add

मैले त मेरो वाहुनवाद त्यागिसके , तिमीले तिम्रो दलितवाद कहिले त्याग्ने साथि ?






ActPro Nepal

|

१३ जेठ, २०७७

|
1070


सबिन घिमिरे 

गौतमको छोरोले विककी छोरीसंग विवाह गर्दा आएको हेडलाइन मलाई हेडलाइन हेडलाइनजस्तो लाग्दैन फेरि । मान्छेहरु हल्ला गरिराछन बजारा । केटा र केटीको विवाह चलिराछ , सबजना विन्दास  । दलित अदलित भन्दै माइकिंग गर्ने माइकेहरु पनि मासुभात दन्काइ राखेका छन । केटाकेटीको विहेमा पनि दलितको घन्टी झुन्डाउने घन्टेहरु पन्तकी छोरी बलात्कृत हुदा वाहुन महिला बलात्कृत भयो भन्दैनन् / फेरि परियारकी छोरी वलात्कृत हुदा दलित महिला वलात्कृ भन्दै ढोल पिट्दै कुद्छन ।महिलाप्रतिको अन्याय हो भने दलित – अदलित किन ? त्यो उनीहरु जानुन । यहा बाहुनले बाहुन मार्दा हाउ सोल्टी बाहुनले बाहुनलाई नै मार्यो यार भनेर कसैले भन्दैन  । किनभने त्यहा सिर्फ एउटा मानवले अर्को मानवको हत्या गरेको हुन्छ  । तर जब एउटा कामीले एउटा वाहुनलाई मार्छ अथवा एउटा बाहुनले कामीलाई मार्छ यहा मानावले मानवलाई होइन मानवले दलितलाई वा दलितले मानवलाई मारिएको हुन्छ । यहा वास्तवमा न त कोहि सानो जातको मरेको छ न कोहि ठुलो जातकोले मरेको छ । त्यहा मरेको छ केवल एक मानव । मरेको छ त केवल एक नेपाली । यसलाई दलित-अदलित बीचको द्वन्दको रूपमा मा बाहुनको आखाले देखेन । म त दलित शब्द नै लेख्न र भन्न नपाउने संविधान बनिनुपर्छ भन्ने लाग्छ / नेपालमा दलित शब्द जहिलेसम्म हट्दैन तबसम्म जातीय भेदभावको त्यान्द्रो झुन्डिनै रहन्छ भन्ने यो तर्कमा म अहिलेसम्म अडिग छु । यो शब्दको विकल्प खोजिनु पनि हुदैन ।

कुनै पनि वाहुनले आइ एम प्राउड टु बी बाहुन भनेर छाती नाफुलाए नि हुन्छ । न त कामी दमाईले नै आफुलाई दलित ठानेर न्याउरे हुन जरुरी छ । मानिसको उच्चता कामको आधारमा कायम हुन्छ जातको आधारले हुदैन । जातको आधारमा क्षमताको मुल्याङकन हुदैन । कुनै दमाईलेले सगरमाथा चढ्यो भने एउटा नेपालीले सगरमाथा चढेको हुन्छ । दलितले सगरमाथाको आरोहण गर्यो भनेर जातीय विज्ञापनको जालो फैलाउन जरुरी छैन । कर्ण दास आफ्नो क्षमताले कर्ण दास भएका छन । शिव परियार जातको कारण गायक भएका होइनन । रक्सिको मातमा सुर्वाल मुत्त्दै हिड्ने सानो जात भनिएका मान्छेहरु पनि जातको कारण सुर्वाल मुतेका होइनन । यहाँ मानवताको छ चिन्ता , तिमी जात जात भन्छौ । बोल्नेले दलित पत्रकार , दलित कलाकार , दलित गायक , दलित फलानो , दलित चिलानो भनेर वाकी रहेको हुन्छ , यता सुन्ने गदगद । तिनै गदगद हुनेहरु अन्यायमा परे दलितमाथि अन्याय भन्दै आफुलाई सानो बनाउछन । आफुलाई मानव ठान्ने हो भने त मानव अन्यायको ठुलो र फारकिलो न्याय माग्ने हो । कसैले दलित बनाउछ भने त्यसलाई रोक्न नसकिएला तर आफैले आफैलाई दलित बनाउने जालो त अवश्य तोड्न सकिन्छ । आफैले आफैलाई दलित बनाउने जालो नाच्यातुन्जेल अरुले समानताको समाज निर्माण गर्छ भन्नु गधाले बाछो ब्याउछ भनेर आशा गर्नु मात्र हो ।

तिमीले आफैलाई सानो बनाएर लिएको दलित कोटाले कोहि प्रतिभाशाली बाहुनको अवसर त गुमेको छैन ? तिमीले स्कुल पढ्दा दलित कोटाबाट पाएको छात्राव्रितिले एउटो गरिबभन्दा गरिब बाहुन केटोको पढाइ त रोकिएन ? यस्तो भेदभावामै गर्व गर्दै समानताको भाषणको के औचित्य होला र ? आफैले आफुलाई सानो जातको भनेर कोटामा फारम भर्दा आफैमा निच भावना जाग्छ भने स्वतन्त्र प्रतिस्पर्धाको लागि किन माग गर्दैनौ । समानताको नाममा कोटामा अवसर खोजेर कति युगसम्म आफैले आफैलाई दबाउने ? समानता त तब महसुस हुन्छ जहा खुल्ला प्रतिस्पर्धा गरेर एउटा दमाइ केटो प्रधानमंत्री बन्छ । कोटाबाट पसेर रास्ट्रपति नै बनेपनि आफैले आफैलाई गरेको असमनाताको आत्मबोधले छटपटिनु पर्यो भने के मज्जा ? बाहुनले कोटामा आखा लगायो भन्लाऊ तर तिम्रो क्षमता र कुशलतालाई दाग लगाउने यस्ता तत्वले हामीलाई असमानता बोझ हुन्छ ।

मेरो भान्सामा जो कोहि पनि जातको कारण पस्ने हिम्मत गर्दैन भने त्यसले मलाइ असमानताको महसुस हुन्छ । लोकसेवा भर्न जादा संगैको साथीले दलित कोटा भर्दा मलाई असमानताको महसुस हुन्छ । संगै संघर्ष गरेको साथीले उत्कृष्ट दलित युवाको ट्याग पाउदा प्रश्न गर्छु उसले उत्कृष्ट युवा पुरस्कार किन पाएन ? मलाई बाहुनभन्दा हजुर भन्दिने मैले कामी भन्दा को कामी ? को कामी ? भनेर न्यु खोज्ने साथीहरुले असामानता गरेको महसुस हुन्छ । यो कामी , दमाई , सार्की , बाहुन , क्षेत्री , नेवार इत्यादि नाममात्र हो । यसमा कुनै परिचय हुदैन भनेर आफै स्वतन्त्र हुने म विन्दास बाहुन हुन सक्छु भने यहि सत्यतालाइ विश्वास गर्ने तिमी बिन्दास कामी किन हुन सक्दैनौ ? मैले त मेरो वाहुनवाद त्यागिसके , तिमीले तिम्रो दलितवाद कहिले त्याग्ने साथि ?

#NO_CASTE_DISCRIMINATION #WE_ALL_ARE_EQUAL #HUMAN


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.