add

नेवा संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम






ActPro Nepal

|

३ माघ, २०८०

|
190

गण्डकी  । नेवा संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ पोखरामा पहिलोपटक धिमे नाच र धिमे बाजा बजाउने तालिम दिइएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका९३ को सहयोगमा ४० जना युुवायुुवतीलाई १५ दिन तालिम दिइएको हो ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार संस्कृति प्रवद्धन र संरक्षणको लागि युवालाई पोखरामै पहिलोपटक धिमे नाच र बाजाको तालिम दिइएको बताए ।

नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनजागृत गरेको उल्लेख गर्दै उनले नाचलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाइराख्न सकेमात्र पहिचान कायम रहने बताए ।

नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा पत्रकार तथा मिसा पुचहरूको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण भएको बताउँदै उनले संस्कृतिको जगेर्ना आवश्यक भएको उल्लेख गरे । नेवा मिसा पुचः कास्कीका अध्यक्ष सङ्गीता बज्राचार्यले तालिमका सिकाइलाई व्यवहारमा उतार्न निरन्तरको अभ्यास आवश्यक रहेको बताए । प्रशिक्षार्थीलाई विकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.