Right side from logo

भारतीय अभिनेता सुनिल शेट्टीका छोरा आहानको डेब्यू फिल्म ‘तडप’को टीजर रिलिज






ActPro Nepal

264

2021 Oct 27

नयाँ दिल्ली । भारतीय अभिनेता सुनिल शेट्टीका छोरा आहानको डेब्यू फिल्म ‘तडप’को टीजर मंगलबार रिलिज भएको छ ।

उक्त फिल्मको ट्रेलर आज पनि रिलिज गरिनेछ । टीजरमा आहान र तारा सुतारियाको भुमिकाको झलक देखाइएको छ । 

मिलन लुथरियाको निर्देशनमा बनेको लव स्टोरी फिल्म ‘तडप’ ३ डिसेम्बरदेखि रिलीज हुनेछ । सुनिल शेट्टीले फिल्ममा छोराको डेब्यूलाई लिएर भनेका छन्, ‘दर्शक उसलाई पनि त्यति नै माया गरुन् जति मलाई गरेका थिए ।’ छोरा आहानलाई पनि दर्शकले आफूलाई झैं माया गर्ने अभिनेता सुनिलको आशा छ ।




प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.