प्रहरी मृत्यु प्रकरण : प्रहरी जवान साउदको शव फेला

प्रहरी मृत्यु प्रकरण : प्रहरी जवान साउदको शव फेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली। शनिवार देखी बेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला पारेको छ।

साउदको शव नेपाल-भारत सीमास्थित मोहना नदीमा फेला परेको हो।

शनिबार राति नियमित गस्तीमा खटिएका असई गोविन्द विकको विभत्स हत्या गरेको अवस्थामा सोही नदीमा शव फेला परेको थियो। उनीसँगै ड्युटीमा खटिएका जवान साउद बेपत्ता थिए।

साउदको केही बेरअघि शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले  बताए।

असई विकको शव भेटिएको स्थानभन्दा नेपाल तिरै करिब ३०० मिटर वर साउदको शव फेला परेको सुवेदीले बताए। अहिले प्रहरीले नदीबाट शव निकाल्ने तयारी गरिरहेको छ।

प्रहरीले हत्यामा संलग्‍न आशंकामा अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ। तस्कर समूहले उनीहरूमाथि आक्रमण गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये ६ जनाले फरुवाले हानेर हत्या गरेको स्वीकारेका छन्।

सम्बन्धित समाचार

गस्तीमा गएका प्रहरी मृत फेला, तस्कर समूहले हत्या गरेको आशंका

Recent Comments

No comments to show.