गस्तीमा गएका प्रहरी मृत फेला, तस्कर समूहले हत्या गरेको आशंका

गस्तीमा गएका प्रहरी मृत फेला, तस्कर समूहले हत्या गरेको आशंका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक मृत फेला परेका छन् भने जवान रामबहादुर साउद वेपत्ता छन् ।

निरीक्षक विक र जवान रामबहादुर साँउद शनिबार रातिदेखि बेपत्ता थिए । उनीहरुमध्ये विकको शव नेपाल भारत सीमास्थित मोहना नदी नजिकै फेला परेको समाचार आफूले सुनेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

अधिकारी बोहराका अनुसार चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका उनीहरु दुवैजना सम्पर्कबिहीन भएका थिए ।

प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । उनको हत्या तस्कर समूहले गरेको आशंका गरिएको छ ।

Recent Comments

No comments to show.