इच्छाशक्ति -निरोगी रहने उपाय सम्बन्धमा खप्तडबाबाका सूत्र

इच्छाशक्ति -निरोगी रहने उपाय सम्बन्धमा खप्तडबाबाका सूत्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्ना रोगलाइ प्रसन्नताको भावनामा वशीभूत गराउने आवश्यकता प्रत्येक चिकित्सकलाइ अनुभव हुन्छ किनभने रोगीले एक पटक स्वस्थ  हुने आशा छोड्यो कि फेरी निको हुन कठिन हुन जान्छ । यस्तै नै सबै औषधिहरुमा स्वास्थ्यको आशा नै बलबान् औषधि हो । प्रेम केवल मानसिक शान्तिको मात्र होइन,शारीरिक रोगको पनि असल बैद्य हो । विश्वास,धैर्य र आनन्दको विषयमा पनि यहि भन्न् सकिन्छ । 

सबै बैद्यक ग्रन्थहरुमा स्वास्थ्यको एक साधारण स्वीकृतिको शतांशभन्दा पनि अधिक बलशालि कुनै औषधि छैन । अन्जानमा स्वीकार गरेको कुराले पनि प्रभाव नपारी रहँदैन,तर एक ज्ञानवान् पुरुषद्धारा जानेर गरेको कुरा पूतिज्ञाको नामले अटल हुन जान्छ । विचारका तरङ्ग अबोध र असीम हुन्छन ।

जबसम्म कुनै मुख्य विचार दृढ रुपमा टिकाई त्यसका कम्पनले अरु कम्पनहरुलाई दबाइन्न्,त्यस बेलासम्म मानिस विनाबहनाको डुङ्गा सदृश यताउति बगिरहन्छ र कुनै पन कार्य गर्न योग्य हुँदैन । त्यसैले एउटा कार्यलाई समाप्त गरेर नै अर्को आरम्भ गर्नु पर्दछ । यस कार्यसिद्धिको साथसाथै काम पनि धेरै हुन्छ ।

यदि विचमा कुनै अन्य विचार उठ्यो भने त्यसलाई दृढतापूर्वक मनबाट निकालिदिनु पर्दछ सबभन्दा राम्रो रीति के हो भने त्यस विचारलाई बिर्सेर त्यसको स्थानमा कुनै अन्य विचार गरियोस्, उसबाट  नराम्रा विचार स्वयम् नष्ट हुन जानेछन् । त्यसैले सधै के प्रयत्न गर्नुपर्छ भने तिमि विचारको वशमा नपर तर विचार तिम्रा वशमा होउन् । 

प्रिय मित्रहरु ! अब तिमीहरु आफ्नो मनबाट असन्तोष र निराशाका भावनाहरुलाइ निकालिदेउ र मुख मण्डलमा मृदू( हास्यका भावनाहरुलाइ धारण गर,सदा प्रसन्नचित रहने गर । प्रेम र सहानुभुतिका भाव मनमा धारण गर । सदैव  सोझो हिड्ने र सोझो बस्ने अभ्यास गर जसले तिम्रो छाति बहिर तिर निक्लिरहोस र फोक्सोले पुर्णतया बायु लिन सकोस ।  अनि त तिमीलाइ होच्यायन सक्ने संसारमा कोही हुनेछैन । यस कुरालाइ दूढताकासाथ धारण गर । 

संसारमा जति महापुरुष भएका छन, सबैले यस नियमलाइ पालन गरेका हुन । प्रत्येक व्यक्तिमा हुनुपर्ने सबभन्दा ठुलो चरित्र बल हो । सच्चरित्र भएको व्यक्तिका लागि कुनै पनि कार्य दुर्लभ छैन । हाम्रो देशमा जो ठुला ठुला ऋषि मुनि भएका थिए ती सबैले चरित्र बलबाट नै उच्चपद प्राप्त गरेका थिए ।

भविष्यमा उन्नत हुन चाहाने प्रत्येक व्यक्तिले कुनै एक निर्णित कार्यमा सब विचारहरुलाइ कसरी लगायने भनी सिक्नु आवश्यक छ । यो कुरा केवल विचारद्धारा नै सिद्ध हुनसक्द्ध र विचारहरुबाट नै सब अुङ्ग -प्रत्युङ्गहरुलाइ एक सुत्रमा बाँधन सकिन्छ तर कुनै पनि कुरा सोचेर मात्र पुरा हुन सक्दैन,सोचको अनुसार कार्य पनि गर्नु पर्दछ । जस्तो कोही वीणको नजिक बसेर म यसलाइ बजाउनमा कुशलता प्राप्त गँरु भन्ने केवल विचार गर्छ भने त्यसबाट नै उसलाइ कुशलता पूाप्त हुन सक्दैन । विचारको साथ साथै  उसले वीण बजाउने अभ्यास पनि गर्नुपर्छ,जसबाट उसका विचारहरु कार्यरुपमा परिणत हुन सकुन । यसैले पहिलो कुरा विचार उत्पन्न हुनु हो र दोस्रो कुरा विचारलाइ कार्यरुपमा परिणत गर्नु हो । 

खप्तडबाबा स्वामीको पुस्तक विचार विज्ञानबाट

यो पनि….

विचार शक्ति र राेग सम्बन्धमा खप्तडबाबाका १६ सूत्र

Recent Comments

No comments to show.