add

बालेनको चेतावनीपछि-'काठमाडौका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन'






ActPro Nepal

|

१ असार, २०८०

|
267

काठमाडौँ । काठमाडौँका हलमा भारतीय फिल्म ‘आदिपुरुष’को बिहानी प्रदर्शन रोकिएको छ । आदिपुरुषलाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौँ उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरे । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितिको कारण काठमाडौँ उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ ।

बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने व्यवस्था हलहरूले गरेका छन् । यहीबीच चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाहको अभिव्यक्ति र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

मेयर बालेनले बिहीबार साँझ  आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । तीन दिनभित्र उक्त शब्द नसच्चिए काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न पाउने उनको चेतावनी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.