add

हिरोको नयाँ मोटरसाइकल नेपाल आउँदै, के छन विशेषता ?






ActPro Nepal

|

१० भदौ, २०७७

|
1225

काठमाडौं । हिरो मोटोकर्पको नेपालको लागि आधिकारीक वितरक एनजीएमले आफ्ना केही नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर, कम्पनीले कुन कुन मोडल नेपाल ल्याउन लागेको हो भन्ने विषयमा जानकारी भने दिएको छैन ।

कम्पनीले हिरो प्यासन प्रो र एक्स्ट्रीम १६० आर नेपाल ल्याउन लागेको अनुमान गरिएको छ । हिरो प्यासन पहिला पनि नेपालमा बिक्री वितरण भइरहेको मोडल हो । यस्तोमा यसलाई कम्पनीले कोभिडको समस्यामा कमी आएसँगै बिक्री सुरु गर्न सक्ने छ ।

‘दशैंलाई केन्द्रमा राखेर हामी केही मोडल बजारमा ल्याउने तयारी गरिरहेका छौं । त्यसमा केही पुरानै मोडलको अपग्रेड भर्सन हुने छ भने केही नयाँ मोडल ल्याउने छौं’, नेपाल जनरल मार्केटिङका चेयरम्यान अभिक ज्योतिले भने ।

कम्पनीले अपग्रेड भएका मोडलमा ल्याउन सक्ने अनुमान गरिएको प्यासन प्रो हो । यसमा एफआई इन्जिन रहने छ । प्यासन प्रोमा ११३.२ सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ९.१५ बीएच पावर र ५००० आरपीएममा ९.९७ एनएम टर्क जेनेरेट गर्छ ।

हिरोले प्यासन प्रोलाई अपडेट गरेर ल्याएको हो । यसको सस्पेन्सन पहिलाभन्दा अपग्रेड गरिएको छ । यसको फ्रन्ट सस्पेन्सनको ट्राभल रेन्ज पहिला भन्दा १४ प्रतिशत र रियर सस्पेन्सन १० प्रतिशतले लामो रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स समेत ९ प्रतिशतले बढेको छ ।

यो मोटरसाइकलमा सेमिडिजिटल कन्सोल, रियल टाइम माइलेज इन्डिकेटर जस्ता फिचर रहेको छ । कम्पनीले यो मोटरसाइकल डिस्क र ड्रम ब्रेकगरि दुई भर्सनमा ल्याउन सक्ने छ ।

साथै, कम्पनीले अन्य केही अपग्रेड भएका मोडल ल्याउने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.