add

नारायण रायमाझीको तेस्रो चलचित्र ‘परदेशी – २ को शुभ मुहूर्त






ActPro Nepal

|

१० फागुन, २०७६

|
1397

काठमाडौं । गोर्खापल्टन र ‘परदेशी जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी – २ को शुभ मुहूर्त गरेका छन् । 

फागुन ९ गते शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभ साइत गरिएको हो ।

विनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै आजै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको छ । गोर्खा पल्टन देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो ।

‘परदेशी – २ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस व्यानरमा ‘कोही मेरो, गोर्खा पल्टन र ‘परदेशी निर्माण भईसकेका छन् ।

‘परदेशी चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा – व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छट पटी भईरहेको बताउँदै ‘परदेशी ९२ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराएका छन् ।

निर्देशक रायमाझी भन्छन् –हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौँ र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका  छौं । ‘परदेशी – २ नेपाली गाउँबस्ती रित्तिएको कथा हो ।

नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको  जीवनको कथा हो ।

बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिड्डो देशको यादले सताएको कथा हो ।

नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो ।

जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, संगीत पक्ष पनि सबल रहेकोले चलचित्र ऐतिहासिक रुपमा सफल भएको थियो । चलचित्रको लोकप्रियता यसरी चुलियो कि चालु रहेका हलले दर्शकको मागलाई धान्न नसकेपछि धेरै ठाउँमा बर्षौंदेखि बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आएका थिए भने मुश्किलले १ – २ शो मात्र चलिरहेका कतिपय हलमा ४ शो सम्म चलेको थियो ।

यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौं अधिकांश नेपालीहरुको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो ।

 दर्शकमा चलचित्र हेर्ने व्यग्रता यस्तो आश्चर्यलाग्दो थियो कि  पहिलो दिन १२ बजेदेखि शो राखिएको भएपनि बिहानैदेखि दर्शक लाइनमा बसेपछि बाध्य भएर प्राविधिक प्रक्रिया पुर्याई शो चालु गर्नु परेको थियो । संख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी – २ लाई सिड्डो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ ।

विगतको ख्याति र  दर्शकको उच्च अपेक्षाबीच रायमाझीको यो यात्रा निक्कै संवेदनशील लाग्दछ । चलचित्रका निर्माता राजेश वंशल भन्छन् ९‘परदेशी २, के गाउँ के शहर घर घरको कथा हो । परदेशले नेपालीहरुलाई सुख र सम्मृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरु छन् ।

यही सुख – दुःख, सफलता – असफलता र त्यससँग जोडिएको उतारचढावको कथा नै ‘परदेशी २ हो । स्क्रिप्टमा नारायण दाइले ५ बर्ष मेहेनत गर्नुभएको छ। गोर्खा पल्टन र परदेशी जस्तै यो चलचित्रले पनि दर्शकको अपार माया पाउने छ भन्ने कुरामा म विश्वस्त छु ।

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी – २ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह आदि कलाकारको प्रमुख भूमिका रहने छ ।

प्रसिद्ध गीतकार समेत रहेका रमेश बि। जी। को कथा तथा नारायण रायमाझी र रमेश बि।जी।को पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सड्डित रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् ।

मुख्य सहायक निर्देशक सुदिप कु“वर रहेका छन भने चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन् । पोखरा, पाल्पा, काठमाण्डौ, भारतको गोरखपुर र अमेरिकामा छायांकन हुने यो चलचित्रको लगभग २ महिनामा सम्पूर्ण छायांकन सकिने अनुमान गरिएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.