add

एसईईमा विद्यालयको गम्भीर लापरबाहीः विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर






ActPro Nepal

|

३० असार, २०७७

|
964

काठमाडौं । कोभिड–१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो ।

यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर पढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन् । कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ ।

लकडाउन कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो ।

यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो ।

सो कार्यविधिमा विद्यालयले ३ प्रति विद्यालयको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्यालय, एउटा विद्यालयमा र एउटा इकाइमा पठाउनुपर्ने व्यवस्था छ । आजको नागरिक दैनिकबाट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.