add

'लक डाउनलाई अवसरको रुपमा प्रयोग गरौं' -शुकदेव दाहाल






ActPro Nepal

|

७ वैशाख, २०७७

|
851

विश्वभर भैलिएको कोभिड १९ कोरोना भाईरसको त्रासको कारण आज विश्व मानव जगत लक डाउनमा रहन बाध्य हुनुपरेको छ ।

डिसेम्बर अन्त्यमा चीनको बुहान शहरबाट सुरु भएको कोरोनाले जनवरी २२ सम्म आईपुग्दा चीनमा झन्डै २ हजार मानिसको ज्यान गएपछि विश्व स्वास्थ्य सङगठनले यो सङक्रमण विश्वभर फैलन सक्ने भन्दै माहामारीको रुपमा घोषणा गरेपछि िवश्व सचेत हुन पुगेको थियो ।

तर यो अवघिमा अन्य देशमा पनि सङ्क्रमले जरा गाडिसकेको रहेछ । यो क्रममा आजका दिनमा आईपुग्दा करिब १ लाख ६० हजारभन्दा बढिको मृत्युु भएको छ भने २३ लाखको हाराहारीमा सङ्क्रमित भैसकेका छन् । यि मध्ये ५ लाख निको भएर घर फर्केको छन् ।

विश्व आज विज्ञानको प्रभावका कारण यति प्रतिस्पर्धी भएको छ कि को हि कसैले कसैसँग चासो राख्न सक्ने अवस्थामा थिएननन । तर आज महान र शक्तिशाली मुलुकलाई पनि यो महामारीले झस्काएको छ ।

आज एउटा भाइरसले महामारीको रुप लिदा पनि विज्ञानले काम गर्न सकेको छैन ।अमेरिका बेलायत जस्तोसुकै शक्तिशाली मुलुक पनि लक डाउनमा बसेर यो रोगसग लडिरहेका छन् । विश्वसगै हामी नेपालीजन पनि यो सङक्रमणसग जुधिरहेका छौ ।

यो पङ्ति लेखिरहदा हामी लकडाउनको २६ औ दिनमा पुगेका छौ । यो क्रम वैशाख १५ सम्म जारी रहनेछ भने त्यस पछिको अवस्था के होला अहिले नै आकलन गर्न सकिने अवस्था छैन ।

तर सरकारको प्रयास र हामी आम नागरिकको जिम्मेवारीपनका कारण सङ्क्रमणले महामारीको रुप लिन पाएको छैन । यो हाम्रो लागि निकै खुशीको कुरा हो । सरकारी तथ्यांक अनुसार आजसम्म ३१ जनामा देखिएको छ भने३ जना निको भएर घर फर्कनु भएको छ ।

यो हाम्रो लागि अर्को खुशीका कुरा हो । यो सगै सरकारले पनि परिक्षरणको दायरालाई अझै फराकिलो बनाएको छ । यो पनि हाम्रो लागि सुखद पक्ष हो ।

कहि कतै सरकारका कमजोरी छन् । चाहे त्यो औषधी खरिद प्रकरण होस वा राहत वितरणका विषयमा होस कि यस्तो सङ्कटका बेला सुकुम्बासी आयोग गठन गरेर कार्यकर्ता भर्ति गरेको विषय हुन ।

यस्ता िवषय पक्कै समर्थन गर्न लायक छैन तर अहिले हाम्रा सामु एकतावद्द भएर कोरनासग लड्नु नै हो । पछिल्लो समय सरकाको विरोध गर्ने बहानामा सामाजिक सञ्चालनमा अन्य मुलुकका तस्बिर पोष्ट गरेर सरकारलाई कमजोर बनाउने काम गरिएको छ । यो गलत कुरा हो ।

यो हाम्रो लागि असामान्य अवस्था हा । असामान्य अवस्थामा केहि कमजोरी होला तर सरकारले नागरिकलाई जोगाउन जुन प्रयास गरेको छ त्यो असामान्य पक्कै छैन । बुझेर र बुझ पचाउदै महिनौ लक डाउन हुदा पनि फरक नपर्ने समुहहरुले मजदुरका नाममा राजनीति गर्नु हाम्रो लागि अर्को भाईरस हो बुझ्नुपर्छ ।

पक्कै केहि मानिसको पिडा दुस् खदायी छ उहाहरुको बारेमा सरकारलाई सुझाव दिएर समन्वयात्मक काम गर्न सक्नु पर्छ ।हामी सबै दल,नागरिक समाज,सञ्चारकर्मी,बुद्धिजीवीले यो अवस्था विवेक प्रयोग गरौ ।

देश बलियो स्वस्थ रह्यो भने भोलि या मैदान हाम्रो नै हो। यो सङ्कटको एक मात्र उपचार अर्थात यो विसम परिस्थितिमा हामीले होम क्वारेन्टाइन बसेर केहि समय धैर्य गर्न सक्यौं भने सबैभन्दा ठुलो कुरा या महामारीलाई जित्ने छोे र हाम्रो दैनिकी नियमित बन्नेछ ।

यसका लागि हामीले आफ्ना दैनिकीलाई केहि परिमार्जन गरेर अघि बढ्यौं भने यो एउटा अबसर पनि बन्न सक्छ । विगतमा हाम्रो दैनिकी पक्कै व्यस्त थियोे छ फेरि पनि हुनेछ ।

त्यसलाई यो अवसरमा केहि सकारात्मक रुपमा योग ध्यान गर्दै परिवारसँग समय विताउने,छोरा छोरीसग समय बिताउने उनिहरुलाई आफुले जानेका बुझेका कुरा सिकाउने र आफुपनि उनिहरुका कुरा सुन्ने परम्पराको विकास गर्ने अबसर पनि यसले प्रदान गरेको छ ।

यसलाई सहि रुपमा प्रयोग गर्न सके अबको हाम्रो जिन्दगीको यात्रा अझ सुन्दर हुदै जानेछ । फेरि पनि भन्न चाहान्छु कोरोना भाईरस तपाईंको घरसम्म आउदैन त्यसैले तपाईं यसलाई लिन बाहिर नजानुहोस र घरमा बस्नुहोस। हामी पक्कै कोरोनालाई जित्ने छौ ।

(लेखक: नुवाकोट पुकार साप्ताहिक का प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक हुनुहुन्छ)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.