add

ब्रह्माण्डीय ऊर्जाबाट कसरी फाइदा लिने ?






ActPro Nepal

|

१३ जेठ, २०८१

|
1024

इ.मनोज आचार्य

विश्वभरका मानिसहरू आधुनिकतातिर ढल्कँदै गर्दा मानवीय गतिविधिहरूमा जति सहजता थपिँदै गएको छ, त्यसैअनुसार अन्य असरहरू पनि देखिने गरेका छन् । जसका असर व्यक्तिको मन, बचन, व्यवहार, दिमाग र शरीर एवं स्वास्थ्यमा पर्दै गएको छ । फलस्वरूप मानिसहरूमा अनेकौँ मानसिक समस्या, अशान्ति, छटपटी, पीडा बोध,  वादविवाद, झै-झगडा, सम्बन्धमा समस्या, रिस, राग, घमण्ड आदि अत्याधिक वृद्धि हुँदै गएका छन् । र यो क्रम उच्च हुँदैछ । विश्वभरि नै अबको चुनौती मानसिक समस्यासँग कसरी जुध्ने भन्नेमा केन्द्रित छ, विकसित देशहरूमा यसको जटिलता अत्याधिक भैसकेको छ । जसकारण उनीहरू आध्यात्मिक बाटो र उपचारतर्फ सजक हुँदैछन्,  हाल नेपालमा पनि यो समस्याले उग्ररुप लिँदैछ । जसको असर सामाजिक सञ्जालमा धेरै देखिने गरेको छ । यो समस्याको पूर्ण समाधान अनि  सहज जीवनका लागि केही कुरा मात्र परिवर्तन गर्दा पनि निकै ठुलो भिन्नता देखिन थाल्छ । आउनुहोस्,यसबारेमा केही चर्चा गरौँ ।

 के हो ब्रह्माण्डीय ऊर्जा ?

 ब्रह्माण्ड  वैज्ञानिकका लागि स्पेस हो, ऊर्जाको केन्द्र हो । हिन्दूको लागि ब्रह्मा हो । मुसलमानको लागि अल्लाह हो,  इसाईको लागि जिसस हो,  हर कोही धर्मको आस्था हो । जहाँ एक अलौकिक शक्ति हुन्छ, जुन विश्वास र सकारात्मकतामा मात्र काम गर्छ । हर कोही व्यक्तिले त्यो ऊर्जा आफू भित्र खिच्न सक्छ । यसका लागि विभिन्न माध्यम तरिकाहरु छन् । जसबाट  मान्छे महामानव बन्न सक्छ । दुखद् अवस्थाबाट खुसी पाउन सकिन्छ । भौतिक सुख सुविधा, उच्च ब्यक्तित्व, मानसिक तथा शारीरिक समस्याबाट मुक्ति आदि सबै पाउन सकिन्छ । 

यो संसारमा भएका हरेक चिजमा शक्ति  हुन्छ । जुन ब्रह्माण्डसँग जोडिएको हुन्छ तपाइ हामी सजीव निर्जीव हर कोही एउटा शक्ति भित्र बाँधिएको हुन्छौँ । त्यो कुरा बुझ्यौँ भने हामीले सामान्य तरिकाले पनि यसको भरपुर उपयोग गर्न सक्छौँ । हामीले सधैँजसो सुन्ने गरेको शब्दहरु Law of attraction, law of positivity, subconscious mind, mind programming, energy healing, hypnosis, AURA power, chakra balanced, NLP, cosmic energy, मन्त्र, vibration साथै जप, तप, ध्यान, साधना, योग, भक्ति यी सब कुराहरु केवल ब्रह्माण्ड सम्म पुग्नका लागि बाटो मात्र हुन् । जसले हामीलाई  ब्रह्माण्डसँग जोडाउने काम गर्छन् । यी कुराहरु माइण्ड प्रोग्रामिङ ट्रेनर मार्फत, NLP trainer मार्फत्, विपश्यना ध्यान मार्फत, कुण्डलिनी जागरण वा  अन्य हिलिङ थेरापी लगायत  मार्फत पनि उपयोगमा ल्याउन सकिन्छ । 

सकारात्मक सोचसँगै विस्तारै हामीले इनर्जी हिलिङ पनि गर्न सक्छौँ । जुन कुरा अहिले युट्युबहरु लगायतबाट पनि सिक्न मिल्छ ।  जसले हामीभित्र भएको नकारात्मक कुरालाइ हटाएर राम्रा मान्छे अनि आफुले  चाहेको कुराहरु पनि आकर्षित गर्न सहयोग पुग्छ । बस्, यो काम पूर्ण विश्वासको साथ गर्नुपर्दछ ।

यी सबै माध्यममा साझा कुरा भनेकै सकारात्मक सोच हो । धैर्यता र सान्त मन हो । निकोला टेस्ला, अल्बर्ट आइन्स्टानले समेत यही मार्ग मार्फत आफूलाई प्रमाणित गरेका हुन् । यी ज्ञान गौतम बुद्ध देखि भागवतगीता सम्म बाइबल देखि कुरान सम्म यथावत छन् । तर चरम आधुनिकता, कृतिमता, व्यस्त जीवनसैली, अव्यावहारिक शिक्षा, गलत मानसिकता, गलत बुझाइ र गलत जिवनशैली को कारण मानिस अत्यन्तै जटिलतातिर धकलिँदैछ तर  हाम्रो सनातन धर्म, पुरानो सँस्कार आदिइत्यादि कुराहरुमा यी सबै समस्याहरुबाट निक्लिने उपायहरु प्रशस्त उपलब्ध छन् । तर हामी भित्रको नकारात्मक ऊर्जाले हामीलाइ त्यो कुरा पाउनबाट रोकिरहेको छ । नयाँ पुस्ताका साना भाइबैनिहरुमा शिक्षाको विकास गर्न व्यवस्थित र सकारात्मक जीवनको विकास गर्नका लागि यी कुराहरुको ज्ञान र व्यावहारिक प्रयोग अत्यन्तै आवश्यक छ । 

ब्रह्माण्डीय ऊर्जा  कसरी आफू तिर खिच्ने ? कसरि सकारात्मक हुने ?

कुनै पनि  कुरालाइ आफूतिर तान्नको निम्ति स्वयम् अत्यन्तै सकारात्मक र सुखद् अवस्थामा हुन जरुरी रहन्छ, त्यसमा खुसी अनुभव गर्नुपर्दछ । तब मात्र आकर्षणको नियमले काम गर्दछ, जसको लागि सामान्य परिवर्तनहरु जस्तै झुट नबोल्ने, कुलत छोड्ने, बिहान चाँडो उठ्ने प्रयास गर्ने सम्भव भएसम्म ब्रम्हमूहुर्त (विहान ३ देखि ५ बजेको समय) भित्र आफू र आफूसँग उपलब्ध भएका चिजको लागि ब्रह्माण्डलाइ धन्यवाद दिने वा आफूले स्वीकार गरेको भगवानलाइ सम्झिने ।   सामान्य योगा वा ध्यान वा त्राटक वा प्राणायाम, जे सकिन्छ त्यो गर्ने । यति कुरालाइ मात्रै अपनाउन लाग्यौँ भने पनि २-४ दिनमै तपाई हामीमा धेरै परिवर्तन महसुस हुन शुरु गर्दछ । बिस्तारै त्यसका असर सबै कुरामा देखिन थाल्छ । साथै हामीले सामान्य ho oponopono Affirmation को प्रयोग पनि गर्न सक्छौँ, जसमा

 I am sorry

Please forgive me

I love you

Thank you (१०८) 

लगायत भन्नुपर्ने जरुरी हुन्छ ।

यही कुरा आफूले आफूलाई र आफ्नो बिग्रिएको काम अनि सम्बन्धको लागि पनि गर्न सक्छौँ, जसबाट बिस्तारै तपाइको बिग्रिएको काम बन्दै जान्छ। तपाइको शरीरको positive AURA बढ्न थाल्छ । जसबाट बिग्रिएको सम्बन्ध राम्रो हुने हो ।

त्यसको जाँचका लागि हामीले २ वोटा कपरको रड २ हातले हल्का समाएर कति मिटर सम्म आफ्नो औरा फैलिएको छ भनेर हेर्न  सक्छौँ । साथै अन्य ठाउँहरुको positivity र negativity  पनि चेक गर्न सक्छौँ ।

सकारात्मक सोचसँगै विस्तारै हामीले इनर्जी हिलिङ पनि गर्न सक्छौँ । जुन कुरा अहिले युट्युबहरु लगायतबाट पनि सिक्न मिल्छ ।  जसले हामीभित्र भएको नकारात्मक कुरालाइ हटाएर राम्रा मान्छे अनि आफुले  चाहेको कुराहरु पनि आकर्षित गर्न सहयोग पुग्छ । बस्, यो काम पूर्ण विश्वासको साथ गर्नुपर्दछ ।

हामीले मागेको कुरा ब्रह्माण्ड सम्म कसरी पुग्छ अनि कसरि काम गर्छ ?

ऊर्जाको स्तरमा हर कोही मानिसमा समान क्षमता हुन्छ भन्ने मानिन्छ । अर्थात् एक व्यक्तिलाइ सम्भव हुने हरेक  काम अर्कालाइ पनि सम्भव हुन्छ । हामीले universe को माध्यमबाट  जे कुरा पनि सम्भव पार्न सक्छौँ । बस तन, मन, वचन उद्देश्य र कार्य सहि हुन पर्दछ र प्रकृतिको विरुद्ध पनि हुनुहुँदैन।

जब हाम्रो मन सकारात्मक हुन्छ । पूर्ण उदेश्य सहित हाम्रो दिमागमा प्रस्ट परिकल्पना हुन्छ हामीले चाहेको कुरा (SMART)  Specific, Measurable, Achievable, Realistic,  Time Bounded भएमा त्यो हामीले प्राप्त गर्न सक्छौँ । जसको लागि माथि भनिएजसरी law of attraction र  affirmation प्रयोग गर्न सकिन्छ । यस्ता धेरै बाटोहरु छन् । जसमा टेलिप्याथीबाट हामी आफ्नो मान्छेलाए सूचना पठाउन पनि सक्छौँ, अबचेतन मनलाइ re-program गर्न पनि सक्छौँ । बिरामीलाइ निको बनाउन सक्छौँ । मानसिक समस्या, डर, चिन्ता, भयबाट छुटकारा पाउन सक्छौँ । यस्ता धेरै कामहरु गर्न सक्छौँ, मात्र तपाईँ हाम्रो सोच र मन सुद्ध हुन जरुरि हुन्छ ।

हामी ब्रह्माण्ड सँग सम्पर्कमा आउनका लागि सामान्य केही कुरा मात्र गर्दा पनि सम्भव छ, जस्तै शान्त ठाउँमा या राति सुत्दा आफ्नो स्वासलाइ केही मिनेट  ध्यान दिने र आनन्द महसुस गर्ने, कुनै प्रकाश या सूर्यलाइ महसुस गर्ने र  खुसी हुने । ब्रह्माण्डलाइ  धन्यबाद दिने । शरीर को ७ चक्रलाइ केही मिनेट हेर्ने, अनि आफूले चाहेको कुराहरु डायरीमा लेख्ने या बिहान बेलुका पटक पटक पढ्ने लगायत । यस्ता अनेकौँ तरिकाहरु छन्, जुन युट्युबबाट समेत सिक्न सकिन्छ ।

 अन्त्यमा

हाम्रा सबै समस्या र दुखको कारण हामी नै हौँ । केही सामान्य कुराहरु व्यवहारमा लागु गर्दा पनि हाम्रो जीवनस्तर धेरै माथि पुर्याउन सकिन्छ । हाम्रा ९० % समस्याबाट आफैँ बाहिर आउन सकिन्छ,  नकारात्मकता र गलत बानीव्यवहारले गर्दा हाम्रो दिमाग, हाम्रो काम, हाम्रो सम्बन्ध लगायत सबै कुराहरुमा बाधा अवरोध सृजना भएको हुन्छ । तसर्थ थोरै मात्र केही अभ्यास गर्दा पनि धेरै कुरा आफैँ मिल्छन् । सकारात्मकताले ब्रह्माण्ड सम्म जोड्छ । जीवनलाइ सहज र खुसी बनाउँछ । जसबाट  आध्यात्मिक चेतना पाउन सकिन्छ । जसको लागि योग ध्यानको आवश्यकता पनि पर्दैन । देशका नेता जनता युवा विद्यार्थी हरकोहीले थोरै कुरा व्यवहारमा लागु  गर्दा पनि निकै नै ठूलो परिवर्तन आउन सक्छ । धन्यवाद !!


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.