add

मनकामना केवलकारका योजनाकार लक्ष्मणबाबु श्रेष्ठ र उनको सफलता यात्रा






ActPro Nepal

|

१९ भदौ, २०७७

|
968

नेपालमा कसैले पनि नगरेको काम मैले गर्नुपर्छ भन्ने मान्यताका साहसिक उद्योगी व्यवसायी हुन् लक्ष्मणबाबु श्रेष्ठ । उनी सन् १९३७ मा जन्मिएका हुन् । गोरखाका स्थायी बासिन्दा उनले नेपालमा पहिलोपटक आफ्नो गृहजिल्लामा मनकामना केवलकार सञ्चालनको साहस उनले गरे ।

गृह जिल्ला गोरखामै कपडाको कोठी राखी व्यापार गर्ने श्रेष्ठको परिवारलाई चौबीस कोठी भनेर चिनिन्थ्यो । उनको जन्म मध्यमवर्गीय व्यापारी परिवारमा भएको हो । कपडा व्यापारको अलावा खेतीपाती र पशुपालनमा पनि श्रेष्ठ परिवार संलग्न थियो । सानै उमेरमा बाबुको देहावसान भएपछि आफ्नो ठूलो परिवारको हेरचाहको सम्पूर्ण जिम्मेवारी आमा देवकुमारीको काँधमा आइपर्यो ।

लक्ष्मणबाबुले सानो उमेर देखि नै पढाइमा खुबै चासो राख्थे । उनले प्राथमिक शिक्षा गाउँकै विद्वान दण्डपाणि अर्यालबाट सिके । १३–१४ बर्षको उमेरमा घरबाट भागेर काठमाडौं आएका उनले यहाँको शान्ति विद्यागृहमा ६ कक्षा सम्म अध्ययन गरे । थप एसएलसी सम्मको अध्ययन जुद्धोदय पब्लिक स्कुलबाट गरे । त्रिचन्द्र क्याम्पसबाट आइए र विए गरे । उनले अध्ययन गर्दा घरबाट मासिक १ सय ५० प्राप्त हुन्थ्यो ।

वि.सं २०१० ताकाको त्यस समयमा त्यस रकमले प्रयाप्त नै हुने गथ्र्यो । जुन समयमा काठमाडौंमा कोठा भाडा मासिक १५ रुपियाँ मात्रै थियो ।
अध्ययन कालमा मनोरञ्जनमा समेत रुचि राख्ने उनले एउटा हिन्दी फिल्म ‘दो विघा’ जमीन भन्ने थियो । त्यसमा नगदलाई भन्दा २ विघा जमीन महत्वपूर्ण हुने कुराको सन्देश थियो । पढाईसँगै भविष्यमा आफू चर्चित व्यक्ति बन्नुपर्छ भन्ने विचारको श्रेष्ठमा त्यति समय देखि नै वीजारोपण भएको थियो ।

जागिरको लागि आवेदन दिएको पहिलो पटकमा नै पुलिस इन्स्पेक्टरमा नाम निस्किएपछि आफ्नो दाईसँग सल्लाह गर्दा दाईले पुलिसमा जागिर नखान सल्लाह दिएको कारण उनले त्यो जागिर खाएनन् । गलत तरिका अपनाएर अर्वपति हुनुभन्दा साधारण जीवन जिउनै उपयुक्त हुन्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आफ्नै पुरुषार्थ र बुद्धिमत्ताले नै सफल बन्न सकेकोमा खुसी छन् ।

ठेक्कापट्टामा प्रवेश :

एक दिन गोरखापत्र हेर्दा ठेक्कापट्टाको बारेमा बोलपत्र आह्वान गरिएको देखे । आफूलाई ठेक्कापट्टा बारे कुनै जानकारी नभएका श्रेष्ठ रु १ को टिकट सहित बोलपत्र हाले । आफूलाई ठेक्कापट्टा पर्ने कुरा श्रेष्ठको कल्पना भन्दा बाहिरको थियो । तर त्यही भयो, जुन उनले सोचेका थिएनन् । ठेक्का उनैले पाए ।
दरखास्त दिएको २ महिना पछि एकजना केशव सुब्बा बाजे आएर उनलाई गिरफ्तार गर्ने भन्दै त्रास दिए । पछि उनी डेरामा आउनुको कारण श्रेष्ठलाई ठेक्का परेर पनि कामको जिम्मेवारी लिन नगएकोले स्मरण गराउन आएको बताए । तर श्रेष्ठले आफूलाई कामको जानकारी पनि नभएको र त्यसको लागि लगानी पनि नभएको बताए ।

तैपनि उनलाई कृषि विभागका तत्कालिन महानिर्देशक चन्द्रवीर गुरुङकोमा लगी भेट गराइयो । साथै श्रेष्ठले आफू मानसिक रुपमा तयार नभएकोले घरमा सल्लाह गरेर मात्र मन्त्रालयलाई जानकारी गराउने बताए । तर श्रेष्ठले न त घरमा त्यस प्रस्ताव माथि सल्लाह गरे न त सिंहदरबारमा जानकारी नै गराए । दोस्रो र तेस्रो पटक ती सुब्बा बाजे आएर कामको लागि उनलाई बाध्य बनाउँदा बल्ल उनी चितवन जान तयार भए । जुन वि.सं २०१८ को कुरा हो ।

त्यस बेला सम्म चितवन बाघ, भालु, हात्ति, गैँडा, सर्प, विच्छी लगायतका जनावरबाट बच्न गाह्रो हुने र औलोको समेत प्रकोप क्षेत्रको रुपमा चिनिन्थ्यो । जसले गर्दा लक्ष्मणबाबुका शुरुका दिनहरु चितवन बस्नको लागि निकै नै कष्टप्रद रहे । पछि भने बानी पर्दै गयो । कृषि विभागका घरहरु बनाएर सक्ने बेलामा उनलाई शिक्षा विभागका घरहरु पनि निर्माण गर्ने जिम्मेवारी आयो । यसैगरी उनलाई विद्युत विभागको काम पनि मिल्यो । जुन काम अन्तरगत हेटौंडामा साढे ४ मेगावाटको तत्कालिन अवस्थामा नेपालको सबैभन्दा ठूलो पावरहाउस बनाउनु थियो । उक्त कार्यमा बेलायतको सहयोग थियो । त्यस कामको राम्रो अनुभव नभएको कारण उनले कामबाट ठूलो घाटा व्यहोरे । तर अघिल्लो चितवनको कामबाट राम्रो मुनाफा प्राप्त गरेका थिए । यसरी नै सरकारी निर्माण कार्य एवं अन्य क्षेत्रका व्यक्तिहरुसँग पनि उनको चिनजान झप झाङ्गिँदै गयो । साथै राम्रो पैसा कमाउन समेत उनी सफल भए ।

निर्माण कार्य शुरु गरेको १० बर्ष सम्म व्यक्तिगत रुपमा मात्रै काम गरेका उनले २०२८ मा चितवन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनी शुरु गरे । यस कम्पनीले खासै सफलता नदिलाएपछि उनले छोटकरी नाम चितवन कोइ राखे । त्यसपछि भने उनी सफल हुँदै गए ।

विद्युत विभागको काममा ठूलो नोक्सानी व्यहोरेका लक्ष्मणबाबुलाई उनको दाई किसनबाबु श्रेष्ठले सहयोग गरेपश्चात् भने उनी सशक्त बन्दै गए । केही समय पछि हेटौंडा नजिक भुटनदेवी मन्दिर क्षेत्रमा १५÷२० घर बनाउने जिम्मेवारी पनि उनैले पाए । भवन मात्र होइन त्यहाँ पुग्न सडक र विद्युत प्रशारण सबस्टेसन बनाउने कामको जिम्मेवारी पनि उनैले पाए । त्यसबाट भने राम्रो लाभ लिन सके । यससँगै उनले बल्ल व्यापारमा लाभहानी भनेको सामान्य रहेछ भन्ने सिक्न सके । साथै अन्य काम लिँदा आफू नोक्सानीमा नजाने गरी काम गर्ने मानसिकता विकास गरे । जसले गर्दा त्यस पछिका दिनहरुमा भने उनी त्यस किसिमको आर्थिक जोखिममा पर्नुपरेको छैन ।

पहिले केवलकार निर्माणकाे लागि जिम्मेवारी लिएको व्यक्तिले ६ बर्ष सम्म पनि काम शुरु नगर्दा त्यसबारे सोध्न जाँदा निर्माण कार्य सम्पन्न हुन नसकेपछि नयाँ सक्षम कम्पनीलाई इजाजत दिने सम्बन्धी उद्योग मन्त्रालयका विभागीय निर्देशक भानु आचार्यलाई सोधे । आचार्यले आफूहरु केवलबार बनाउन सक्षम कम्पनीको खोजीमा रहेको बताए । साथै इजाजत प्राप्त पहिलेको कम्पनीले तत्काल काम शुरु गर्न नसके खारेज प्रक्रिया अघी बढाउन मन्त्रालय तयार भयो । यसरी प्रक्रियागत रुपमा पहिलेको कम्पनीको इजाजत खारेज भई नयाँ प्रक्रियाको लागि आफूले दरखास्त गरेर कामको जिम्मेवारी लिन लक्ष्मणबाबु सफल भए ।

आफूले एकपटक घाटामा काम गरेपछि उनले सफलताबाट मात्र नभई असफलताबाट पनि सिक्न सकिनेरहेछ भन्ने बुझेर सोहीबमोजिम आफूलाई तयार पार्दै आए ।

पोखरामा फेवा बाँध, वेगनाश बाँध, विजयपुर बाँध लगायतका कामहरु उनै श्रेष्ठले नै सफल बनाएका हुन् । उनै श्रेष्ठ विभिन्न अस्पतालहरु समेत निर्माण गर्दै विसं २०५६ मा मनकामना केवलकार निर्माण गर्न सफल बने ।

 जीवन बारे श्रेष्ठको दृष्टिकोण :

श्रेष्ठ भन्छन्, ‘जीवन भनेको समस्या हो । समस्या बिनाको जीवन नै हुँदैन । तर समाधान बिनाको समस्या पनि हुँदैन । कुनै समस्या छ भने त्यसको समाधान पनि हुन्छ ।’ यसको प्रमाण उनी आफैंलाई मान्छन् । आफूूले सानो छँदा कल्पना गर्ने केवलकार परियोजना सम्पन्न गर्न सक्नु यसको ज्वलन्त उदाहरण हो ।

मनकामना केवलकार निर्माणमा सफलताः

विसं २०४५ मा मरीचमान सिंह प्रधानमन्त्री भएको बेला गोरखापत्रमा गोरखाको मनकामना मन्दिर जान केवलकार आवश्यक रही उक्त परियोजना सम्पन्न गर्न आवश्यक रहेको आशय सहितको दरखास्त आह्वान गरिएको थियो । त्यस समयमा लक्ष्मणबाबु विभिन्न ठाउँका कामहरुमा निकै व्यस्त थिए । जसले गर्दा उनले आफ्नो सपनाको परियोजनामा समयमै दरखास्त हाल्न समेत वास्ता गरेनन् । म्याद गुज्रेपछि मात्रै उनले मन्त्रालय लगायत निकायमा सोधखोज गर्न लागे । ५ ओटा कम्पनीले दरखास्त दिएको उनले थाहा पाए । यसबाट लक्ष्मणबाबु निकै चिन्तित बने ।

अन्य काममै व्यस्त बन्दै गरेका लक्ष्मणबाबुले वि.सं २०५२ सम्म पनि मनकामना केवलकार सम्पन्न हुन सकेको पाएनन् । सोहीकारण मन्त्रालयमा गएर बुझ्दा एक जना व्यक्तिले त्यस कामको लागि इजाजत पाएको र हरेक बर्ष इजाजत नवीकरण गरेको तर काम अघी बढ्न भने नसकेको जानकारी पाए ।

यसरी पाए मनकामना केवलकारको इजाजत :


पहिले केवलकार निर्माणकाे लागि जिम्मेवारी लिएको व्यक्तिले ६ बर्ष सम्म पनि काम शुरु नगर्दा त्यसबारे सोध्न जाँदा निर्माण कार्य सम्पन्न हुन नसकेपछि नयाँ सक्षम कम्पनीलाई इजाजत दिने सम्बन्धी उद्योग मन्त्रालयका विभागीय निर्देशक भानु आचार्यलाई सोधे । आचार्यले आफूहरु केवलबार बनाउन सक्षम कम्पनीको खोजीमा रहेको बताए । साथै इजाजत प्राप्त पहिलेको कम्पनीले तत्काल काम शुरु गर्न नसके खारेज प्रक्रिया अघी बढाउन मन्त्रालय तयार भयो । यसरी प्रक्रियागत रुपमा पहिलेको कम्पनीको इजाजत खारेज भई नयाँ प्रक्रियाको लागि आफूले दरखास्त गरेर कामको जिम्मेवारी लिन लक्ष्मणबाबु सफल भए ।

इजाजत पाएपछि बल्ल लक्ष्मणबाबुले भौगोलिक अध्ययन कार्य अघी बढाए । शुरुमा आँबुखैरेनीबाट केवलकार बनाउने प्रस्ताव भएपनि अध्ययनबाट बुझ्दा प्राविधिक रुपमा अहिले केवलकार रहेको ठाउँ उपयुक्त देखियो । यसको लागि अष्ट्रियाका प्राविधिकहरुसँग समेत पटक–पटक छलफल गरियो ।

सबै प्राविधिक अध्ययन पूरा भएपछि पर्यटन बर्षको अवसर पारेर सन् १९९६ मा केवलकार निर्माण कार्य शुरु भयो । सोही सफलता सँगै लक्ष्मणबाबु श्रेष्ठ अष्ट्रियाको लागि राजदूत बन्न समेत सफल रहे ।

लक्ष्मणबाबु श्रेष्ठ सगरमाथा पावर कम्पनी मार्फत जलविद्युत क्षेत्रमा पनि संलग्न रहे । उनको सन् २०१४ मा अवसान भयो ।

सफलता सम्बन्धमा लक्ष्मणबाबुको धारणाः

–पैसा भन्दा मित्र कमाउने काम ठूलो हो । दुःखमा मित्रहरुकै सहारा मिल्छ ।
–सफलता र विफलता दुवैबाट सिक्न सकिन्छ ।
–काम गर्न चाहने मानिसले कहिल्यै रिस देखाउनुहुँदैन ।
–कसैले धोका दिएको छ भनेपनि जम्काभेट हुँदा केही नभएझैँ गरी मुस्काउनुपर्छ ।
–धोखेबाजबाट सके सम्म टाढा रहनुपर्छ, मान्छे चिन्न सक्नुपर्छ ।
–नयाँ काम गर्न डराउनुहुँदैन । तर कामको सबै पक्ष अध्ययन गरेर मात्र काम शुरु गर्नुपर्छ ।
–मितव्ययी हुनुपर्छ तर आवश्यक पर्दा ठूलो रकम खर्च गर्न पनि डराउनुहुँदैन ।
– अन्त्यमा, नेपाल सम्भावनायुक्त हुँदाहुँदै पनि राज्यले सानो चित्त गरिरह्यो भने हामी नेपालीहरु सुनखानीमा बसेर विदेशीहरुसँग भीख माग्ने गरीबको रुपमा रहिरहनेछौं ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.