add

विचार शक्ति र राेग सम्बन्धमा खप्तडबाबाका १६ सूत्र






ActPro Nepal

|

३ वैशाख, २०८०

|
506

काठमाडौं । खप्तडबाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । संन्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय खप्तडबाबा पेसाले चिकित्सक थिए । भारत काश्मीर नेहरू परिवारमा जन्मिएका खप्तडबाबाले कोलकाताबाट एमबीबीएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि उनको झुकाव अध्यात्मतिर भयो ।

उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन एवं अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।

उनले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले यसभित्रको रुप, रङ र प्रभावलाई ‘विचार विज्ञान’ भनेर नामकरण गरेका छन् ।

आत्मिक शक्तिलाई आफ्नो वसमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिएका छन् ।

विचार शक्ति र राेग सम्बन्धमा खप्तडबाबाले सुझाएका १६ उपाय 

–   जब हाम्रा विचार हामीबाट बाहिर जान्छन्, खालि ती हावामा उड्दैनन् । ती विचारहरु हामीलाई धनवान् वा दरिद्र बनाउनमा र हाम्रा कार्यहरुलाई सिद्ध वा नाश गर्नका लागि कारण बन्दछन् ।

–   हाम्रो मनमा आउने प्रत्येक विचार वाणसरह हुन्छ । आफूमा भएको शक्ति र तीव्रताअनुसार अरुको हृदयमा गएर त्यस बलले असर पार्छ र पुनः फर्केर आई आफैंलाई नोक्सानी पु¥याउँछ ।

–   यदि तिमी आरोग्य, ऐश्वर्य, आनन्द प्राप्त गर्न चाहन्छौ भने विचारहरुलाई शुद्ध बनाउने अभ्यास गर । तिम्रा विचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन्, तिम्रो बल, आरोग्य र ऐश्वर्य आफैं बढ्न थाल्नेछ ।

–   प्रिय मित्र, अब तिमी आफूबाट असन्तोष र निराशाका भावनाहरुलाई निकालिदेउ, मुख–मण्डलमा मृदु हास्यका भावहरुलाई धारण गर, सदा प्रसन्नचित्त रहने गर ।

–   प्रत्येक व्यक्तिमा हुनुपर्ने सबैभन्दा ठूलो कुरा चरित्र बल हो । सच्चरित्रवान् व्यक्तिको लागि कुनै पनि कार्य दुर्लभ छैन ।

–   संसारमा एकाग्रता र शान्तिले गर्दा सफल हुन नसक्ने कुनै कामै छैन । अतः आत्मिक शक्तिलाई सावधानी र बुद्धिमानीपूर्वक प्रयोगमा ल्याउने प्रयत्न गर ।

–   आफू जस्तो हुने इच्छा छ, आफूलाई त्यस्तै मान ।

–   आश्चर्य यो छ कि हामीलाई धनी बन्नु छ तैपनि हामी गरिबीको विचारमा डुबिरहन्छौं ।

–   समाजमा यो देखिन्छ कि नारीहरु छोराछोरी विरामी हुँदा उनीहरुलाई स्वस्थ बनाउन जति उपाय गर्दछन्, छोराछोरीहरुमा पीडा अझ थपिँदै जान्छ र उनीहरु अति नै चाँडै मर्दछन् । यसका कारण केवल विचार नै हुन् । गलत तवरले गरिएको विचार ।

–   आफ्ना छोराछोरीलाई कुनै रोग नलागोस्, कहीँ नलडोस्, कुकुरले नटोकोस्, कसैको नजर नलागोस् । विरामी नहोस् भनेर आमा सदैव चिन्तित हुन्छिन् । यदि यो म¥यो भने के गरौंला भन्ने जस्ता मलिन विचारहरुले आफ्नो मनका राम्रा विचारहरुलाई दबाउँदा राम्रा विचारको बल घट्न गई मलिन विचारले ठाउँ लिन्छन् । अतः आफ्नै विचारको कारण बालबालिकामा विमार थपिइरहेको बारे उनी अचेत रहन्छिन् ।

–   कुनै रोगी÷विरामीलाई भेट्न जानेहरुले विरामीलाई रोग वा समस्या बारे नराम्रा कुराहरु सुनाएर रोगलाई अझ बढाइदिन्छन् । त्यस्तो रोगमा कति व्यक्ति कसरी स्वस्थ भए भनेर छलफल नगरी कस–कसको हानि भएको छ भन्नेमा सबैले वहस गरिरहेका हुन्छन् ।

–   नराम्रा कुरामा छलफल गर्दा विरामी माथि विषालु प्रभाव पर्दछ भन्ने कुरा त्यस भीडलाई थाहै हुँदैन  । यस्ता कुराले रोगीको मष्तिष्क निर्बल हुने कुरामा विचार गरेर उसलाई धैर्य र चाँडै सञ्चो हुने तर्फ विश्वास दिलाउनुपर्छ ।

–   हाम्रो शरीरमा कुनै रोग आफैं आउँदैन, हामीले बोलाएपछि मात्र उ डराइडराई आउँछ । हामीले इच्छा गरेर नै त्यो हाम्रो नजिक आएको हुन्छ ।

–   हाम्रो शरीरमा आउने अधिकांश रोग पहिले नै नष्ट हुने गर्दछन् । यस्ता कति रोग हाम्रो प्रश्वासबाट, कति पसिनाबाट, कति मूत्रबाट, कति जठराग्निबाट त कति शुद्ध रक्तसञ्चारबाट नष्ट हुन्छन् । थुप्रै रोगहरु मन तथा बुद्धिको बलबाट नै नष्ट हुन्छन् ।

–   रोगहरुलाई हटाउनु हाम्रो शरीरको स्वभाविक धर्म हो । आफ्नो ज्ञान र आत्मबलबाट भारी रोगलाई पनि हामी बडो सरलतासाथ निवृत्त गर्न सक्छौं ।

–   हामीमा सृजना हुने जे–जति रोग छन्, ती सबै हाम्रै भूल (कमजोरी)का कारण मिलेका फलहरु हुन् । ती भूलहरुलाई सुधारेर हामी आफैंले धेरैजसो रोग हटाउन सक्छौं । साथै आफ्नो भाग्यलाई आफ्नै हातमा लिन सक्छौं ।

खप्तडबाबा स्वामीकाे पुस्तक विचार विज्ञानबाट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.