add

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने,आन्तरिक परीक्षाका आधारमा प्रमाणपत्र दिइने






ActPro Nepal

|

२१ असार, २०७७

|
834

काठमाण्डौ । सरकारले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने भएको छ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो। तर विश्व महामारी कोरोनाभाइरसका कारण परीक्षा हुन सकेन। अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने तयारी सुरु गरिएको छ। 

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ। कार्यविधि नुसार सम्बन्धित कलेजहरुले विद्यार्थीलाई अंक प्रदान गर्नेछन्।

यसअघि कोरोना जोखिमकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो। विद्यालयहरुले यही असार २० गतेसम्म विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा नम्बर तयार गरी सम्बन्धित स्थानीय तहहरुमा पठाइसकेका छन्। अब स्थानीय तहहरु ती नम्बरहरु यही महिनाभित्र बोर्डमा पठाउनेछन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.