add

३७ हजारमै जापानको नारिता उडान, यस्तो छ सुविधा






ActPro Nepal

|

२७ माघ, २०७६

|
811

काठमाडौं । नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा उडान सुरु गर्ने भएको छ ।

एयरलाइन्सले एयरबसको ए ३३० वाइडबडी जहाजबाट हप्ताको ३ दिन सिधा उडान गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ।

सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन साँझ ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका एयरलाइन्सले बताएको छ।

हालका लागि प्रवद्र्धनात्मक भाडादर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु.३७ हजार र दुईतर्फी भाडा रु.७३ हजार निर्धारण गरिएको छ ।

यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुनेछ ।

निगमले सुरुमा नारिता उडान गर्ने भने पनि ओशाका उडान सुरु गरेको थियो । अब भने ओशाका उडान स्थगित गरी नारितामा सुरु हुने भएको हो । ओशाका जापानको सदरमुकाम टोकियो भन्दा धेरै पर छ भने नारिता नजिक रहेकाले नेपालीहरुका लागि नारिता सहज हुने छ ।

लामो दूरीमा हवाई सेवा दिने उद्देश्यले निगमले वाइड बडी विमान ल्याए पनि हाल छोटा दूरीमा नै सञ्‍चालन हुँदै आएको छ । जसका कारण निगमले अपेक्षा गरे अनुसार आयआर्जन गर्न सकिरहेको छैन । नारिता उडान सुरु भएपछि व्यापारमा पनि वृद्धि आउने अपेक्षा निगमको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.