add

भारतीय पर्यटक मृत्यु प्रकरण: दामनको रिसोर्ट निलम्बनमा






ActPro Nepal

|

२८ माघ, २०७६

|
811

काठमाडौं । पर्यटन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनको एभरेष्ट पानारोमा रिसोर्टलाई कारबाही गरेको छ ।  

आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनापछि मन्त्रालयले उक्त रिसोर्ट तीन महिनाका लागि बन्द गराएको हो । 

माघ ६ गते त्यहाँ बास बसेका आठ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको थियो।

एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । 

पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्डअनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ।

२०७० चैतबाट फच्र्युना इन्टरनेशनल कम्पनीले संचालन गरेको उक्त रिसोर्टले पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर वर्गीकरण समेत नगराएको, रिसोर्ट संचालनको क्रममा पर्याप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको निलम्बनपत्रमा उल्लेख छ।

पर्यटकको मृत्यु भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराएका थिए ।

अबको तीन महीनापछि रिसोर्ट संचालन प्रक्रिया पुर्‍याएर मात्र संचालन गर्न निलम्बन पत्रमा भनिएको छ।

पर्यटन ऐन, २०३५ बमोजिम होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथप्रदर्शन नियमावली, २०३८ र होटल वर्गीकरण तथा मापदण्ड सम्बन्धी सरकारले २०७६ पौस ७ गते प्रकाशित सूचना अनुसरण तथा प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण्वातावरण प्रभाव मूल्याङ्कन सम्पन्न गराई अनुमति लिएर मात्र रिसोर्ट संचालन गर्न सकिने पत्रमा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.