add

यामाहाले यही महिना २ नयाँ स्कुटर सार्वजनिक गर्दै






ActPro Nepal

|

१८ फागुन, २०७६

|
952

काठमाडौं । स्कुटर काठमाडौं उपत्यकामा सर्वाधिक लोकप्रिय निजी सवारी साधन हो ।

नेपालमा बजाज, होण्डा, सुजुकी, टिभिएस, यामाहा, हिरो लगायत कम्पनीका दुई पाङ्ग्रे सवारी साधन लोकप्रिय छन्।

कम्पनीहरुले अफ्नो लोकप्रियता घट्न नदिन ग्राहकको माग अनुसार सस्तो मूल्यमा विभिन्न मोडलका स्कुटरहरु बजारमा ल्याइरहने गरेका छन्।

त्यस्तै यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्ल्युले यामाहाको नयाँ स्कुटर नेपाली बजार भित्र्याउने तयारी गरेको छ । कम्पनीले हालै मात्र आफ्नो आधिकारीक फेसबुक पेज मार्फत एनम्याक्स सार्वजनिक गर्ने जनाएको हो ।

यो स्कुटर यामाहा एनम्याक्स १५५ रहेको छ भने, अर्को १२५ सीसीको नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी समेत गरेको छ । यसअघि ११० सीसी सेग्मेन्टमा बिक्री भइरहेको यामाहा फेसिनो स्कुटर अब नयाँ संस्करणमा आएको हो । ११० सीसी सेग्मेन्टमा रहेको यो स्कुटर नयाँ इन्जिनमा भारतीय बजारमा केही समय अगाडि सार्वजनिक भएको थियो ।

यामाहाले ११० सीसी सेग्मेन्टका आफ्ना स्कुटरको उत्पादन गरेर १२५ सीसीमा सार्वजनिक गरेको छ । यामाहा फेसिनो १२५ नेपाली सडकमा टेस्टिङको क्रममा देखिएको छ । कम्पनीले यो स्कुटर छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

नयाँ यामाहा फेसिनोमा १२५ सीसी सिगंल सिलिन्डर एयरकूल्ड एफआई इन्जिन रहेको छ । यो सभंवत नेपाली बजारमा पहिलो एफआई स्कुटर हुनेछ । यो इन्जिनले ६५०० आरपीएममा ८ बीएच पावर तथा ५ हजार आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको कुल तौल ९९ केजी रहेको छ ।

यसको लम्वाई १९२० एमएम, चौडाई ६८५ एमएम, उचाई ११५० एमएम र ह्वीलवेस १२८० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।

कम्पनीका अनुसार फेसिनो १२५ पहिला भन्दा ३० प्रतिशत बढी पावरफुल रहेको छ । यसका साथै पुरानो फेसिनो भन्दा १६ प्रतिशत फ्यूल इफिसेन्ट रहेको छ । कम्पनीका अनुसार यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.