add

कहिले खुल्छ सवारी लाइसेन्सको ट्रायल?






ActPro Nepal

|

४ असार, २०७८

|
834

काठमाडौँ । यातायात व्यवस्था विभागले कोरोना महामारीका कारण बन्द रहेको सवारी साधन लाइसेन्सको लिखित र ट्रायल परीक्षा साउन १ गतेबाट लिने गरी तयारी शुरु गरेको जनाएको छ । 

हाल काठमाडौ उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा जारी भएको निषेधाज्ञा असार अन्तिमसम्ममा खुल्ने अनुमान सहित विभागले साउन १ गतेबाट परिक्षा संचालन गर्ने तयारी गरेको हो ।

‘निषेधाज्ञा खुल्ला भएसँगै लाइसेन्स परिक्षा संचालनको तयारी गरेका छौं । त्यसको लागि कस्तो अवस्था आउँछ त्यो हेर्नु बाहेक अर्को विकल्प छैन’, विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

‘विभागले त्यसको अलावा साउन १ गतेबाट नै सात वटै प्रदेशसँगको सहकार्यमा भीआरएस लागू गर्ने पनि तयारी गरेको छ ,’ उनले भने। 

विभागले सवारी चालक अनुमति पत्र सम्बन्धी नयाँ निर्देशिका तयार गरिसकेकाले अब हुने लाइसेन्सको परिक्षामा विद्यार्थीले १०० पूर्णाङ्कमा ७० अंक ल्याउन सके पास हुने व्यवस्था गरेको छ ।नयाँ निर्देशिका अनुसार परिक्षा र ट्रायल दिने धेरै विद्यार्थी उत्तिर्ण हुने विभागले विश्वास लिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.