add

भोजन लगायत मानवीय गुणहरूकाे वर्गिकरण






ActPro Nepal

|

२१ चैत, २०७६

|
1621

काठमाडौं ।  शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाईन्छ । मानिसको शरीरलाई स्वस्थ राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ । शरीरलाई आवश्यक पोषक तत्वहरू कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज पदार्थ तथा पानी लगायत रहेका हुन्छन् ।

एउटै मात्र खानाले शरीरमा चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त गर्न सकिँदैन । त्यसैले सबै किसिमका पोषक तत्वयुक्त खानामा समावेश हुनुपर्छ । जसले गर्दा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वहरु आवश्यक मात्रामा पूर्ति हुने गर्छ । यी तत्वहरूले हाम्रो शरीरका कोष तथा तन्तुलाई राम्रोसँग काम गर्न सघाउने भएकाले हाम्रो शरीर स्वस्थ रहन्छ।

भोजन लगायत मानवीय गुणहरूलाई तीन श्रेणीमा बाँडिएको छ :-

सात्विक :- 

राजसिक :- 

तामसिक :-

१. सात्विक  :-

सात्त्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसित हुन्छन् । परिश्रम पूर्वक आफनै धनद्धारा ल्याएका पवित्र खादयपर्दाथहरु सात्विक भोजनमा पर्दछन् । गाईको दुध र गाईको दुधबाट बनेका सबै परिकारहरु घ्यु, गहुँ, चामल जौ, मुग, हरियो पात भएको साग, घिरौंला, लौका, आदि सात्विक भोजन अन्तर्गत पर्दछन् ।

सात्विकमा आलु, बदामको तेल, मिलको तेल , धनीयाँ, जिरा, ज्वाँनो, बेसार , बदाम, सुक्मेल, किवी, अमला , एसैलु , केरा, नस्पाती, मेवा, खरभुजा, लिच्ची, अमला, भुईंकटहर, सुन्तला, कटुस, ओखर, नरिवल, चमेली, गुलाफ, राजमा सिमल, तरुल , करेलो , इस्कुस , आकासबाट परेको पानी , वरेला, उुखु आदि पर्दछन् ।

सात्विक स्थानहरुः नदीको किनारा , गौशाला, मन्दिर तिर्थ, धाम, पहाडको टुप्पो, पहाडको गुफा, लामखुट्टे नलाग्ने सुन्दर हरियो बन, फुलबारी, आँपको रुख छेउछाउ, समि वृक्ष असपास, पिलको रुख वरिपरि, तुलसीको मठ आसपास पर्दछन् ।

सात्विक व्यक्तिहरुः माता,पिता, सन्त, सदगुरु , धार्मिक, कवि , ब्राहमण , धार्मिक गुरु,आध्यात्मिक प्रशिक्षकहरु, सेवा गर्ने व्यक्तिहरु, बाहुन, कृषक, आध्यात्मिक र कृषि वैज्ञानिकहरु लगायत पर्छन् ।

रङहरु :- 

सात्विक रंगहरुमा सेतो, पहेंलो, गेरुवा, गोल्डेन , रेशमी उनीको जुटपाट, हनुमानको टिका, सुन चाँदी तामा पर्दछन् ।

२. राजसी भोजन :- 

राजसी भोजनले एकोहोरोपन जस्ता गुणमा वृद्धि हुन्छ । तीतो अमिलो, नुनिलो, पिरो, रुक्ष डाहावाला, मसालेदार, अचार आदि राजसी भोजनमा पर्दछन् । व्यापारबाट आएको धनले किनको फल तथा अन्नहरु पनि राजसी हुन्छन् । चिया, कफी , आइसक्रिम पापड , गुन्द्रुक, टमाटर , भैंसीको दुध, मुला, मेथी, मरिच, ल्वाङ, गाजर, फुलगोपि, आँप , अनार , इस्ट्बेरी, चिनी , मह, भोगटे, कागती भिन्डी, रायो , फर्सीको मुन्टा लगायत राजसी भोजनमा पर्दछन् ।

राजसी स्थानहरुस् सरकारी भवन , विद्यालय, गाँउघर, सहर, झिलीमिली सजाएको ठाँउ राजसी हुन् ।

व्यक्तिहरुस् नेताहरु, क्षेत्री , लोक गायक, नाट्यकार, नृत्यकार, हाँस्यकार चित्रकार ,डकर्मी, सिकर्मी, खेलाडी व्यापरी, भाँडा बनाउने लगायत ।

रङहरु :-

झिलीमिली, नौं रंग, हरियो, सुन्तला, मिश्रित रंग, मिश्रित कपडा, पितल, काँस आदि पर्दछन् ।

३.  तामसिक  :- 

भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ । अरुलाई दुःख दिएर आर्जन गरेको धन तामसिक धन हो । अरुलाई दुःख दिएर कमाएको सबै कुरा तामसी नै हुन्छन् । सकेसम्म सुख्खा भोजन भुटेको मकै भटमास तामसी हुन्छ ९मैदाबाट बनेको बिस्कुट, चाउमीन , पाउरोटी आदि० धेरै दिन देखि बनाएर राखेको भोजन वा खानेकुरा पनि तामसी नै हुन्छ । माछा(मासु जाँड, रक्सी, तमाखु , गुडका अण्डा बासी भोजन तितो पिरो टर्रो , दुर्गन्धयुक्त किराले खाएको, अपवित्र, प्याज, लसुन, सलगम, सुपारी आलसको तेल, पिँडालु ,कर्कलो, वैतरणी श्राद्ध शनि दशा निवारण्को कार्य ,गधा , घोडा परेवा , कुखुरा , काग यी सबै कुरा तामसी हुन् ।

तामसिक स्थानहरु स् वेश्यालय, कलकारखाना, अण्डा पसल, माछा मासुको पसल, जुवा तास खेलिरहेको स्थान, उराठ लाग्दो, झगडा परिरहने, अदालत, अस्पताल, मुर्दाघर, मरुभूमि, भट्टी, आगो, पहिरो लगायत ।

रङहरु :-

कालो, ध्वासे खैरो , गाढा निलो, वैजनी, कलेजी लगायतका रङहरू र छालाका कपडाहरु ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.