add

हुन्डाईको एसयूभी प्यालिसड नेपालमा






ActPro Nepal

|

१० असार, २०७८

|
649

काठमाडौं  । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपालमा भित्र्याएको छ । 

यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो एसयूभीको शुरुवात मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।


 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.