add

वित्तीय सहकारीहरुको जोखिम सुपरीवेक्षणको अवधारणा






ActPro Nepal

|

८ भदौ, २०७७

|
1393

सहकारीमा जोखिम सुपरीवेक्षण

सुरक्षा भन्नाले कुनै स्थान, वस्तु वा सम्पतिलाई हानी नोक्शानीबाट बचाउनु भन्ने बुझिन्छ । सुरक्षा आफैँमा चुनौतीपूर्ण विषय हो । हरेक मानिस आफूलाई सदैव सुरक्षित र सबल बनाउन प्रयत्नशील रहन्छ चाहे त्यो खराब आचरण र व्यवहारमा नै लागेको किन नहोस । जस्तो कुनै व्यक्तिको चोरी गर्ने आचरण छ भने पनि उसले आफूलाई प्रहरी तथा अन्य नागरिकको आँखाबाट बचाउन खोज्छ । त्यो नै उसको लागि सुरक्षा हो । यसरी हरेक क्षेत्रमा हरेक व्यक्तिले सुरक्षाको आवश्यक्ता महशुस गरेको हुन्छ तर सुरक्षा सजिलै प्राप्त गर्न सकिँदैन । जसरी व्यक्तिले आफ्नो सुरक्षाको लागि आफ्नो आचरण, व्यवहार र कृपयाकलापहरुमा सुधार गर्नु जरुरी रहन्छ त्यसरी नै व्यक्तिद्धारा प्रवद्र्धित व्यवसाय, सामाजिक संस्था वा आर्थिक संस्थाले पनि आफ्नो सुरक्षाको लागि आवश्यक व्यवस्थापन गर्नु जरुरी रहन्छ ।

२०४८ सालको सहकारी कानूनी व्यवस्थाको उपज खुलेका करिब ३५ हजार सहकारीहरु मध्ये वित्तीय कारोवार गर्ने सहकारीहरुमा आज अनगिन्ती सुरक्षाको चुनौती बोकेर सञ्चालनमा रही रहेका छन् । त्यस मध्येको बचत तथा ऋणको कारोबार गर्ने अधिकांश सहकारी संस्थाहरु अधिकतम चुनौतीका साथ सञ्चालित छन् तर जब कुनै सहकारी संस्थालाई समस्या पर्दछ उसले आफूले मात्रै महशुस गर्दछ कि सहकारिमा सुरक्षा सम्बन्धी चुनौती विद्यमान रहेछन ।

सहकारीमा पैदा भएका विद्यमान चुनौतीहरु

कार्यालय व्यवस्थापन सम्बन्धी जोखिम

अधिकांश सहकारी संस्थाहरुले कार्यालयको ढाँचा व्यवस्थित गर्नेतर्फ ध्यान दिएका हुँदैनन् । स्थिर सम्पति खरिद गर्ने सामथ्र्य नभएका कारण वा यति भए चलिहाल्छ नि भन्ने भावनाका कारण कार्यालयमा सुधार भएको छैन । भएका कार्यालयहरुमा पनि कारोेबार तथा अभिलेखको सुरक्षाका लागि आवश्यक सचेतना नअपनाएको कारण चोरीका घटनाहरु बढ्दै गएको छ ।
   
समाधानका उपाय :
- कार्यालयको प्रवेशद्धार सामुन्नेमा सदस्य स्वागत कक्षको व्यवस्था गर्ने, उक्त कार्यकक्षामा बस्ने कर्मचारीलाई सदस्य वा पाहुनाको आगमनमा स्वागतको संस्कारको विकास गर्ने, उसको आगमनको उद्देश्यको सोध्ने र उसको उद्देश्य पूर्तिका लागि आवश्यक सहयोग गर्ने,
- पर्याप्त प्रतिक्षाकक्ष सहितको काउन्टरको व्यवस्था गर्ने, काउन्टरमा प्रवेशद्धारा अगाडिबाट नराख्ने, भित्र कसरी काम भई रहेको छ भन्ने देख्न नसक्ने बनाउने तर काम भईरहेको अनुभूति हुनुपर्दछ ।
- वित्तीय सहकारीमा विभागिय संरचना तयार गरी विभागअनुसार अलगअलग कार्यकक्षको व्यवस्था मिलाउने,
- महत्वपूर्ण अभिलेखहरु भएको दराज वा ढुकुटी सजिलै देख्न नसक्ने गरी राख्ने व्यवस्था मिलाउने,
- कार्यालय कक्षहरु सकेसम्म एक कार्यकक्षबाट अर्को कार्यकक्षमा भएको कुराकानी नसुन्ने गरी व्यवस्थापन गर्ने,
- विद्युत, टेलिफोन र इन्टरनेटको तारहरुसँगै हुने गरी प्रयोग नगर्ने गरी व्यवस्थापन गर्ने,
-  संस्थाका अभिलेख तथा कागजपत्रहरु मुसा, ढुसी, ओसबाट बाँच्ने गरी व्यवस्थापन गर्ने ।

नगद व्यवस्थापन सम्बन्धी जोखिम
केही सहकारी संस्थाहरुले नगद मौज्दातको व्यवस्थापन उचित तरिकाले गरेको पाइँदैन । कुनै सहकारीमा ढुकुटी (सेफ) को व्यवस्थापन नै भएको हुँदैन, कुनैमा सेफ भएता पनि संस्थाको जिम्मेवार प्राप्त कर्मचारी वा सञ्चालकको घरमा नगद मौज्दात राख्ने व्यवस्था गरेको पाइन्छ । ढुकुटीको बीमा गर्ने गरेको पाइँदैन । ढुकुटीको बीमा गर्नेले पनि बीमा रकमभन्दा बढी रकम पनि राख्ने, नगद अभिलेख सोही दिनमा प्रमाणित नगर्ने वा अभिलेख नै नराख्ने, सबैले सजिलैसँग देख्ने ठाउँमा ढुकुटीको साँचोको लिखितरुपमा जिम्मेवारी तोकेर नदिने, एकै व्यक्तिमा ढुकुटीको साँचोको जिम्मेवारी दिने जस्ता कमजोरीहरु हुने गरेका छन् ।

समाधानको उपाय
- न्यूनतम रकम मात्र ढुकुटी (सेफ)मा राख्ने।
- नगदको बीमा गर्ने, बीमा रकम भन्दा बढी हुने गरी कहिल्यै पनि नगद नराख्ने,
- ढुकुटी (सेफ)को साँचो दुईजना जिम्मेवार कर्मचारीलाई लिखितरुपमा जिम्मेवारी प्रदान गर्ने,
- ढुकुटीमा नगद राख्नु पूर्व नोटको पूर्ण विवरण सहित नगद अभिलेख तयार गरी अधिकार प्राप्त व्यक्तिबाट प्रमाणित गरी राख्ने ,
- ढुकुटी (सेफ) राखेको कोठाको भित्तामा फलामको पाता राखि बाहिरबाट प्लाष्टर गर्ने,
- ढुकुटी (सेफ) राखेको कोठामा २४ सैं घण्टा सिसी क्यामेराको निगरानी राख्ने,
- ढुकुटी (सेफ) राखेको कोठा गोप्य हुनु पर्दछ भन्ने ख्याल गर्ने,
- ढुकुटी (सेफ) कक्ष सामान्य अवस्थामा कसैले पनि नदेख्ने गरी व्यवस्थापन गर्ने, नगद निकाल्दा र नगद राख्दा बाहेक अन्य पूरा समय ढुकुटी (सेफ) कक्ष नियमानुसार बन्द गर्ने,

सिसी क्यामेरा प्रयोग सम्बन्धी जोखिम
सहकारी संस्थाहरुले कार्यालयको सुरक्षाको लागि सिसी क्यामेरा राख्ने आवश्यकताको आधारमा राख्ने गरेको छैन । कतिपय सहकारीमा सिसी क्यामेराको नै व्यवस्था छैन भने भएकोमा कुन कार्यकक्षमा मोनिटरिङ राख्ने भन्ने कुराको ख्याल गरिएको हुँदैन । कतै आवश्यकता नभएको ठाउँमा समेत सिसी क्यामेरा राखि खर्च बढाएको देखिन्छ । यी कारण घटना घटेको समयमा उक्त उपकरणबाट सहयोग समेत प्राप्त गर्न सकिँदैन ।

समाधानको उपायः
- कार्यालयको प्रवेशद्धारमा सिसी क्यामेराको व्यवस्था गर्ने,
- नगदको कारोबार हुने काउन्टरमा बढी क्षमताको सिसी क्यामेराका प्रयोग गर्ने,
- ढुकुटी (सेफ) को चौविसै घण्टा निगरानी रहन सक्ने गरी क्यामेरा जडान गर्ने,
- क्यामेराको डिभीआर वा रेकर्डर गोप्य ठाउँ वा सकेसम्म ढुकुटी रहेको कक्षमा राख्ने व्यवस्था मिलाउने,
- रात्री समयमा कार्यालयको चारै दिशामा बत्तीको व्यवस्था गर्ने,
- प्रत्यक्ष व्यक्तिहरुसँग सम्पर्क हुने कार्यकक्षमा सिसी क्यामेराको जडान गर्ने,
- संस्थामा न्यूनतम नगद राख्ने ।

भाखा नाघेको ऋण व्यवस्थापन सम्बन्धी जोखिम
सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लगानी गरेको ऋण तोकिएको समयमा असुली हुन्छ भन्ने केही छैन । ऋण लिने समयमा सदस्यले भुक्तानीको लागि गरेको समझदारी अनुसार ऋण भुक्तानी नभएमा त्यस्तो ऋणलाई नियमानुसार भाखा नाघेको ऋणमा गणना गर्नु पर्दछ । धेरै ऋण भाखा नाघन जाँदा संस्थामा वित्तीय जोखिम बढ्दै संस्थामा नोक्शानी बढ्दै जाँदा सदस्यको सन्तुष्टि कम हुन जान्छ र सदस्यले संस्था छोड्ने क्रम पनि बढ्दै जान्छ ।

माधानको उपायः
- ऋणको अलग्गै कार्यकक्ष बनाउने,
- ऋण हेर्नेका लागि कर्मचारीलाई जिम्मेवारी तोक्ने,
- ऋण लगानी प्रकृया सुधार गरी प्रभावकारी लगानी प्रकृयाको अवलम्बन गर्ने,
- भाखा नाघेको ऋण असुली क्यालेण्डर बनाई सोही क्यालेण्डर अनुसार असुली गर्ने प्रबन्ध मिलाउने,
- भाखा नाघेको ऋणको लागि आवश्यक कोष व्यवस्था पूरा गर्ने,
- ऋण असुलीलाई प्रभावित हुने गरी कुनै पनि कृयाकलाप हुन नदिने ।

 प्रविधिको प्रयोग सम्बन्धी जोखिम
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवालाई उत्कृष्ट बनाउनका लागि नवीनतम प्रविधीको प्रयोग गर्नु जरुसी छ, नवीनतम प्रविधि भित्र संस्थाको हिसाब किताब राख्नका लागि प्रयोग गरिने सफ्टवेयर पनि एक हो, तर कतिपय सहकारी संस्थाहरुको सञ्चालन प्रकृयालाई प्रभावकारी विश्वसनिय र पारदर्शी बनाउनका लागि अपनाउनु पर्ने प्रविधिहरुको प्रयोग र उच्च सुरक्षा गरेको पाइँदैन । प्रविधि भित्र्याउनुमात्र पूर्णता होइन । यसको विश्वसनियता र प्रभावकारीतामा पर्याप्त ध्यान दिनु पर्ने हुन्छ । विश्वसनिय प्रविधि नभएमा संस्थाको सम्पूर्ण सूचनाहरुको दुरुपयोग हुन सक्दछ भन्ने सुरक्षामा ध्यान नदिँदा भविष्यमा प्रविधीमा रहेको अभिलेख नष्ट समेत हुन सक्ने जोखिम विद्यमान रहेको छ ।

समाधानको उपाय:

- विश्वसनिय सफटवेयरमा मात्र प्रयोग गर्ने,
- आफ्नो डाटावेस आफैंसँग सुरक्षित गर्ने व्यवस्था मिलाउने, (कम्तीमा एक्सटर्नल हार्डडिस्क , पेन ड्राइभ अथवा सिडीमा राख्ने)
- सकेसम्म सर्भर कम्प्युटरमा मात्र डाटा राख्ने व्यवस्था मिलाउने,
- सर्भर कम्प्युटरमा अन्य डेक्सटपको कुनै पनि कामहरु नगर्ने,
- सर्भर कम्प्युटरमा नियमित अनिवार्य पावर व्यापकको व्यवस्था मिलाउने,
- सर्भर कम्प्युटरको डाटा कम्तिमा न्ययनभि म्चष्खभ÷इलभ मचष्खभ राख्ने व्यवस्था मिलाउने,
- सम्भव भएसम्म ऋयिगम मा म्बतब द्यबअपगउ राख्ने
- समय अनुकुलको बलतष्खष्चगक को प्रयोग गर्ने,
- USER नियन्त्रण विधी स्थापित गराउने,Web मा आधारित Software सञ्चालन गर्ने वित्तीय सहकारीहरुले Service Set identifier -SSID_ गोप्य राख्ने । Software प्रयोग भइरहेको Service Set identifier -SSID_ वाह्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

जोखिम कुराकानी गरेर व्यवस्थापन हुन सक्दैन लिपिवद्ध गर्नुपर्दछ । हरेक किसिमको जोखिमबाट संस्थालाई बचाइ राख्न हरेक जोखिम व्यवस्थापनका लागि संस्थामा नीतिको व्यवस्था भएको हुनुपर्दछ । घटना घटिसकेपछि कसलाई के गर्ने र कसरी गर्नेभन्दा घटना घट्नु अगाडि नै कसरी संस्थालाई जोखिमबाट बचाउने भन्ने कुराको व्यवस्थापन गर्नु बढी बुद्धिमानी हुनुका साथै यदि घटना घट्नु पूर्व नै यसको समाधानका उपायहरुलाई लिपिवद्ध गर्ने हो भने जोखिम व्यवस्थापनमा सहयोग पुग्दछ भन्ने कुरामा सबै सहकारी अभियान्ताहरुले बुझनु जरुरी रहेको छ ।



जोखिम सबै व्यवसायमा विद्यमान रहन्छ वा भनौं व्यfवसायिक व्यवस्थापन भनेको नै जोखिमको सही व्यवस्थापनसँग सम्बन्धित छ । सहकारीहरुले समय सापेक्ष जोखिमको अनुगमन तथा नियन्त्रण गर्दै जाने र वित्तीय व्यवस्थापकलाई चुस्त गर्दा जोखिम अवसरको रुपमा विकास गर्न सकिन्छ । त्यसैले वित्तीय सहकारीहरुले जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि स्वःअनुगमन गर्न सञ्जालको प्रयोग आवश्यकता भइ सकेको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरु अन्तर्राष्ट्रिय सहकारी मूल्य–मान्यता र सिद्धान्तमा आधारित भई सदस्यहरुसँग मात्र कारोबार गर्ने व्यवसायिक संंस्था भए पनि संस्थाहरुको व्यवसायिक कारोवारमा अन्य व्यवसायमा जस्तैः जोखिम विद्यमान रहन्छ । जोखिम आफैँमा समस्या होइन तर यसले संस्थामा थुप्रै समस्याहरु सिर्जनाको कारक बन्दछ जोखिम सिर्जना भै सकेपछि सामना गर्नु बाहेक अरु उपाय हँुदैन र त्यसले दुर्घटना वा घाटा बाहेक संस्थालाई अरु केही गर्दैन तर जोखिम सिर्जना हुनु अगावै सम्भावित जोखिमहरुको पूर्व अनुमान गरी व्यवस्थापनका औजारहरु मार्फत समाधान खोजियो भने जोखिम वित्तीय सहकारीको व्यवसायको अभिन्न अंग बन्न सक्छ र यसले वित्तीय सहकारीको व्यवसायिक छवि वृद्धि पनि गरेको हुन्छ ।

जोखिम विश्लेषणका थुप्रै विधिहरु वित्तीय क्षेत्रले प्रयोग गरेको पाइन्छ । राष्ट्रिय कानून, समुदायको मूल्य मान्यताका आधारमा मात्र नभई वित्तीय कारोबार गर्ने संस्थाहरुले जोखिमको विश्लेषण अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पनि गर्नुपर्ने हुन्छ । सदस्यहरुको बचत तथा कारोबारको सुरक्षाको प्रत्याभूति दिन सक्षम हुनु वित्तीय सहकारीको आजको आवश्यकता हो । नेपालको सन्दर्भमा जोखिममा आधारित सुपरीवेक्षण वित्तीय सहकारीमा लागू गर्न वित्तीय सहकारी अभियानले आवश्यकता महशुुस गरी नेफ्स्कुनको साधारणसभाले विनिमय संशोधन गरी स्वःनियमनमार्फत सदस्यहरुकै लागत सहभागितामा नियमित अनुगमन तथा सुपरिवेक्षण गरी आन्तरिक सुशासन कायम गर्दै सदस्य संंस्थाहरुलाई व्यवस्थापकीय रुपमा सक्षम बनाइ समुदायमा आधारित दिगो संस्थागत विकास गराउन जोखिममा आधारित वित्तीय सहकारी सुपरीवेक्षणको अवधारणाको कार्यान्वयन सुरु गरिएको छ ।



सहकारी विभाग र केन्द्रीय संघले तयार गरेको जोखिम सुपरिवेक्षण् कार्यक्रमको मूल्याङकन गर्दा वित्तीय क्षेत्रको जोखिमको अंकभार ५० राखि २५ वटा अन्तर्राष्ट्रि ऋण महासंघबाट प्रतिपादित पल्र्सका सूचकहरुबाट परीक्षणको व्यवस्था गरिएको छ । जोखिमका अरु क्षेत्रहरुको अंकभार ५० कायम गरी यसमा सूचकहरु ५० व्यवस्था गरी वित्तीय सहकारीको जोखिमको परीक्षण गर्ने व्यवस्था गरिएको छ । यसरी जम्मा ७५ वटा सूचकहरुले १०० अंकभारको आधारमा परीक्षण गरिन्छ । यसको विस्तृत विवरण तपसीलको तालिका बमोजिम रहेका छ । यसरी परीक्षण गरिएको अनुगमनको जोखिमको अवस्थाको आधारमा संस्थाको जोखिम सुधारात्मक कदमको विषयमा मासिक-त्रैमासिक-अर्धवार्षिक-वार्षिक रुपमा वित्तीय सहकारीले नै परीक्षण गर्न र नियमित रुपमा संघबाट स्थलगत तथा गैरस्थलगत परीक्षण र पृष्ठपोषण प्राप्त गर्ने गर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.