विचारमा एकाग्रता हुनु जरुरी छ । यसैले एकाग्रपूर्वक जुन कुराको विचार गछौ, त्यसमा तिमीलाई सफलता अवश्य होला । तिम्रा मनमा जस्ता विचार उत्पन्न हुन्छन,उस्तै नै कार्यमा तिमी प्रवृत हुन्छौ । तिम्रा सब कार्य विचारहरुमाथि निर्भर छन् ।
विचारहरुको परिणामबाट तिमी कहिल्यै पनि बच्न सक्दैनौ । संसारमा एकागैता र शान्तिले गर्दा सफल हुन नसक्ने कुनै कामै छैन , आत्मिक शक्तिलाई सावधानि र बुद्धिमानी उपयोगमा ल्याँउदा प्राप्त हुन नसक्ने कुनै पदार्थ नै छैन । यसैले सदैव आफ्नो मनमा उतम विचार ग¥यौ भने ती विचार शाीघ्र नै तिम्रो बाहृय जीवनमा उतम अवस्थाहरुका रुपमा प्रकट हुनेछन्।
सदैव शुद्ध विचार गर्नाले नै आत्म शक्ति र सर्वज्ञता प्रकट हुन्छ भन्ने कुरा नै निश्चत गर । तिमीले अल्पज्ञ हुनाले प्राय मलिन र अशुद्ध विचार नै ग¥यौ, यसले अब शुद्ध,उतम विचार गर्ने नै अभ्यास गर ।
कुनै व्यक्ति भाग्य भाग्य भनि चिच्याउँछ र उ ठानदछ,त्यो उसको सामथ्र्यभन्दा बाहिर छ तर यथार्थमा मनुष्य आफ्नो भाग्यको स्वय्म निर्माता हो किनभने जस्तो उसको विचार हुन्छ,उस्तै नै उसका सब कार्य पनि ती विचारहको अनुकुल नै हुनेछन् । यदी मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातमा कठपुतली बन्नेछ ।
खप्तडबाबा स्वामीको पुस्तक विचार विज्ञानबाट
प्रतिक्रिया