add

कथा :- भ्रूण हत्या !






ActPro Nepal

|

१४ भदौ, २०७७

|
1662

राधाको दोस्रो गर्भ थियो पेटमा, मलाई भने उनको पेट भित्र छोरा छ या छोरी भनेर जाचँ गर्न धेरै ईच्छा थियो । पहिलो गर्भ रहदा उनको पेट भित्र छोरी रहेको डाक्टरले भनेको केहि घण्टामा नै मैले गर्भपतन गराएको थिए,कारण म चाहान्छु मेरो पहिलो सन्तान छोरो होस,मेरो कुल जोगाउने पहिलो सन्तान छोरो होस । मर्ने बेला मेरी आमाले भन्नु भयको थियो “बाबु मेरो अन्तिम ईच्छा नातिको मुख हेर्ने थियो जुन मैले पाईन तर तेरो पहिलो सन्तान चाई छोरो नै होस है ! यति गरिस भने म स्वर्ग पुग्छु नत्र मेरो प्राण नर्कमा नै रहन्छ ।” आमाले त्यसपछि सास फेर्न नै बिर्सीनु भयो अर्थात मर्नु भयो । म भित्र आमाको अन्तिम ईच्छा पुरा गर्ने दाहित्व पनि त छ, अनि नर्कमा छटपटाई रहेको आमाको आत्मा लाई स्वर्ग सम्म पुर्याउनु पर्ने कर्तव्य पनि । मलाई नारीवादीले,समाजले भूर्ण हत्यारा भनेर भित्र भित्रै सम्बोधन गरि रहेका पनि होलान । राधाको पेटमा पहिलो सन्तान छोरीलाई गर्भपतन गराउदा संसार नै देख्न नपाई आफ्नो सास छोडेकी भूर्णले पनि मलाई हत्याराको दर्जामा राख्दि हो । “हजुर लिनुस चिया” राधाको चर्को आवाजले म झस्किन्छु । सुरूप..सुरूप.. चिया पिउदै म भन्छु “राधा तिम्रो पेटमा रहेको गर्भ के छ भनेर हेर्न भोली डाक्टरकोमा जाने कि ?” राधाले एकाएक मुख बिगार्न थाल्छे । अगि सम्म जूँन जस्तै चम्किएको उसको रूप छिन भर मै औँसी लागेको जूँन जस्तो हुन्छ । “फेरी आर्को भूर्ण हत्या गर्न डाक्टरको मा जाने ” राधाको भित्री मनबाट बाहिर यस्तै आवाज गुन्जीएको जस्तो भान हुन्छ तर राधा एक शब्द बोलेकी थिईन । आँखाबाट आँशु झार्दै राधाले भन्छे “फेरी गर्भमा छोरी रहेछ भने ? पुनः हजुरले भूर्ण हत्या गर्नुहुन्छ ?” म मा राधाको प्रश्नको उत्तर दिने क्षमता थिईन । म भित्र केवल आमाको अन्तिम ईच्छा पूरा गरि दिने चाहना मात्र थियो । “भन्नु न छिटो कता हराउनु भयो ।” “हँ..अँ.. राधाको झस्काईले म बोल्न सक्दिन । राधाको आँखाबाट झर्दै गरेको आँशु पुसि दिदै भन्छु “यस पटक पक्का भगवानले हामिलाई धोका दिदैनन् तिम्रो गर्भमा छोरो छ, हाम्रो कुल छ,हामि मरेपछी दागवत्ती दिने सन्तान छ तिमि ढुक्क भौँ यस पटक मैले भूर्ण हत्याको ट्याक भिर्नु पर्दैन ।” राधाको बोली रोकिएको थिएन उसले अझ म तिर हेर्दै भन्छे “यदि यस पटक पनि छोरी नै रैछ भने ? फेरी एक्कासौँ शताब्दीमा हजुरले पन्ध्रौ शताब्दीको जस्तो कुरा किन गर्नुहुन्छ ? छोरी पनि छोरा भन्दा कम्ति छैनन् , छोरीले पनि त दागवत्ती दिन सक्छन, एक पटक आफुलाई नारी सम्झिएर त हेर्नु पेटमा हुर्किदै गरेको सन्तानलाई भूर्ण हत्या गर्दाको पीडा कति धेरै हुन्छ भनेर! रगतको खोला बग्छ,जिन्दगी नै मृत्यु सँग लड्नुपर्छ कति गाह्रो हुन्छ नारीलाई एक पटक बुझी त दिनुहोस ।” उस् लामो साँस फेर्छु राधाका प्रश्नहरूको जालोले मलाई पूरै घेरेको थियो । उसको कुनै पनि प्रश्नको उत्तर दिन चाहिन मैले, वास मलाई पहिलो सन्तान छोरो चाईन्छ भन्ने अहम छोड्नु थिएन ।

राधा रातभर छटपटाएर न निदाई रहेको मेरा आँखाले टुलु टुलु हेरि रहेका थिए । मलाई थाहा थियो उसलाई भोलीको तनाव छ अर्थात पेटमा छोरी रैछ भने फेरी आर्को भूर्ण हत्या हुनेछ । उसलाई यो पनि थाहा छ कि श्रीमानको हर ईच्छा पुरा गर्ने दाहित्व उसकी श्रीमतीको काधमा हुन्छ । तर मलाई राधाले पहिलो सन्तान छोरो जन्माई दिए उसबाट अरू कुनै अपेक्षा रहने थिएन । बाहिर जूँनले घाँम लागे बराबर उज्यालो छरि रहेकी थिईन तर यता मेरो मन भित्र भने पूरै अध्यारो छाई रहेको थियो । “मैले भोली फेरी आर्को भूर्ण हत्या गर्न नपरोस भगवान” दुबै हात जोडेर भगवान लाई सम्झिन्छु । राधाको दुबै आँखाले टुलु टुलु बाहिर उदाई रहेकी चन्द्रमा लाई हेरी रहेका थिए । उसले सोँच्दै होली “नारी भयर जन्मिनु कसैलाई नपरोस जन्मेको घर छोड्नु पर्ने आमाबाको खुसीको लागि,आफ्ना हर रहर त्याग गर्नु पर्ने पतीको लागि,भोक भोकै अघाएको नाटक गर्नु पर्ने सन्तानको लागि नारी लाई पृथ्वीमा बाँच्न गाह्रो छ भगवान अब नारीको उत्पत्ति नै बन्द गरि देऊ हामि नारीले पनि हेर्छौ पुरूष पुरूषले संसार कसरी चलाउन सक्छन..।” राधाले यस्तो नसोचोस् पनि कसरी जीवन भर साथ दिन्छु भन्ने पतीले पटक पटक केवल एउटा सन्तान छोरोको लागि,मरि सकेकी आमाको लागि गर्भमा हुर्किदै गरेकी भूर्ण लाई हत्या गरेको छ । राधा अझै निदाउन सकेकी थिईन ऊ उठ्छे बत्ती बाल्छे घडी हेर्छे “बल्ल रातको दुई बजे छ” भन्दै बत्ती निबाएर फेरी सुत्छे । म निदाएको छु की छैन भनेर राधाले एक पटक पनि मलाई हेरिन सायद उँ म देखि खुब रिसाएकी छे अझ भनौ पुरूष देखि नै ।

राधा कतिबेला उठेर भान्सा पसिछे मैले अलिकति पनि हेक्का पाईन । रातभर मन भित्र अनेकौ कुरा खेलेर होला बिहान पख भुसुक्क निदाएछु । राधाको अनुहार अरू दिनको जस्तो थिएन । शरिरमा लगाएका लुगा पनि मिलाएर लगाएको जस्तो देखिदैन थ्यो । हिजो अस्ती यति बेला सम्म मेरो बेडमा चिया ल्याई पुर्याउने राधा आज मौन बसि रहेकी छे कता कता उसको मन भित्र डर छ । एउटि विवाहित नारीलाई आमा भन्नु जस्तो ठूलो उत्साह अरू हुनै सक्दैन म मान्छु तर मलाई राधा छोरीको होईन छोरोको आमा बनोस भन्ने चाहना राख्छु । राधा चुपचाप म भए निर आई पुग्छे । ऊ केहि बोल्दिन एकोहोरो भित्तामा राखिएको मेरो तस्वीर हेर्दै “एउटा पुरूष नारीबाट जन्मिएको हुन्छ,नारीको दुध खाएर हुर्कीएको हुन्छ अनि नारीले नै उसलाई हुर्काएकी हुन्छे र अन्तमा नारी सँग नै विवाह गर्छ फेरी उहि पुरूषले गर्वमा छोरी भएको कारण कसरी कुन मुखले भुर्ण हत्या गर्न सक्छ/सोच्न सक्छ होला..” भुत्तभुताउ छे । राधाको त्यो आक्रोश मलाई थियो । “ल हिड्नु फेरी आर्की छोरीको हत्यारा बुबा भन्न ।” राधाको एक्कासी चर्को आवाजले म झस्किन्छु ।
राधाको मुटु खुब धेरै धड्कि रहेको थियो जब हामि हस्पिटलको नजिक नजिक पुग्न आटेका थियौँ । उसको दिमाखले काम नगरेको जस्तो मैले हेक्का पाएको थिए । डाक्टरले राधाको सम्पूर्ण अबस्था चेकअप गर्छ, उसको पेटमा रहेको बच्चा एकदम स्वास्थ भयको जानकारी गराउछ । मलाई बच्चा स्वास्थ रहोस या नरहोस तेसको अलिकति पनि ख्याल दिन चाहिन वास् राधाको गर्भमा छोरो छ भन्ने डाक्टरको बोली सुन्न हतार भयको थियो । “डाक्टर सायब मेरो गर्भमा के छ ?” राधाले डाक्टरको अनुहारमा हेर्दै सोध्छे । डाक्टरले मुसुक्क हाँस्दै भन्छ ” तपाईको पेटमा सन्तान छ त्यो पनि स्वास्थ ।” “हैन के हैन छोरी की छोरा भन्नु न” राधा झन आतिएर सोध्न थाल्छे । “तपाईको गर्भमा लक्ष्मी छिन ” डाक्टरको कुरा सुन्ने बितिकै राधाको आँखाबाट आँशु झर्न थाल्छ । मेरो अनुहार रातो कालो हुन्छ, पसिनाले शरिरका हरेक अंगहरू पखाल्न थाल्छ । अब फेरी मैले पहिलो सन्तान छोरोको लागि दोस्रो भूर्ण हत्या गर्नु पर्ने भयो ! मन भित्र प्रश्नको खडा हुन्छ । राधाले आँशु पुस्दै भन्छे “यो भूर्ण हत्या नगर्नु न है , मलाई आमा बन्नु छ बाझी होईन, सन्तान छोरो होस या छोरी मलाई केहि मतलब छैन ।” राधाको प्रश्नले मेरो कलेजो खान थाल्छ । “बाबु तैले मेरो अन्तिम ईच्छा पुरा गर्दैनस ? मलाई नर्कमा नै छोड्छस ?” आमाको आत्मा म नजिक आएर चिच्याएको जस्तो लाग्न थाल्छ । मैले राधालाई धेरै सम्झाउ छु , बिन्ति गर्छु, हात जोड्छु र अन्तमा ऊ गर्भपतन गर्न मन्जुर हुन्छे । “हजुरको निधारमा दुई भूर्ण हत्याको ट्याक भिरिने भयो,साँच्चै हजुर पापी नै हो, तपाई जिद्दीको कारण म आमा बन्न पाएकी छैन ।” राधाको आँखाबाट आँशु बग्न थाल्छ तर म भने उसको भूर्ण हत्याको अर्थात गर्भपतन गर्ने मेसो मिलाउछु ।

राधाको दोस्रो गर्भपतन पनि सफल हुन्छ, उसलाई सयौँ पिडाले शरिरमा हानेको छ मलाई एउटै मात्र पीरले उसको पेटमा किन पहिलो सन्तान छोरो भयन भन्ने । राधा बेडमा पल्टि रहेकी थिई, म पैसाको जोहो गर्न घरतिर लाग्नु पर्ने थियो । साथमा रहेको पैसा सबै सक्की सकेको थियो । “राधा म घर पुगेर आउछु है तिमि रेष्ट गर्दै गर ।” राधाको छेऊ पुगेर मैले भन्छु । राधाको आँखाबाट आँशु झरि नै रहेको थियो उसले यहि सोचि होली “तँ पापी भूर्ण हत्यारा जा सुकै जा मलाई के मतलब ।” म मटरसाईकल चडेर घरतिर लाग्छु, जब मेरा दुबै आँखा खुल्छ तब म ठूलो भुमरीमा फसेको जस्तो आवास हुन्छ , मेरा अगाडि पछाडि डाक्टर हुन्छन अनि म बेडमा पल्टि रहेको हुन्छु । मेरो टाउको भरि पट्टि बाधिएको थियो, एउटा खुट्टा कम्मर थिम बाट नै पूरै पट्टि लगाएर रसिमा झुन्डाईएको थियो । “धन्न बाच्यो धन्न समयमा नै हस्पिटल पुर्यायछन, मैले त आस नै मारेको थिए, यति ठूलो दुर्घटना पछी बाँच्ने पहिलो व्यक्ति उहा नै होला ।” डाक्टरले राधा सँग कुरा गरि रहेका थिए म भने पूरै अर्धपागल जस्तो भयर बेडमा पल्टि रहेको थिए । “हैन मलाई के भयो ” मैले सकि नसकि चिच्याउछु । “तपाई दश दिन देखि यहा बेडमा हुनुहुन्छ तपाईको मटरसाईकल लाई बसले ठक्कर दिएको थियो धन्न तपाईको प्राण बाँच्यो खुसी हुनु अ साच्चै अब तपाई कहिलै बुबा बन्न सक्नु हुदैन ।” डाक्टरको कुरा सुनेपछि मलाई ठूलो रिगटा लागेको जस्तो हुन्छ, पूरै हस्पिटल घुमेको जस्तो लाग्छ । “तपाई पापी हो दुई भूर्ण हत्यारा हो त्यसैको पापले आज यो अबस्थामा पुग्नु भयो । अब तपाई छोरो त के कुनै पनि सन्तान जन्माउन नसक्ने नामर्द पुरूष जस्तै हुनु भयो, तपाईको कारण म बाझी रहन पर्ने भयो अब म कहिलै आमा बन्न नपाउने भए ।” राधाले मेरो शरिरमा हातले हान्दै रून थाल्छे । त्यस दिन राधाको गर्भपतन गराएर पैसा लिन घर जादै गर्दा बस सग मेरो मटरसाईकल ठोकिएको रहेछ दश दिन विहोस पछी मेरा आँखा खोलिएको रैछ । राधा रोएको रोई गर्न थाल्छे, मेरा दुबै आँखाबाट आँशु खस्न थाल्छ । मलाई छोरी भयको कारण भूर्ण हत्या गरेको पाप लागेको महसूस हुन थाल्छ । म बाट ठूलो भूल भयछ, “म पापी हु संसार सम्म देख्न नपाएका भूर्ण छोरीहरूलाई गर्भमा नै मार्ने” भन्दै रून थाल्छु । मैले यो समाज,राधाको अगाडि अब कसरी मुख देखाउने होला भन्ने हिनताबोद्दले मुटु छिया छिया बनाउछ । मैले राधाको अनुहार नहेरी आर्को कुनापट्टि पल्टिएर भूर्ण हत्या गरेको पाप सम्झि सम्झि रून थाल्छु…..।।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.