add

इन्दिरा जोशीको ‘ओम नम शिवाय’ सार्वजनिक (भिडियो)






ActPro Nepal

|

९ फागुन, २०७९

|
847

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको ‘ॐ नम: शिवाय’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ‘ॐ नव: शिवाय’ को एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।

युवापुस्ताहरूलाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँछिन् । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा  इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भु भोले जय जय भन्दै देखापरेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । गौरव बिष्ट र झोलेको  छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.