add

यातायात मन्त्री महासेठलाई नाडाको २६ बुँदे सुझाव






ActPro Nepal

|

२ चैत, २०८०

|
84

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई २६ बुदे सुझाव पेश गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसँग भेटवार्ता गरि विभिन्न सुझाव पेश गरेको हो । भेटवार्तामा मन्त्रालयसंग सम्बद्ध विभिन्न विषयहरुमा छलफल गरेको छ ।

नाडाले सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, सवारी साधनहरु सडकमा गुडे पछि मात्र सवारी कर लाग्ने व्यवस्था, अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया, इम्बोष्ड नंम्बर सवारी साधनहरुमा अनिवार्य लागु गर्ने लगायतका सुझाव दिएको छ ।

यस्तै, दुइपांग्रे सबारी साधनहरुलाई अत्यावश्यकिय सवारी साधनको रुपमा लिनु पर्ने, सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनु पर्ने, नामसारी, करहरुको भुतmानी अनलाइन मार्फत गर्ने प्रणाली हुनु पर्ने, जरीवानाको दायरा, सरुवा सहमती, सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना गनुपर्ने नाडाले सुझाव दि एको छ ।

सेवाग्राहीलाई सुविधा, रसिदमा एकरुपता हुनु पर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने, लाईसेन्स वितरण सहज हुनुपर्ने, दुई पाँगे्र सवारी साधनहरुको बर्गिकरण, सहजीकरणको भूमिका निर्वाह, उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रीया, पाकिङ्गस्थलको अभाव, विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण, चारजिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था लगायतका समस्या र समाधानका लागि सुझाव पेश गरिएको नाडाले जनाएको छ ।

सवारी चालक तालिमको तथा अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण, सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु पेश गरेको नाडाले जानकारी गराएको छ । छलफलमा मन्त्री महासेठले सवारी साधनहरुको सि.सि.को आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताए । प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने मन्त्री महासेठको भनाई थियो ।

सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको बर्गिकरण सि.सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको लागि पारकिङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताए । महासेठले सेवाग्राहीलाई सुविधा दिनु पर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.