वजनिक भएको हो ।  

हेर्नुस प्रतिवेदनमा घुसबारे उल्लेख गरिएको अंश 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.