new mega bankadd

सिर्जनशिल जनशक्ति उत्पादनको लागि कस्तो हुनुपर्छ शिक्षा प्रणाली






ActPro Nepal

289

२७ असार, २०७९

कमल पन्थी, धुर्कोट–३, गुल्मी

हरेक व्यक्तिको बाह्य सफलता व्यक्तिको आन्तरिक क्षमता र उसको दृष्टिकोणमा निर्भर रहन्छ । व्यक्तिको पारिवारिक संस्कार, अध्ययन एवं बाह्य अनुभव, व्यक्तिको प्राकृतिक स्वभाव, शिक्षा, स्वास्थ्य स्थिति लगायतले सफलता स्तरलाई पनि प्रत्यक्ष प्रभाव पार्ने गर्छन् । यसर्थ हरेक व्यक्तिको भाग्य र भविष्य उसले प्राप्त गरेको औपचारिक एवं अनौपचारिक शिक्षा, चेतनास्तर र बाह्य वातावरणमा निर्भर गर्छ, साथै दीर्घकालमा यिनै तत्वहरुको आधारमा हाम्रो बानीव्यवहार र व्यक्तित्व विकास हुने गर्छ ।  

व्यक्तिले व्यवहारोपयोगी शिक्षा औपचारिक एवं अनौपचारिक दुवै माध्यमबाट प्राप्त गर्न सक्छ । मानिसले प्राप्त गरेको संस्कार र शिक्षाबाट नै हाम्रो चरित्र निर्माण हुने गर्छ । त्यही चरित्रको आधारमा हाम्रो व्यक्तित्व निर्माण हुने गर्छ । यसर्थ व्यक्तित्व निर्माण एक अत्यन्तै जटिल प्रक्रिया हो । हाम्रो बर्षौंको अनुभव, ज्ञान, सङ्गत, सुखदुख लगायत विविध पक्षको आधारमा यसको निर्माण भएको हुन्छ ।

संस्कार र प्रविधि सहितको शिक्षाको आवश्यकता

पछिल्लो समय संस्कार र प्रविधि सहितको शिक्षालाई हामीले विशेष जोड दिनुपर्ने अवस्था छ । विश्वबजारमा विकास भएका उत्कृष्ट प्रविधिहरु हामीले ढिलोछिटो त प्राप्त गरेका छौं, यद्यपि निःशुल्क प्राप्त गर्न सकिने हाम्रो धरातलीय यथार्थरुपी कला, संस्कृति, सभ्यताबाट भने हामी टाढिएका छौं । जसले गर्दा हामी आधुनिक बन्ने नाममा हाम्रो पृष्ठभूमि नै बिर्सिंदै गएका छौं । अहिले हाम्रो स्वभाव बदलिँदो छ । हामी क्षणिक लाभमा लालायित बन्दै गएका छौं । अहिलेको पुस्ता र अघिल्लो पुस्ता बीचको दूरी सोच्नै नसकिने गरी बढेको छ ।

पछिल्ला २–३ दशकको छोटो अवधिलाई नै विचार गर्ने हो भने हाम्रा सफलताका मापदण्डहरु बदलिएका छन् । हाम्रो पितापुर्खाले ठूलो कष्ट सहेर जोडेका उत्कृष्ट ठानिने उत्पादनमय भूमिबाट हामी टाढिएका छौं । आफ्नो पुख्र्यौंली सम्पत्ति पूरै बिक्री गरेर काठमाडौं, बुटबल, भैरहवा, पोखरा, नारायणगढ लगायत शहरी क्षेत्रमा ३–४ आना जग्गामा एउटा घर ठड्याउन सकेको खण्डमा आफूलाई सफल ठान्ने प्रवृत्ति अहिलेको पुस्ताका अधिकांश व्यक्तिमा विकास भएको छ । घर निर्माणबाट हामीलाई नियमित रुपमा केही उपार्जन हुन्छ वा हुँदैन भन्नेमा भने हामी पूर्ण रुपमा बेखबर बन्ने छौं । उत्पादनबाट टाढिएको कारण आर्थिक उपार्जनको लागि हामी विप्रेषणमुखी बन्न पुगेका छौं । वैदेशिक भूमिमा अत्यन्तै कष्ट सहेर नेपाल पठाएको उक्त रकम पनि हामीले उपभोग र आयातकै लागि खर्चने गरेका छौं । विप्रेषणलाई हामीले सधैंको लागि नियमित आम्दानीको स्रोतको रुपमा सोचिरहेका छौं । सम्बन्धित देशको सरकारले लिने एउटा निर्णयले हाम्रो भविष्य जुनसुकै बेला खतरामा पर्न सक्छ भन्नेमा हामीले होश पु¥याउन सकेका छैनौं । आखिर यस्तो स्थिति किन सृजना हुँदैछ त ? गहिरोसँग सोच्नुपर्ने र सोच बदल्नुपर्ने बेला आएको छ ।

चेतना स्तरमा कमी

प्रविधिको बढ्दो पहुँचसँगै अहिले हामी आफैंले कुनै विषयवस्तु बारे गहिरिएर निश्चित धारणा बनाउनु भन्दा पनि अरुको देखासिकीबाट सहजै प्रभावित हुने संस्कारको विकास भइरहेको छ । हामीलाई शिक्षाले सचेत बनाउनुपर्नेमा त्यसो हुन सकेको छैन । अहिलेको पुस्तालाई सूचना प्राप्तिका कुनै माध्यमको पनि कमी छैन । अलिकति सोधखोज गर्न तयार हुने हो भने मोबाइल र ल्यापटपको स्क्रिनबाट संसारमा विकास भएका सम्बन्धित क्षेत्रका ज्ञान र प्रविधि क्षणभरमा प्राप्त गर्न सकिन्छ । ती सूचनाको आधारमा हामीले आफ्नो आवश्यकता अनुसार धारणा विकास गर्ने सुविधा पनि हामीलाई छ । यद्यपि हामी आफ्नो सरोकारवाला क्षेत्रका थोरै अध्ययन पनि नगरी रेडिमेड जवाफका आकाङ्क्षी बनेका छौं । यसो हुनुमा हाम्रो हाम्रो चेतनास्तरको कमजोरीले मुख्य भूमिका खेलेको मान्न सकिन्छ । चेतनास्तरलाई व्यापक र फराकिलो बन्न नदिनमा हाम्रो शिक्षा प्रणालीले पनि बाधक भूमिका निर्वाह गरिरहेको छ । अहिलेको शिक्षाले स्तरवृद्धिसँगै हरेक परिस्थितिलाई पृथक तवरले सोच्न र विष्लेषण गर्न हामीलाई जागरुक गराउन सकेको छैन । शिक्षाले हामीलाई केवल सूचना र तथ्याङ्कलाई सतही रुपमा हेर्न मात्रै सिकायो । कुनै विषयवस्तुको सूचना र तथ्याङ्क प्राप्त गर्दैमा हाम्रो चेतनास्तरमा अभिवृद्धि हुन सक्दैैन, ती सूचना र तथ्याङ्कको आधारमा नयाँ सम्भावना खोजी गर्नुपर्छ भन्ने हामीले सिक्न सकेनौं । यस्तो स्थितिलाई विचार गर्दै हामीलाई साँच्चै चेतनशिल बनाउन र गहन तवरले विचार गर्न सक्ने व्यावहारिक शैक्षिक कार्यक्रमहरु हाम्रो शिक्षामा समेटिनु जरुरी छ ।

नैतिकता र संस्कारयुक्त शिक्षा 

करिब डेढ दशक पहिले सम्म विद्यालय तहको शिक्षामा संस्कृत शिक्षा पनि संलग्न थियो । यसको अलावा नैतिक तथा नागरिक शिक्षा सञ्चालनमा थियो । उक्त संस्कृत र नैतिक शिक्षाको उद्देश्य मानिसमा सुसंस्कार विकास गर्ने, बानीव्यवहार र आचरणमा सुधार ल्याई अनुशासित एवं आत्मविश्वासी बनाउने रहेको थियो । अहिले यी कार्यक्रम हाम्रो पाठ्यक्रमबाट हटेका छन् । अङ्ग्रेजी भाषालाई प्रवद्र्धन गरिरहँदा बोर्डिङ स्कुलका विद्यार्थीहरुमा हाम्रो चलनचल्तीको नेपाली भाषा नै राम्रोसँग बुझ्न र बोल्न नसकेको स्थिति समेत देखिन थालेको छ । साथै बोर्डिङ स्कुलहरुमा साना बच्चा माथि लागु गरिने कडा अनुशासनले बालबालिकाको वैयक्तिक स्वतन्त्रता विमुख हुँदै गएको स्थिति, व्यावहारिक ज्ञानको अभाव, खुम्चिँदै गएको परिवार संरचना (बाजे नाती सँगै बस्न नसक्ने स्थिति) र अभिभावकको व्यस्तताले गर्दा समेत सानै उमेरका बालबालिकालाई विद्यालय पठाउनुपर्ने बाध्यता, प्रविधिको अधिक प्रयोग लगायतले बालबालिकाहरुलाई हामीले चाहेबमोजिम संस्कारी बनाउन सकेका छैनौं । अब यस्ता विषयवस्तुहरुमा पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ ।

शिक्षाको मुख्य उद्देश्य

विद्यार्थीलाई विषयवस्तुको सूचना प्रदान गर्नुलाई मात्रै हामीले शिक्षाको उद्देश्य बनाउनु हुँदैन । सचेत, सृजनशिल, जागरुक र सक्षम जनशक्ति तयार पार्नु पनि हाम्रो शिक्षाको विशिष्ट उद्देश्य हुनुपर्छ ।

मष्तिष्क र सूचना सम्प्रेषण प्रणाली 

सामान्यतया मष्तिष्कको कार्यविशेषताको आधारमा यसलाई २ खण्डमा छुट्याउने गरिन्छ । दायाँ (चेतन) मष्तिष्क र बायाँ (अवचेतन) मष्तिष्क । रचनात्मक क्षमता राख्ने दायाँ (अवचेतन) मष्तिष्कले आफूले प्राप्त गरेको जानकारीलाई कुनै विष्लेषण नगरी कार्यरुप दिने सामथ्र्य राख्छ । भावना, कल्पना, तस्बीर र सपनाको प्रत्यक्ष सम्बन्ध दायाँ (अवचेतन) मष्तिष्कसँग हुने गर्छ । गहिरो चोटको मुख्य असर पनि दायाँ मष्तिष्कमा नै पर्ने गर्छ । अवचेतन मष्तिष्कमा पुगेको सूचना मेटाउन निकै गाह्रो हुन्छ । साधारणतया अधिकांश मानिसलाई असम्भव मानिने क्रियाकलापहरुलाई पनि केही व्यक्तिहरुले सार्थक बनाउन सफल हुनुमा उक्त व्यक्तिले दृढ अठोट सहित आफ्नो योजनालाई सार्थक पार्नको लागि गरेको अभ्यास (जसबाट दायाँ मष्तिष्क क्रियाशिल बन्न सक्छ) महत्वपूर्ण रहने गरेको मानिन्छ । मष्तिष्कीय क्षमताको ९० प्रतिशत क्षमता दायाँ मष्तिष्ककै हुने गर्छ । यद्यपि हाम्रो शिक्षण पद्धतिले दायाँ मष्तिष्कलाई सक्रिय बनाउने सम्बन्धमा खासै जोड दिन सकेको पाईंदैन । दायाँ मष्तिष्कलाई सक्रिय बनाउन अध्ययन अध्यापनको क्रममा चित्र, नक्सा, कथा, कविता, व्यावहारिक अभ्यास र व्यक्तिगत अनुभव लगायतलाई आधार बनाई शिक्षण प्रक्रिया अबलम्बन गर्नु उपयुक्त हुन सक्छ ।

मष्तिष्कको अर्को भाग हो बायाँ अर्थात चेतन मष्तिष्क । यसको क्षमता १० प्रतिशत मात्र हुने अनुमान गरिँदै आइएको छ । बुद्धि, विचार, तर्क, गणितको सम्बन्ध बायाँ (चेतन) मष्तिष्कसँग हुने गर्छ । मष्तिष्कको यस भागलाई कम्प्युटरको ¥याम भने जसरी मष्तिष्कीय ¥याम भन्न सकिन्छ । जहाँ सूचना लामो समय रहन सक्दैनन् । यसैकारण हामीले सुनेर वा पढेर प्राप्त गरेका जानकारी हामीले लामो समय सम्म मष्तिष्कमा भण्डार गर्न सक्दैनौं । हाम्रो शिक्षण पद्धतिले मूलत बायाँ मष्तिष्कलाई नै सक्रिय गराउने विधिहरुका आधारमा शिक्षण गतिविधिहरु सञ्चालन÷अभ्यासलाई जोड दिँदै आएको छ । जसले गर्दा हाम्रो शिक्षा प्रणालीले सृजनशिल जनशक्ति उत्पादन गर्न सकेको छैन । दायाँ (अवचेतन) र बायाँ (चेतन) दुवै मष्तिष्कलाई सन्तुलित रुपमा  सञ्चालन गर्न सकेको खण्डमा हाम्रो जीवनले अतुलनीय सफलता हासिल गर्न सक्ने भएकोले यस किसिमको शिक्षण प्रणाली अबलम्बन गर्नुपर्ने आवश्यकता रहन्छ ।

हाम्रो सोचाई र सफलता बीचको सम्बन्ध

हामीले कुनै विषय, वस्तु वा परिस्थिति बारे सोच्दा अथवा सम्झिँदा मष्तिष्कले सबैभन्दा पहिले त्यसको चित्र तयार पार्छ । सोहीबमोजिम हामीलाई व्यावहारिक रुपमा प्रतिक्रिया प्राप्त हुने गर्छ । साधारणतया सबै मानिसहरु आफूलाई रोग नलागेको, आर्थिक स्थिति कमजोर नभएको, अरु कोही भन्दा सामाजिक प्रतिष्ठा तल नपरेको अवस्थामा देख्न चाहन्छन् । अधिकांश समय यही सोचाई हाम्रो मष्तिष्कमा घुमिरहेको हुन्छ । तैपनि हाम्रो अवस्था सदैव कमजोर नै रहने गर्छ । केही सीमित व्यक्तिहरुलाई छोडेर अधिकांशको अवस्था सदैव दयनीय नै रहिरहन्छ । यो प्रश्न धेरै मानिसहरुको लागि चासोको विषय बन्न सक्छ ।

वैज्ञानिक खोजको क्रममा पत्ता लागेबमोजिम हामीले सोचेपश्चात् हाम्रो मष्तिष्कले चित्र बनाउने क्रममा सोच बमोजिमकै चित्र तयार पार्छ । यदि हामीले आफूलाई रोग रोग नलागोस् भनेर कल्पना ग¥यौं भने मष्तिष्कले रोगी अवस्थामा अस्पतालमा छट्पटाइरहेको, चरम गरीबीमा पिल्सिएको चित्र तयार पार्छ । अधिकांश व्यक्तिहरुले यसरी नै सोच्ने गर्छन् । गरीबी मनोविज्ञानको आधारमा निर्माण हुने अवचेतन मष्तिष्कको सोही चित्रको आधारमा नै हाम्रो जीवनले पनि हामीलाई विभिन्न परिस्थितिहरु सृजना गरिदिन्छ । यसलाई गरीबी मनोविज्ञानको परिणाम वा मनोदशा बिग्रिएको अवस्था भन्न सकिन्छ । यसैकारण अहिले जागिरे, साना व्यवसायी र अन्य व्यक्तिहरु जिन्दगीभर सङ्घर्ष गरेरै आफ्नो जीवनकाल व्यतीत गर्छन् । संसारमा करिब १० प्रतिशत सम्पन्न मानिसको हातमा बाँकी ९० प्रतिशत साधारण मानिसहरुसँग भए बराबरको सम्पत्ति एकत्रित भएको छ । जसले सोचाईको तरिका बदल्न सके, उनीहरु सफल र सम्पन्न भए । आफूले काम नगरेर पनि संसारलाई आफ्नो हातमा लिए । जसले परम्परागत तवरले नै सोचिरहे, कडा परिश्रममा मात्र विश्वास गरिरहे, उनीहरुले दिनरात नभनी मेहनत गर्दा पनि अवस्थामा सुधार आउन सकेन ।

अबको विकल्प के ?

हामीले कडा परिश्रम गरेरै सफलता हासिल गर्न सकिन्छ भन्ने अग्रजहरुबाट सुन्दै र औपचारिक शिक्षामा पढ्दै आएका छौं । व्यावहारिकता भने यस कथनको ठ्याक्कै उल्टो देखियो । कम परिश्रम र परिणाममुखी तवरले सोच विकास गर्न सकेको खण्डमा हामीले परिणाम पनि बदल्न सक्छौं । जसरी रोग नलागेको, पैसाको कमी भएको सोचाईले हामीलाई रोगी र गरीब बनाउँछ, त्यसरी नै आफू पूर्ण स्वस्थ रहेको, व्यावसायिक रुपमा सम्पन्न रहेको र सबैसँग राम्रो सम्बन्ध रहेको कल्पना सहितको विचारधारालाई हामीले निरन्तरता दिन सक्यौं भने त्यही विचारले हामीलाई साँच्ची सफल बन्नको लागि पूर्वाधार तयार गरिदिन्छ । हामीमा सकारात्मक सोच र योजनाहरु विकास हुने परिस्थिति सृजना गराउँछ । यसकारण यदि हामी साँच्चै स्वस्थ रहन चाहन्छौं भने खुसी र शान्तिपूर्वक भव्य महलमा प्रेमपूर्ण स्थितिमा रहन चाहन्छौं भने त्यसै किसिमको सोच हाम्रो मष्तिष्कमा विकास गर्न सक्नुपर्छ । अबका दिनमा हाम्रो औपचारिक शिक्षाले पनि यस्ता सकारात्मक योजना प्रस्तुत गर्ने कार्यक्रमलाई विशेष महत्व सहित समेट्न सक्नुपर्छ ।

सचेत अभ्यासबाट परिवर्तन सम्भव

हामीले सोच्ने तरिका सकारात्मक दृष्टिकोणबाट निर्देशित छ कि नकारात्मक सोचाइबाट निर्देशित छ भन्ने पत्ता लगायांै  र यसलाई सुधार्न चाह्यौं भने अवश्य पनि सुधार्न सक्छौं । हाम्रो व्यवहारमा पनि परिवर्तन ल्याउनको लागि शुरुवाती दिनमा सचेत अभ्यास नै आवश्यक रहन्छ । कम्तीमा २१ दिन होस पूर्वक (सचेत रुपमा) अभ्यास गर्ने प्रयाश ग¥यौं भने बिस्तारै हाम्रो बानीव्यवहारमा पनि परिवर्तन आउँदै जाने वैज्ञानिक खोजबाट पुष्टि भएको छ ।

विद्यालय शिक्षामै सकारात्मक सन्देश पु¥याउँ

बाल मष्तिष्कमा हामीले जे चाह्यौं, त्यो भर्न सकिन्छ । बाल मष्तिष्कलाई काँचो माटोको रुपमा पनि बुझ्न सकिन्छ । यदि काँचो माटो प्राप्त भएको खण्डमा कुम्हालेले आफ्नो चाहना अनुसार त्यसलाई विभिन्न स्वरुपमा सजिलै बदल्न सक्छ । यद्यपि पाकेको माटोलाई त्यसरी बदल्न सकिँदैन । यसकारण हामीले साना बालबालिकाहरुलाई उनीहरुलाई कस्तो बनाउने हो, सोही किसिमको शिक्षा सानै उमेर देखि नै दिन सक्नुपर्छ । शिक्षा, संस्कार र अनुभवको संयोजनबाट हाम्रो चरित्र निर्माण हुने गर्छ । त्यही चरित्रले नै हाम्रो व्यक्तित्व समेत निर्माण गर्छ । 

प्रतिष्पर्धा आफैंसँग गर्ने संस्कार आवश्यक

अहिलेको शिक्षामा विद्यार्थीको उत्कृष्टता मापन आधारको रुपमा परिक्षा प्रणालीलाई नै लिइने गरिएको छ । यसले कतिपय अवस्थामा प्रतिष्पर्धाको क्रममा थोरै मात्रले भएको तलमाथिले एक व्यक्ति उत्कृष्ट र अर्को कमजोर भन्ने अर्थ लाग्न सक्छ । यसलाई सुधार गर्नु जरुरी छ । अबको समय सामान्यीकरण नभई विशिष्टीकरण हुँदै गएको छ । परिक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुँदैमा व्यावहारिक जीवनमा समेत हामी उत्कृष्ट हुन सक्छौं भन्ने कुनै ग्यारेन्टी गर्न सकिँदैन । यस्तो स्थितिलाई विचार गर्दै हामीले विशिष्टीकृत शिक्षामा जोड दिई हरेक व्यक्तिमा रहने पृथक क्षमतालाई पहिचान गरी त्यही क्षमतालाई मलजल गर्नुपर्ने आवश्यकता छ ।

अन्त्यमा,

संस्कार र सच्चरित्रता सहितको व्यावहारिक गुणस्तरीय शिक्षा अहिलेको युगको माग बनेको छ । हाम्रो आवश्यकता बमोजिमको जनशक्ति तयार पार्ने माध्यम नै शिक्षा भएकोले हाम्रा आवश्यकताका आधारमा कुन क्षेत्रमा कस्तो क्षमताका जनशक्ति कति सङ्ख्यामा आवश्यक पर्छ भन्ने कुरा यकिन गरी आवश्यकता बमोजिम औपचारिक शैक्षिक कार्यक्रम तथा छोटो अवधिका तालिमहरु सञ्चालन गर्नुपर्छ । साथै नेपालीहरुलाई काम गर्ने क्रममा लज्जाबोध हुने स्थितिबाट मुक्त गर्नुपर्ने आवश्यकता छ । सम्भव रहेसम्म हाम्रो आवश्यकता परिपुर्ति गर्ने जनशक्ति स्वदेशमै तयार गर्न जरुरी छ । युगको मागअनुसारका जनशक्ति तयार पार्नको लागि विद्यार्थीहरुलाई खोज र अनुसन्धानमुखी बनाउनु जरुरी छ । राज्यले  आवश्यक परिमाणमा शिक्षा क्षेत्रमा खोज र अनुसन्धान, प्रयोगशाला निर्माण, पुस्तकालय, निर्माण, प्रविधि लगायतको लागि प्रयाप्त राष्ट्रिय बजेट विनियोजन हुने व्यवस्था समेत मिलाउनुपर्छ । साथै हाम्रा परम्परागत मूल्य, मान्यता, संस्कार माथि वैज्ञानिक खोज र अनुसन्धान गर्न सक्ने जनशक्ति उत्पादनमा पनि हाम्रा विश्वविद्यालयहरुले जोड दिनैपर्छ । एकपक्षीय विकासले हामीलाई लाभ मात्रै पु¥याउँछ भन्न सकिँदैन । यसकारण सबै पक्षमा विचार गर्न सक्ने सचेत नागरिक तयार पार्न शिक्षाले विशेष जोड दिनु जरुरी छ ।

लेखक कमल पन्थी हाल त्रि–चन्द्र क्याम्पसमा अर्थशास्त्र विधामा स्नातकोत्तर तह चौथो सेमेष्टरमा अध्ययनरत छन् ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.