add

कोरोना, इम्युन सिष्टम र साइकोसोम्याटिक डिजिज






ActPro Nepal

|

१६ जेठ, २०७७

|
1065


 कमल बहादुर कटवाल, इन्टरनेशनल वेलनेश कोच

न्युरो लिंग्विस्टिक ट्रेनर को रुपमा कार्यरत छु । लकडाउनका कारण घरमैँ थुनिनु परेपनि मैँले यसलाई प्रयोग गरिरहेको छु । अहिले मानिसहरुमा विभिन्न तनाव, चिन्ता, छटपटीले सताएको छ । मैँले नै डाक्टर नर्स लगायत रुपमा ५ हजारजतिलाई भर्चुअल रुपमा ट्रिटमेन्ट सेसन गरेँ हुँला ।

इम्युन सिष्टम बुष्टिङ :-

शरीरमा भित्र रहेका सेल्सहरु न्युरो ब्रेनबाट कसरी एक्टिभ गर्ने भन्ने प्रक्रिया हो । विज्ञानले पत्ता नलगाएका, मेडिकल साइन्सले पत्ता नलगाएका रोगहरु पनि ठीक गर्न सकिन्छ । कतिपय रोगहरु जसलाई हामी अनसीन डिजिज भन्छौँ । हाम्रो सब कन्सिसअस माइन्डमा विभिन्न विकारहरु रहन्छन् त्यसलाई हामीले हटाउन गरिने प्रक्रिया हो ।

इम्युन सिष्टम सबै प्रकृतिका रोगमा जोडिन्छ । हाम्रो शरीरमा भाइरस आएपछि त्यसविरुद्ध लडन हाम्रो ब्रेनका ८० देखि १०० बिलियन सम्म सेल्सहरु हुन्छन तिमध्ये टिसेल, बिसेल न्याचुरल सेल । यी सेललाई कमाण्ड गर्ने सेल न्युरो सेल हुन् । त्यो न्युरो सेलमा रिपिटेड एक्शन वा भनौँ कुनै कुरा पटक पटक दोहोरि रहे यही रोगको रुपमा परिणत हुने हुन्छ ।

हाम्रा सेलले फाइट गरेर जब सरण्डर गर्छन तब हामी रोगी हुन्छौँ । त्यसपछि विरामी बनिन्छ । त्यो आक्रमण गर्न नदिने कुरा हो यो । त्यसैले राम्रो सुनौँ, नराम्रो नगरौँ सकारात्मकतामा जोड दिऔँ भनिएको हो । किनकी राम्रोले हाम्रो दिमाग राम्रोमैँ जान्छ । नराम्रोमा नराम्रो प्रोग्रामिङ हुँदै जान्छ । त्यसैले पुर्खाहरुले राम्रा कुरामा मात्र जोड दिएका हुन् ।

साइकोसोम्याटिक डिजिज :-

साइको भनेको ब्रेनबाट सोम्याटिक भनेको शरीरसम्म अब विभिन्न नकारात्मक विचारहरु ब्रेनबाट शरीरसम्म गयो भने र हाम्रो सेल्ससँग पराजित भएर लक्षण देखियो भने यो साइकोसोम्याटिक डिजिज हुन् । बोल्दा, हेर्दा, सुन्दा हाम्रो ब्रेनमा प्रोग्रामिङ बन्छ । जब नकारात्मककता हावी हुन्छ ।

यसैलाई हामी मनोशारीरिक रोगहरु, साइकोसोम्याटिक डिजिज भन्छौँ । यी ब्रेनबाट आउने रोगहरु हुन् । यी सबै रोगहरु हामीले ट्रिटमेन्ट गर्ने हो । यस्ता कतिपय रोगहरुको औषधी नै हुन्न । ब्रेनबाट आउने रोगहरुको निर्मूलका लागि त तपाईँले ब्रेनका सेल्स एक्टिभ गरेर रोगविरुद्ध लडाउने हो । तपाईँले काँही इमोशनल घटना देख्नुभयो भने शरीर परिवर्तन हुन्छ । नजिकका गलत कुराहरु बढी हेर्दा हाम्रो ब्रेनमा पनि यस्तै धारणा सब कन्सिअस माइन्डमा बन्दै जान्छ ।

जब यो रिपिटेड हुन्छ अब सब कन्सिअस माइन्डले ठीक र बेठीक छुट्याउन छाड्छ । अब तपाईँलाई कोरोना भन्नुहोस् वा अन्य कुनै पनि रोग लाग्नै पर्र्दैन । उसमा विभिन्न रोेगका लक्षणहरु आफैँ देखिन्छन् ।

अमेरीकामा १९५२ मा एक क्यान्सर रोगी विरामीलाई डाक्टरले अब दुई हप्तापछि तपाई बित्दै हुनुहुन्छ भनियो । विरामीले एक पत्रिकामा क्यान्सरको भ्याक्शिन भेटियो भन्ने समाचार पढेपछि उनी डाक्टरकहाँ गए । डाक्टरलाई उक्त भ्याक्शिन लगाइदिन भने डाक्टरले मर्न लागेका हुन ठीकै छ भनेर कुनै भ्याक्शिन लगाइदिए ।

दुई दिनपछि रिपोर्ट आयो उसमा क्यान्सर नै थिएन । १० महिनापछि फेरि समाचार आयो ल क्यान्सरको भ्याक्शिनले काम गर्देन, विरामी ठीक हुँदैनन् । अब त्यही व्यक्ति जसमा हिजो क्यान्सर थिएन भनिएको थियो सुनेको भरमा विरामी हुन थाले । विश्वास टुट्यो । जतिखेर ती मानिसले विश्वास लिए कि मेडिशिन लगाएको छु ठीक थिए । तर जब विश्वास टुट्यो ८ दिनमा मृत्यु भयो ।

त्यसैले बि पोजेटिभ अल द टाइम्स । तर भनेर मात्र हुन्न । रोगै लागिसकेको भए उपचार गर्नुपर्छ । अब सबकसिन्सअस माइन्डमा तपाईँलाई मैँले पोजेटिभ हुने बाटो दिएँ भने पोजेटिभ बन्नुहुन्छ । हामीले कम्प्युटरमा प्रोग्राम फम्र्याट गरेजस्तै दिमागका नकारात्मक कुराहरु हटाउनुपर्छ । यो यसैको प्रक्रिया हो । यो न्युनतम तीन घण्टाको शेसन हुन्छ ।

यसका लागि एक पटक भेटेरै समन्वय गर्नुपर्छ । हालै ५२ जना डाक्टर, प्राध्यापकसँग पनि एक शेसन गरेँ । तीन घण्टाको शेसन भनेर बसेको उहाँहरुले ८ घण्टासम्म लैजानुभयो । सामान्यतया ३ सेशनमा पूरा हुन्छ ।

(खुल्लापाटी डट कमकाे अन्तरवार्तामा आधारित सामाग्री)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.