add

देउवाले प्रधानमन्त्री हुँदा बहुदलीय व्यवस्थालाई नै राजाको पाउमा लगेर चढाइदिए : सागर शाक्य






ActPro Nepal

|

१२ भदौ, २०७७

|
1218

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न खालका चर्चा परिचर्चा हुन थालेका छन् । सभापति र महामन्त्री पदका दर्जनौँ आकांक्षीहरू सतहमा प्रकट हुने क्रम जारी छ । १४औँ महाधिवेशनमा पार्टीले अपनाउनुपर्ने नीति तथा कार्यक्रमभन्दा पनि उम्मेदवारी घोषणाले मिडिया तताएको छ । बुढापाका नेताहरूले ठाँउ खाली गरी युवाहरूलाई पालो दिन प¥यो भन्ने आवाज ०५७ सालमा पोखरामा सम्पन्न १०औँ महाधिवेशनदेखि उठ्न थालेको हो । यस्ता आवाज अहिले झन् दरिलो ढंगले आइरहेका छन् । पात्र मात्रै परिवर्तन भएका छन्, प्रवृत्ति एउटै छ । नीति तथा कार्यक्रमलाई भन्दा उमेरलाई एजेन्डा बनाउनेहरूले पार्टीलाई के योगदान देलान् ? भन्ने प्रश्न जनस्तरबाटै उठेको देखिन्छ । के तिनै युवाहरूले आगामी अधिवेशनमा साच्चै नै पुरानो पुस्तालाई नेतृत्वबाट विस्थापन गर्ला त ? यो प्रश्नको जवाफ पक्कै पनि आगामी महाधिवेशनले दिनेछ ।

कम्युनिस्ट सरकारको नालायकीको सिकार आज सिंगो मुलुक भएको छ । जनताले लोकतन्त्रकै विकल्प खोज्ने त होइनन् ? भन्ने डरलाग्दो प्रश्न कम्युनिस्ट सरकारको रवैयाले सिर्जना गरेको छ । सरकारले गरेका हरेक गल्ती कमीकमजोरीको बारेमा प्रतिपक्षीदल किन मौन छ ? कतै ती मौनताभित्र कारण पो छ कि नभए किन मौनता ? कोरोना नियन्त्रणमा भुटान र श्रीलंका सफल हुँदा नेपाल किन असफल भयो ? सरकारले प्रभावकारी कदम चाल्न नसकेकोले आज सिंगो देश कोरोनाको तातो तावामा तड्पिरहेको छ । तर, जनताले सकारको उपस्थिति महसुस गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट उत्पन्न संकटबाहेक अन्यत्र ध्यान दिन सकेका छैनन् । मुलुक र जनता यति ठूलो संकटमा पर्दा आप्mनै पार्टी नेकपाभित्रको समस्यामा मात्रै तल्लीन हुने व्यक्तिलाई देशको कार्यकारी प्रमुख भनिराख्नुपर्दा नेपाली जनताले थप पीडा महसुस गरेका छन् । लक डाउनलाई विकल्पका रूपमा प्रयोग गरेर आफ्नो सत्ताको आयु लम्ब्याउने षड्यन्त्रमा प्रधानमन्त्री ओली रहेको महसुस गर्दै जनताले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मुख ताकेका छन् । यस्तो अवस्थामा पनि प्रतिपक्षी दलको नेताचाहिँ संवैधानिक निकायमा आफ्नो भाग खोज्ने वार्तामा मात्र सीमित हुनुलाई के भन्ने ? नागरिकको स्वास्थ्यको विषयमा निकम्मा बनेको सरकारको विरोध गर्ने कि पिछलग्गु बन्ने हो कांग्रेस ?

यी र यस्तै खालका प्रश्नको जवाफ हरेक कार्यकर्ताले खोज्ने बेला आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छ यसको जवाफ ? प्रमुख प्रतिपक्षीदल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो । सत्ताबाट गलत काम हुँदा खबरदारी गर्ने, सरकारले गति लिन नसक्दा झक्झक्याउने संवैधानिक दायित्व प्रतिपक्षको हो । सत्तारूढ पार्टी असफल हुँदा तत्कालै विकल्प दिने राजनीतिक दायित्व पनि प्रतिपक्षको हो । त्यसैले बहुदलीय लोकतन्त्र भएका मुलुकमा प्रमुख प्रतिपक्षीदललाई आफ्नो भूमिका निर्वाह गर्नका लागि राज्यकोषबाट विभिन्न सेवा सुविधाको प्रबन्ध गरिएको हुन्छ । तर, मुलुकको प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको यति वेलाको भूमिकाप्रति जनता धेरै निराश छन् । सरकारबाट भएका कतिपय खराब कामविरुद्ध खबरदारी गर्न नेपाली कांग्रेस चुकेको महसुस जनताले गरेका छन् । कोरना नियन्त्रणकै सन्दर्भमा पनि सरकार गतिहीन देखिएको छ । सरकारलाई झक्झक्याउनसमेत प्रतिपक्षी नेपाली कांग्रेसले नसकेको महसुस पनि जनताले गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता देउवा भागबन्डामा अल्झेको टिप्पणी मिडियाहरूमा आउन थालेको छ । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच भेटघाट नभएका होइनन् । महिनामा एक/दुईपटक भेटघाट हुने गरेकै छन् । तर, भेटघाटका क्रममा प्रमुख प्रतिपक्षीदलका नेता देउवाले प्रधानमन्त्रीलाई यी यी सुझावहरू दिए भन्ने जनताले सुन्न पाएका छैनन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले प्राडो पजेरो र सांसद खरिद बिक्री काण्ड मच्चाएर बहुदलीय व्यवस्थाको ठूलो हुर्मत लिएका थिए । दोस्रोपटक प्रधानमन्त्री हुँदा बहुदलीय व्यवस्थालाई नै राजाको पाउमा लगेर चढाइदिए । तेस्रोपटक प्रधानमन्त्री हुँदा लोकतन्त्र माग्दै आन्दोलनमा उत्रनेहरूमाथि राजासँग मिलेर ठूलो दमन गरे । उनले नेपाली कांग्रेस फोडे, तर पार्टी चलाउनै सकेनन् । चार वर्षमै पार्टी सकिएपछि कांग्रेस फर्किए ।

साहु कहाँ ऋण माग्न जाँदा असामी प्रस्तुत भएजस्तै प्रमुख प्रतिपक्षीदलका नेता देउवा प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत हुनु भनेको बहुदलीय व्यवस्थाको अपमान त हुँदै हो स्वयं देउवाको व्याक्तित्वका लागि पनि सुहाउने कुरा होइन । आजभन्दा २६ वर्ष अघिदेखि नै मुलुकको प्रधानमन्त्री हुन थालिसकेका नेता हुने देउवा । साथै निकै लामो कालखण्डसम्म मुलुकको मीयो पार्टीको भूमिका निर्वाह गरेको नेपाली कांग्रेसका सभापतिसमेत हुन् उनी । प्रमुख प्रतिपक्षीदलका नेताको भूमिका निर्वाह गर्ने मामिलामा त कांग्रेस सभापति देउवा चुके चुके, आपैmँले नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसलाई व्यवस्थित रूपमा अघि बढाउने मामिलामा पनि सभापति देउवा चुकेका छन् । मुलुकमा तीन तहका सरकारहरू छन् । संघीय तहको सरकारलाई खबरादारी गर्न मात्रै होइन, प्रदेशतह र स्थानीयतहका सरकारलाई खबरदारी गर्ने मामिलामा समेत नेपाली कांग्रेस चुकेको छ । कोरोना नियन्त्रणकै सन्दर्भमा भन्नुपर्दा प्रदेश सरकार र स्थानीय तहका सरकारहरूबाट झन् बढी गलत काम भएको देखिएको छ । प्रतिपक्षी नेपाली कांग्रेसको संगठन स्थानीयतहदेखि नै भुत्ते हुँदै गएको छ । केन्द्रमा जस्तै स्थानीयतहमा पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू कमसिनको भागबन्डामा सीमित रहेको चर्चा चल्न थालेको छ ।

पार्टीको संगठनलाई पूर्णता दिने मामिलामा मात्रै होइन महाधिवेशन गराउनसमेत असफल भएका देउवासँग अब के आपेक्षा गर्ने ? भन्ने गम्भीर प्रश्न जनस्तरबाट उठ्न थालेको छ । संविधानतः महाधिवेशन सकिएको दुई महिनाभित्र पार्टी संगठनलाई पूर्णता दिनुपर्नेमा कांग्रेस सभापति देउवा आफ्नो चार वर्षे कार्यकालभरी कानमा तेल हालेर बसे । विधानले दिएको संकटकालीन अधिकार प्रयोग गरेर एक वर्ष कार्यकाल थपे । थपिएको ६ महिनासम्म पनि उनी कानमा तेल हालेर बसे । अहिले बल्ल विभागमा मनोनयनको काम थालेका छन् । मनोनयनका क्रममा पनि पैसा लिएर पद बेचेको आरोप देउवामाथि लाग्न थालेको छ ।

नेपाली कांग्रेसको ७४ वर्षको इतिहासमा १३औँ महाधिवेशन यताको चार वर्ष खेर मात्रै गएको छैन अत्यन्त प्रत्युत्पादक भएको छ । देउवालाई नेतृत्वमा पु¥याउनु भनेको नेपाली कांग्रेसलाई समाप्तीको बाटोमा लैजानु हो भन्ने कुरा धेरै पहिले नै प्रष्ट थियो । किनकी देउवाले पहिलोपटक प्रधानमन्त्री हुँदा उनले प्राडो पजेरो र सांसद खरिद बिक्री काण्ड मच्चाएर बहुदलीय व्यवस्थाको ठूलो हुर्मत लिएका थिए । दोस्रोपटक प्रधानमन्त्री हुँदा बहुदलीय व्यवस्थालाई नै राजाको पाउमा लगेर चढाइदिए । तेस्रोपटक प्रधानमन्त्री हुँदा लोकतन्त्र माग्दै आन्दोलनमा उत्रनेहरू माथि राजासँग मिलेर ठूलो दमन गरे । उनले नोपाली कांग्रेस फोडेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, पार्टी चलाउनै सकेनन् । ४ वर्षमै पार्टी सकिएपछि कांग्रेस फर्किए । उनी नेवि संघको अध्यक्ष त भए तर उनै पालामा नेवि संघ करिवकरिव कोमामा पुग्यो । दुई वर्षका लागि अध्यक्ष बनेका देउवाले सात वर्षसम्म नेबिसंघको महाधिवेशन गर्न सकेनन् । यत्रो असक्षमता देख्दादेख्दै पनि गत १३औँ महाधिवेशनमा देउवालाई सभापति जिताउन जजसले जे जे रणनीति अवलम्वन गरे उनीहरू पानीमाथिको ओभाने बन्न सक्दैनन् । देउवाले प्रदर्शन गरेको नालायकीको उत्तर उनलाई सभापति पदमा चुनाव जिताउनेहरूले दिनु पर्दैन ? १३औँ महाधिवेशनमा देउवालाई जजसले सर्वगुणसम्पन्न देखे, उनीहरू नै मुख्य दोषी हुन् कांग्रेसको यो हविगत हुनुमा । तर हास्यस्पद कुरा के छ भने हिजो जसले देउवालाई सर्वगुणसम्पन्न भन्दै सभापति पदमा आसिन गराए आज उनीहरू नै भन्दैछन्, ‘देउवालाई हराउन मैले बाहेक कसैले सक्दैन’ यो भनेको के हो ?

नेपाली कांग्रेसभित्र अहिले पनि विचारशील, दुःख गरेको र इमानदार नेता कार्यकर्ताको मूल्याकंन हँुदैन । जबसम्म यो अवस्था कायम रहन्छ तबसम्म कांग्रेस राम्रो बन्न सक्दैन । बिपी कोइरालाले कोरेको बाटोमा सही ढंगले पार्टीलाई हिँडाउन सक्ने र आफ्नो देशलाई सुहाउँदो नीति तथा कार्यक्रममा हिँडाउने नेता अहिलेको आवश्यकता हो । अहिले राजनीतिमा भएको वितृष्णा र गलत बाटोलाई सही ट्रयाकमा हिँडाउने नेता चाहिन्छ कांग्रेसलाई , जसले समग्र नेपालको विकाश र समृद्धिको आयाम कोर्न सकोस् । वर्तमान अवस्थामा देउवाको विकल्पले नै पार्टीलाइ थप ऊर्जाशील बनाउनेछ । जसका लागि देउवा इतर समूहबाट एउटा मात्र उम्मेदबारी आउन जरुरी छ ।

यसैगरी उमेरले मात्र युवा भएका र युवाको नाममा आफ्नो मात्र प्रतिनिधित्व हुने गरी लाभको पदसँग आफना विचारहरूलाई बन्धक राख्नेहरूसँग त्यतिकै सावधानी अपनाउनु जरुरी छ । १७औँ शताव्दीको सोच बोके पनि कम उमेरका कारण युवा भन्नेहरूबाट नेपाली कांग्रेसलाई अर्को खतरा छ । आफूलाई युवा दावीगर्नेहरूले बोकेको नीति सिद्धान्त र आचरणलाई पनि समाजले रामै्रसँग नियालीरहेको छ । आजको समयसम्म बिपीको समाजबादी धारणाको पुनव्र्याख्या गर्नुपर्ने अवस्थासम्म पनि तिनमा एउटा इँटा पनि थप्न नसक्ने र खाली विरोधको ठुला स्वरहरू मात्र गर्ने र नेतृत्व तहमा रहेका नेताहरूलाई सही सल्लाह दिन नसक्नेहरूले जिम्मेवारी पाउँदा कसरी निभाउलान् ? भन्ने प्रश्न नआउला भन्न सकिन्न ।

यस गम्भीर घडीमा नेकपाको सर्वसत्तावादसँग जुध्न नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा गरेको संघर्षशील इतिहासलाई जोगाउँदै जनताको भरोसाको पार्टी बनाउन जरुरी छ । यसका लागि सरल र निष्ठाबानm मुख्यतः लोकतान्त्रिक चरित्र भएको देशको हित विपरीत कसैसँग सम्झौता नगर्ने आगामी अवस्थामा देशलाई उत्पादनशील कृषि क्रान्तिद्वारा अर्थव्यवस्थामा आमूल परिवर्तनल्याई परनिर्भरतालाई कम गर्ने खालका नीतिनिर्माणमा टेवा दिन सक्ने र सबैको अस्तित्वको सम्मान गर्ने खालको वैचारिक नेतालाई सभापति बनाई कांग्रेसलाई देशको पहिलो पार्टी बनाउन प्रत्येक कांग्रेसजन जागरुक हुनु जरुरी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.