add

‘प्रसाद–२’ को ट्रेलर सार्वजनिक






ActPro Nepal

|

१९ फागुन, २०७९

|
1013

काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद–२’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिकामा छन् अन्तरजातीय प्रेम, कथित ठूला जातिको दमन र त्यसले सिर्जना गर्ने अवस्था ट्रेलरमा देखाइएको छ ।

चलचित्र चैत २४ गते रिलिज हुनेछ । ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला हो । फिल्ममा महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्मा सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.