add

सरकारको नीति तथा कार्यक्रममा,बिदेशमा रहेका ५० लाख नेपाली नागरिक लाई सम्बोधन किन भएन ?






ActPro Nepal

|

८ जेठ, २०७७

|
1703


लक्ष्मण कडेल

नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचित दुई कम्युनिस्ट एक भएको दुई तिहाइ को सर्बहारा बर्गको कम्युनिस्ट सरकार नेकपा को अध्यक्ष समेत रहेका बर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीले केहि दिन अगाडि मात्रै संसद भवनमा २ घण्टा बोलिरहेका बेला बिदेशमा रहनुभएका ५० लाख भन्दा बढी नेपाली नागरिक लाई किन सम्बोधन गर्न सक्नुभएन कारण के हो प्रधानमन्त्री ज्यु ? अनि सांसदहरूले सोधेको प्रश्नमा समेत तपाईं गैरजिम्मेवारी बन्नुभयो किन ? प्रधानमन्त्री के पी शर्मा ओलीको भनाइमा ४०/५० लाख मान्छे भित्र्याउन कति जाहाज लाग्ला ? कति महिना लाग्ला ? कुन जनशक्ति ले क्वारेन्टाइन बनाउछ ? कोरना मात्रै फैलाउने ? देश सोत्तर पार्ने ? स्याबास प्रधानमन्त्री ज्यु तपाइले भुल्नु भएछ किनकि हाम्रो देश तिनै बिदेशमा रहेका नेपाली नागरिकको खर्बौ रुपैयाँ रेमिटान्स भित्राएर अर्थतन्त्र धानिएको छ । 

देशमा जतिसुकै ठूलो समस्या आएपनि देश विदेशमा रहनुहुने नेपाली नागरिक को सुरक्षा समाधान खोज्नु नेपाल सरकारको पहिलो कर्तव्य होइन र ? म फेरि प्रधानमन्त्री ज्यु लाई भन्छु कुनैपनि नेपाली नागरिक बिदेशमा अलपत्र परेर मर्नु नपरोस् । विदेशमा रहनु हुने नेपाली नागरिक अर्याल के राज भन्नुहुन्छ ´विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ताको लागि सरकारले समन्वय गर्नुपर्ने बारेमा पनि लाइभ अर्थात अन्तरबार्ता मा आउनुपर्यो` । त्यस्तै मलेसिया बाट आनसिंह बिष्ट भन्नुहुन्छ ´अष्ट्रेलिया देखि क्वालालम्पुर हुँदै काठमाडौं जान लागेको नेपाल एअरको रित्तो फर्कदै गरेको जहाजमा नेपालीहरु भिजिट मा आएका तथा अन्य नेपाल जान रोकिएका नेपालीहरु फर्काउन सकिन्थ्यो तर फर्काइएन` ।

नेपालबाट अन्य देशका विदेशीहरु फर्किन पाए भने विदेशमा अलपत्र परेका नेपाली किन स्वदेश फर्किन पाउदैनन ? त्यस्तै जोर्डनबाट महिला जेसिका कार्की सोध्नुहुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले खुल्छ ? यस्ता प्रश्न को अगाडि हामी के उत्तर दिउ जहाँ देशकै प्रधानमन्त्री लाई नेपाली नागरिकको माया नै छैन ।

त्यसैगरि नेपाली नागरिकका दबाबका बाबजुद प्रधानमन्त्री के पि शर्मा अोलि सरकार पछि हट्नु भएको छ किनकी नेपाली नागरिक कोरना भन्दा पनि देश ठूलो भन्दै सडकमा निस्किए केही राष्टबादी नागरिक पक्राउ परे पुर्ब जर्नेल प्रेम सिंह बस्न्यात , सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठ  , नेपालका लागि नेपाली अभियान का संयोजक सुरेन्द्र भण्डारी , रोसा श्रेष्ठ , सागर खड्का शेखर जंग रायमाझी पक्राउ लगायत थुप्रै नागरिक अगुवाहरु पक्राउ सँगै तपाईहरु पछि हट्नुभयो र नेपाल र नेपाली को पक्षमा लिम्पियाधुरा, कालापानी, लिपुलेक को बिषयमा ऐतिहासिक निर्णय गर्दै नेपालको राजनैतिक नक्सा बनाउन सफल हुनुभयो । अब नेपालको भुमी पनि फिर्ता लिनुहोस् । नेपाली जनताहामी साथ दिन्छौ ,कालापानी , लिपुलेक, लिम्पियाधुरालाई सुरक्षा दिएर त्यहा नेपाली सेनाको पृतना र बाहिनी खडा गरि भुमी सुरक्षा गर्न निर्देशन पनि दिने कि ? अब चुनाव नजिक आउदैछ त्यति बेला चुनावी नारा दिएर राष्टबादी बन्न खोज्ने पक्कै समयले बताउला अब तपाईं कति राष्टबादी ? अनि उक्त भुमीलाइ भविष्यमा तपाईंको पार्टीको चुनावी नारा नबनाईयोस ।

अनि रास्ट्रघाती अमेरिकी सम्झौता मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिरुद्द पनि खडा हुनुहोस् । जनताको यहि चाहना छ , होइनभने नेपाली इतिहासमा दोस्रो लेण्डुपे बन्नुहुनेछ तपाई । त्यो नेपाली जनताको पक्षमा छैन किनकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा 

१) धारा ३ को दफा ३-२ (च) सम्पुर्ण बौद्धिक सम्पत्ति मा अमेरिकाको पुर्ण अधिकार हुनेछ ।

२) धारा ३ को दफा ३(८) (क) परियोजना को लेखा परिक्षण अमेरिकाको कम्पनिले मात्रै गर्न सक्छ ।

३) धारा ५ को (क) र (ख) अमेरिकी सरकारले चाहेमा जुनसुकैबेला यो सम्झौता रद्द गर्न सक्नेछ ।

अनुसुची १(ग) को २ यस परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकायलाई खटाउनुपर्दा मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को स्वीकृत लिनुपर्ने छ ।

अनुसुची ४ (क) नेपाल सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्ने छ र त्यस्तो योजना भारतको सरकारले समर्थन गरेको हुनुपर्नेछ । 

तसर्थ, यो रास्ट्रहित को पक्षमा छैन । प्रधानमन्त्री ज्यु यो मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गरि नेपाल आमालाई बलत्कार हुन बाट वचाउने काम गर्नुहोस् । अब आयो कोरना टेष्ट गर्न सर्बसाधारण नागरिकले यस्तो दु: खद घडीमा कहाँबाट रु १५००० ल्याएर टेष्ट गर्नु ? जनतामा १५०० को चामल किनेर खान सक्ने सामर्थ्य छैन । उपचार छैन यस्तो बेला जनताको पक्षमा उत्तरदायी बन्नुपर्ने बेला किन सर्वसाधारण नागरिक लाई लुट्न खोजेको ? रास्ट्रपति बिध्यादेबी, के पी ओली , शेर बहादुर देउवा , पुस्प कमल दाहाल (प्रचण्ड ) लगायत यिनिहरुका वरिपरिका आसेपासे हरुको निशुल्क अनि सुरक्षीत तर गरीब जनतालाई महंगो शुल्क आखिर किन ? यतिबेला कतैबाट लुट्नेठाउँ नपाएपछि गणतन्त्रबादी दुई तिहाइ को सर्बहारा वर्गको कम्युनिस्ट सरकार ५ किलो चामल १ पोका नुन तेल राहत थाप्ने हामी जनतालाई कोरना टेष्टको नामाकरण गरेर फेरि लुट्दै छ । त्यसैले हरेक कार्य नेपाली जनताको पक्षमा गर्न नसक्नु यो आतंकबादी सरकार हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.