add

कोरोना, लकडाउन र अबको बाटो






ActPro Nepal

|

१६ जेठ, २०७७

|
884


प्रकाश सिंह कार्की 

   अध्यक्ष

नेपाल फ्रेट फरवाडर्स एसोसिएसन

सबैजसो क्षेत्रहरु निकै नै प्रभावित भएका छन् । यसले हाम्रो समग्र अर्थतन्त्र नै धराशयी हुने निश्चित छ । यसलाई सामान्य बनाउन सहज होस् भन्ने मान्यता सहित नेपाल सरकारले शुरुमा नै २ प्रतिशत व्याज छुट घोषणा गरेको छ । अहिलेको बजेट भाषण मार्फत व्याजदर समायोजन गर्ने र यसलाई ५ प्रतिशतको हाराहारीमा कायम गर्ने बताएको छ । यसको हामी व्यवसायीहरुले स्वागत गरेका छौं । राज्यको यस किसिमको व्यवस्थाले हामी समस्यामा परेका व्यवसायीहरुलाई थप राहतको महसुस भएको छ ।

लामो समयको लकडाउन र प्राकृतिक प्रकोपको कारण यतिबेला नेपालमा सबैभन्दा बढी मारमा हामी व्यवसायीहरु नै परेका छौं । घरभाडा, बैंकको व्याज, कर्मचारी खर्च, राज्यलाई कर बापत बुझाउनुपर्ने दायित्व लगायत विभिन्न शुल्कहरु हामी व्यवसायीले नै तिर्नुपर्ने हुन्छ । यसको अलावा अन्य विभिन्न किसिमका दृश्य तथा अदृश्य खर्चहरु व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी समेत निजी क्षेत्रको काँधमा नै भएकोले मुलुकमा राजस्व र रोजगारी सृजनाको अलावा यस क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउने कार्यमा समेत निकै ठूलो योगदान दिएको छ ।

विपत् व्यवस्थापन कार्य एक पक्षको मात्र अगुवाइमा सफल हुने कार्य होइन । यसकारण हामी अब सामुहिक संकल्प सहित पुनः उठ्नुछ । यसको लागि नेपालका सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरु लगायत सबै पक्ष विशेष योजना सहित आपसी समन्वय कायम राख्ने अघी बढ्नु निकै नै महत्वपूर्ण कार्य हुन जान्छ ।

यद्यपि सबै पक्षलाई के–कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा मुख्य जिम्मेवारी चाहिँ नेपाल सरकारको नै हुने गर्दछ । जटिल परिस्थितिमा राज्यको भूमिका अझ महत्वपूर्ण हुने गर्छ । यद्यपि कहिलेकाहीँ राज्यबाट हुने कार्यसम्पादन अपेक्षा गरिएबमोजिम प्रभावकारी हुन नसक्ने हो भने त्यसले निजी व्यवसायीहरु एवंसर्वसाधारण जनताहरुमा असन्तुष्टि पैदा हुन सक्छ । त्यस किसिमको असन्तुष्टि उत्पन्न हुन नदिन राज्यले आफ्ना गतिविधिहरु प्रभावकारी ढङ्गले सञ्चालन गर्नु जरुरी रहन्छ ।

अबको विकल्प :-

नेपालमा अबका दिनहरु थप कष्टकर हुँदै गएका छन् । विगत केही हप्ता पहिले सम्म बाह्य मुलुकहरुमा संक्रमितको सङ्ख्या र मृत्युदर ह्वात्तै बढिरहँदा पनि नेपालमा भने नगण्य मात्रामा मात्रै मानिसहरु संक्रमित भएका थिए । तर अहिले सम्म हाइपुग्दा संक्रमित हजार नाघिसकेका छन् । संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ । तैपनि लामो समयको लकडाउनको कारण नेपाली जनताहरु आजित भइसकेका छन् । उद्योगी व्यवसायीहरु समेत आत्तिएका छन् । उद्योग व्यवसाय तत्काल खोल्नुपर्छ भन्ने अवस्थामा पुगेका छन् व्यवसायीहरु । साथै यसको अब विकल्प पनि नभएको कारण नेपालमा सुरक्षित विधिहरु अपनाएर उद्योग व्यवसायलाई सञ्चालन गर्नु नै उत्तम विकल्प हुने देखिएको छ ।

विदेशका नेपालीलाई स्वदेश भित्र्याउँः-

अन्य सबैजसो देशहरुले अर्को देशमा रहेका आफ्ना नागरिकहरुलाई निरन्तर रुपमा प्लेन चाटर्ड गरेर भित्र्याउने काम विश्वव्यापी लकडाउनका शुरुका दिनहरु देखि नै गरेका हुन् । तर नेपाल सरकारले भने परिस्थिति केही हप्तामा नै साम्य हुने अनुमान सहित जो जहाँ छ, त्यसलाई त्यहीँ रोक्ने प्रयाश ग¥यो । त्यही ठाउँमा नै सुरक्षित रहन आह्वान गर्यो । तर परिस्थिति सहज बन्ने स्थिति रहेन । यसकारण अबका दिनमा भने नेपाल सरकारले ती विदेशी भूमिका नेपाली नागरिकहरुलाई नेपालमा भित्र्याउनैपर्ने बाध्यता छ ।

विगतमा भारतीय भूमिबाट नेपाली सीमा क्षेत्रमा आइपुगेका नेपालीहरु समेत भारतीय भूमिमा नै १ महिना भन्दा बढी समय रोकिनुपर्यो । आफ्नै देशमा ल्याएर उनीहरुलाई सुरक्षित तवरले व्यवस्थापन गर्नुपर्नेमा राज्यले त्यस बारे कदम नचाल्दा एकातिर नेपालीहरुको निकै नै बिचल्ली भयो । साथै अर्को कुरा भनेको नेपालमा ती भारतीय भूमिका नेपालीहरुबाट संक्रमण फैलिन पुग्यो ।

अन्त्यमा,

लकडाउन खुलेपछि नेपालमा तत्काल नै ४-५ लाख मानिस स्वदेश फर्किन तयार छन् । विदेशबाट नेपालमा आउन चाहने ती व्यक्तिहरुलाई रोजगारी व्यवस्थापन एउटा ठूलो समस्या हुन सक्छ । उनीहरुलाई नेपालमा आएपश्चात् आधुनिक कृषि क्षेत्रमा संलग्न गराउन विशेष पहल गर्नु जरुरी छ । तर सरकारले भने यस क्षेत्रमा खासै पहल गर्न सकेको छैन ।

यसलाई राम्रो सँग व्यवस्थापन गर्नसके हाम्रा बाँझो रहेका उर्बर भूमिहरु पुनः हरियालीमा बदलिन र हामीलाई आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सक्छन् । तर विदेशबाट फर्किएका नेपालीको व्यवस्थापन हुन नसक्ने हो भने नेपालमा वेरोजगारी सँगै अन्य सामाजिक विकृतिहरु पनि बढ्न सक्छन् । यसमा सरकार चनाखो रही उपयुक्त व्यवस्था गर्नु जरुरी रहन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.