add

ब्यवसाय क्षेत्रलाई लकडाउन अवधिभर शुन्य समय घोषणा गरौ






ActPro Nepal

|

२० जेठ, २०७७

|
1796


सुषमा महरा

प्रवन्ध निर्देशक, फेशियल हाउस

कोभिड–१९ ले देश थला परेको छ । कल कारखाना ब्यवसाय सबै ठप्प छ । दुई महिना देखिको लकडाउन त्यस माथी सरकारको निर्णयले आममानिस पिडामा छन् भने भर्खर उद्यम तिर उठेका महिलाहरु फेरि २० औं शताब्दीमा  धकेलिने भएका छन् ।  सरकारले रिफाइन्नान्सिङ अर्थात पुनर्कर्जाको  कुरा ल्याएको छ ।  कोभिडबाट सिर्जित लगडाउनका कारण उद्योग ब्यापारमा परेको असरलाई कम गर्ने गरि बजेट मार्फत ५ प्रतिशत ब्याजमा पुनर्कर्जाको ब्यवस्था गरिएको छ ।

यसका लागि सरकारले ५० अर्बको पुनर्कर्जा कोषको ब्यवस्था गरेको छ । रुग्ण उद्योगको उत्थानको कुरा पनि बजेटमा छ ।तर सरकारले बुझनु पर्ने तथ्य के हो भने अधिकांश स–साना पसलहरु महिला ब्यवसायले सञ्चालन गरेका छन् । घरको चुलो देखि चौकासम्म समाल्ने र परिवारको विश्वास जित्दै विहेको समयमा आमाले दिएको तिल्हरी समेत बेचेर लगानी गरेका लाखौ पसल र अर्वौ रुपैयाँ डुब्दै छ । ती व्यवसायीहरुलाई एकातिर घर परिवारको पिरलो छ । ब्यवसाय गर्न तम्सीयो अर्को तिर घर भाडाले  पिरोलेको छ । कसरी पसलको भाडा तिर्ने र आगामी दिनमा ब्यवसाय कसरी सञ्चालन गर्ने भनेर ? तर सरकारको ध्यान यतातिर पटकै नपुगेको देखिन्छ । 

नेपाल सरकारले कहरको बस्तुस्थीति माथि  खासै ध्यान दिएको देखिदैन  र महामारीमा पनि मौका छोप्दै छ ।  अब फेरि जेठ २५ सम्ममा कर बुझाउनुपर्ने भनेर सुचना जारी गरेको छ ।  तसर्थ सरकारले अहिलेको अवस्थालाई नबुझेको हो या बुझेर पनि बुझ् पचाएको हो, बुझ्नै मुस्किल परेको छ ।  देशमा जनतालाई राहतको नाममा आफनो कार्यकर्ता पोसाउने काम मात्र सरकारले गर्यो । यदि साँचै नै जनतालाई राहात नै  दिनुपर्ने भए नगदै राहत प्याकेज सरकारले घोषणा गर्नुपर्ने थियो । यसलाई तीन तहको सरकारले सजिलै आफना नागरिकलाई बैंक खाता मार्फत वितरण गर्न सक्थ्यो । यसबाट पनि सरकार चुक्यो ।  र आगामी दिनमा यस किसिमले राहत वितरणमा थप चुनौती देखिने छ ।  सहजै जनताको घर दैलोमा पुग्ने उपायलाई सरकारले अंगिकार गर्न नसक्नु सुखद हुनै सक्दैन, त्यसैले यो बिडम्बनापूर्ण छ ।  अर्को पक्ष अब आगामी दिनमा कसरी साना सटरमा संचालित व्यवसाय बचाउने भन्ने तर्फ सरकारको ध्यान जान जरुरी छ ।

यसका लागि सरकारले लकडाउन अवधि भरिको भाडालाई सर्वोच्च अदालतको नजीरलाई टेक्दै शुन्य समय घोसणा गरिदिने  हो भने ब्यवसायहरु टिक्ने वातावरण बन्ने थियो । यसका लागी विभिन्न तर्कहरु आइराखेको छ । जस्तै घरको बैंक लोन होला वा घर वाहाल मिनाहा गरे उपर्युक्त हुने थियो ।  करमा समायोजन गर्ने घोषणा गरेका छन । तर यो कार्यन्वयन हुने अवस्था पनि देखिदैन ।  त्यसकारण यसमा शुन्य समयको घोषणा गरेर साना ब्यवसायीहरुलाई राहत  दिन सकिन्छ र घर वालाहरुलाई पनि लकडाउन अवधिभरलाई ब्याज मिनाहा गर्न सक्नुपर्छ ।   सरकारले यही बेला भाडामा दिनका लागि बनाइएका घरहरुलाई घर भाडा ब्यवसाय दर्ता गर्न लगाउने हो भने कसले के प्रयोजनका लागि घर निर्माणगरीरहेका छ र कति लगानी गरेको छ कति भाडा उठाउछ भन्ने समेत तथ्याङ निकाल्न सजिलो हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.