add

गीतकार खिम केसीको ‘आमा’ सार्वजनिक (भिडियोसहित)






ActPro Nepal

|

१७ वैशाख, २०७९

|
764

काठमाडौं । गीतकार खिम केसीको तेस्रो गीत ‘आमा’ शुक्रबारदेखि बजारमा आएको छ । 'लाटोकोसेरो फिल्म्स'को  प्रस्तुती  रहेको उक्त गीतमा सनुप पौडेलले स्वर दिएका छन् भने राजन इसानले संगीत भरेका छन् ।

आमाको मुख हेर्ने दिनभन्दा एक दिनअगाडि उक्त गित रिलिज गरिएको हो । आमा९छोरा एक अर्काबाट टाढा रहँदा छोराले मनमा चल्ने हुन्डरीको वरपर यो गीत केन्द्रित छ ।

शब्दमार्फत आफ्नी आमालाई विशेष दिनको कोसेली दिन खोजेका गीतकार केसीले बताए । यो गीतको म्युजिक भिडियोमा रेणु नेपाल र मनीष पौडेल  अभिनय गरेका छन् ।

भिडियो सम्पादन र निर्देशन बिजेस राजन र छायांकन नीरज श्रेष्ठले गरेका छन् । एसियन म्युजिक कम्पनीले गीत बजारमा ल्याएको हो ।

अहिले अमेरिकाको क्यालिफोर्नियालाई कर्मथलो बनाएर बसिरहेका केसी साहित्यमा र संगीतमा रुचि राख्छन् । नेपाल रहँदा केसीले झन्डै एक दशक कर्णाली र सुदूरपश्चिमका जिल्लामा सामाजिक अभियन्ताका रूपमा बिताएका छन् ।

मानवशास्त्रमा स्नातकोत्तर केसी गजल लेखनमा पनि सक्रिय छन् । उनका साहित्यिक रचना विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित छन् । यसअघि केसीको ‘लुकाएको मेरो माया’ र ‘म जहिले’ गीत आइसकेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.