add

दशैंमा घर जान ट्याक्सी बुकिङ खुल्यो, एपबाटै बुकिङ गर्न सकिने






ActPro Nepal

|

६ असोज, २०७७

|
791

काठमाडौं । इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।

कोरोनाभाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भईरहेको विषयलाई ध्यानमा राखेर ट्याक्सी बुकिङ खुला गरिएको कम्पनीले जानकारी दिएको छ ।

इजी ट्याक्सीले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ खुला गरेको हो । एपमार्फत नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् ।

इच्छुक यात्रीले इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ गरि दर्ता गर्न सक्नेछन् ।

नेपालमा यसरी ट्याक्सी बुक गर्ने सुविधा इजी ट्याक्सीले पहिलो पटक ल्याएको कम्पनीका अध्यक्ष संजीत पौडेलले बताए ।

‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जान सकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं । यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं,’ उनले भने ।

यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिबरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गरेको हुनेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुबिधा रहेको छ ।

एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सीमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढी ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथै सेवालाई डिजिटल प्रविधिमा लैजानका लागि माछापुच्छ«े बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.