add

८ मार्चमा नै किन मनाइन्छ अन्तराष्ट्रिय नारी दिवस ?






ActPro Nepal

|

२५ फागुन, २०७६

|
1737

मनिता घिमिरे                                                                                                                   
विश्वमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस महिला जगतले जागरूकता सम्बन्धी महत्वपूर्ण उत्सवको रुपमा हरेक वर्ष  मनाइने पर्व हो ।

विश्वभर ८ मार्चमा मनाइने दिवस राजनैतिक तवरबाट सुरु भएता पनि हाल महिला अधिकार , महिला सशक्तिकरण , जनचेतना अभिवृद्धि र लैङ्गिक समानताका सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम महिला दिवसको आयोजना संयुक्त राज्य अमेरिकाको सोशलिष्ट पार्टीले सन् १९०९ फेव्रुअरी २८ मा गरेको थियो । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्रािष्ट्रय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय  श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भयपछि सन १९११ देखी विस्वभरिमा ८ मार्चलाइ अन्तरास्ट्रिय महिला दिवसका रुपमा मनाउन थालेका छन् ।

आज  २०२० मा आइपुग्दा हामी  विश्वभर ११० औं अन्तर्राष्ट्रिय महिला  दिवस भब्यताका साथ मनाइरहेका छौ।

आजको २१ औं शताब्दीमा आइपुग्दा महिला राज्यका हरेक  उत्कृष्ट तह तप्कामा  स्थापित भएका छन् । तर पहिले यस्तो अवस्था थिएन ।

महिलालाई पढ्न स्वतन्त्रता, स्वतन्त्रतापूर्वक हिड्डुल गर्ने, बोल्ने, काम गर्न वा भोट हाल्न समेत दिइदैनथ्यो ।

इतिहासलाई फर्केर हेर्दा सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीको सडकमा एउटा र्याली  निकाले जसमा भोट हाल्न पाउने अधिकारदेखि काम गर्ने घण्टा कम गर्न र राम्रो तलब जस्ता माग संलग्न गराइएका थिए ।

सन् १९०९ मा अमेरिकाकी सोशलिष्ट पार्टीले यूनाइटेड स्टेट्समा पहिलो राष्ट्रिय महिला दिवस २८ फेव्रुअरीमा मनायो । त्यसपछि १९ मार्च १९११ मा पहिलो पटक अष्ट्रिया, डेनमार्क र स्विजरल्याण्डमा पनि अन्तराष्ट्रिय महिला दिवस मनाइयो ।

दुई वर्षपछि अन्तराष्ट्रिय महिला दिवसको मिति परिवर्तन गर्दै सन् १९१३ मा यसलाई मार्च ८ गरियो ।

त्यस बेलादेखि हरेक वर्ष यसै दिन अन्तर्रािष्ट्रय महिला दिवस मनाइन्छ । अन्तर्रा्ष्ट्रिय महिला दिवस संसार भरीका विभिन्न क्षेत्रमा काम गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धीलाई स्मरण गर्दै मनाइन्छ ।

अन्तर्रािष्ट्रय महिला दिवस महिलालाई सम्मान दिनुका साथै आर्थिक, सामाजिक, राजनैतिक उपलब्धि, महिला सशक्तिकरण र लैङ्गिक समानताका उद्देश्य प्राप्ति र रक्षाका लागी मनाइन्छ।

 नेपालमा वि.सं २०१६ सालदेखि अन्तर्रािष्ट्रय महिला श्रमिक दिवस मनाउन थालिएको पाइन्छ । महिला स्वतन्त्रता, समानताका लागि तथा कुरीति, कुसंस्कार, कुप्रथा विरुद्धमा वि.सं. १९७४ सालदेखि विदुषी योगमायाले सुरु गरेको सामाजिक आन्दोलनलाई सदा स्मरण गर्नु पर्दछ ।

त्यस पछि भएका जहानियाँ राणा शासन विरुद्धको आन्दोलन, २००७ सालको आन्दोलन, २०१७ सालको बहुदलीय व्यवस्था खारेजीको विरुद्ध आन्दोलनमा महिलाको अर्थपूर्ण सहभागिता पनि अविष्मरणीय छ ।

नेपालमा महिला आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा पछि परेको त्यसमा पनि लैङ्गिक विभेदले ग्रस्त समाजमा सहाना प्रधान, मंगलादेवी , द्वारिकादेवी , शैलजा, गौरी, विजया आदि जस्ता अद्म्य साहस भएका नारीहरुको नाम गौरबका साथ स्मरण गर्नु पर्दछ ।

वि.सं.२०४६ सालसम्म आइपुग्दा त महिला संघठित , राजनैतिक नेतृत्व, सामाजिक अगुवाको रुपमा महिला हरेक क्षेत्रमा अघि बढिसकेको पाइन्छ । २०५२ सालदेखि सुरु भएको शसस्त्र माओवादी द्वन्द्वमा विभिन्न मोर्चामा महिलाको नेतृत्व गरेको कथा ताजै छ ।

सरकारी, गैह्र सरकारी, समाजसेवा, राजनैतिक क्षेत्रमा उच्च तह र तप्कामा पुगेका महिला ०६२र६३ को जनआन्दोलन त्यसबाट प्राप्त अधिकारको उपयोग गर्दै २०७२ सालमा जारी भएको नेपालको संविधानमा महिला अधिकारलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ ।

महिला सशक्तिकरण, समानता, विकास, सामाजिक , राजनैतिक तथा आर्थिक निर्णयमा सहभागिता र अवसर तथा शक्ति अभ्यासको अवस्था उच्च हुदै गइरहेको छ ।

सार्वजनिक  होस या हरेक तह र निकायमा सहभागिता सुनिश्चितताले अवसर अभिवृद्धि भइरहेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर पाउनु, समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुन पाउनु तथा राज्यको उपल्लो निकायमा महिला रहनुले पनि नेपालका महिला जगतका लागि खुशीको कुरा हो ।

मार्च ८ आम महिलाको जागरण ल्याउने दिन हो । समान हक, समान ज्याला, समान मताधिकार, विश्व शान्ति, न्याय, समानता र मुक्तिका लागि ज्यानको प्रवाह नगरि अथक प्रयास र बलिदानीबाट आजको युगमा आइ पुगेको महिला आन्दोलन यतिमा नै सन्तुष्ट हुने अवस्था भने अझै छैन ।

त्याग , समर्पण, संर्घषका इतिहासबाट प्राप्त अधिकारको आजपनि  पूर्ण उपयोग हुन सकिरहेको छैन ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवश आज केन्द्र , प्रदेश साथै स्थानीय तह स्तर हुदै समुदायमा आइपुगेको छ । यसमा महिलासँग काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था , सरकारी निकायको योगदान, राजनैतिक तथा सामाजिक चेतना स्तरलाई हामीले सधै सम्झनु पर्नेहुन्छ ।

शिक्षित, सचेत, सशक्त तथा कानुन बारे जानकार भएका महिला जमात बढ्दो छ । आम महिलाहरुमा आत्मा सम्मान, स्वतन्त्रता तथा लैंगिक समानताका लागि अपेक्षा बढ्दै जानु पनि प्रगतिको सूचक हो । महिला मानव अधिकारबादीहरु, अभियान् । शिक्षित तथा कानुन बारे जानकार भएका महिला जमात बढ्दो अवस्थामा छ । महिलाहरुमा स्वतन्त्रता तथा लैंगिक समानताका लागि अपेक्षा बढ्दै जानु पनि प्रगतिको सूचक हो । पितृसत्ता मानसिकताबाट ग्रसित समाजमा महिलाहरुलाई  दयाका पात्र ठान्ने र भेदभावपूर्ण व्यवहार सामाजिक कुसंस्कारका रुपमा व्यप्त छ । पारिवारीक मनमुटाव, झैझगडा, हिंसा, दूव्र्यवहार सहेर बसेका छन् ।

इज्जत जाने डर महिलामा नै छ । घरेलु हिंसा, सामाजिक हिंसा, यौनिक हिंसा, बलात्कार, हत्या, वाध्यात्मक आत्माहत्या, साइवर अपराध, वेपत्ता, जवरजस्ती सम्वन्ध विच्छेद तथा अलपत्रका घटना उत्तिकै छन् । घरभित्र र सार्वजनिक हिंसा पनि त्यत्तिकै छ यधपी  महिला माथि हुने हिंसा बारे जानकार भएका सचेत महिला संघसस्था  र सहयोगी संयन्त्र फ़ैलिने क्रममा छ ।

महिला श्रमिक दिवशको प्रभाव, परिवर्तन तथा जागरणको अवस्था अझ  स्फूर्त रुपमा समाजमा आउन सकेको छैन ।  अन्याय, अत्याचार, दमन, शोषण, हत्या, हिंसा, बलात्कार, सामाजिक कुसंस्कार, कुरीति, विभेद सहेर बसेका महिला माझ अझ पुग्न सकिरहेको छैन । यस दिवशको अवसर पारी महिलाहरु थप संघठित भइ महिलाहरुका सवाल, मुद्धा उठाउनु पर्दछ । 

कागजी रुपमा तयार भएका नीति, देखाउनका लागि मात्र समावेशीता, चोख्याउनका लागि मात्र हुने गरेका कानुनी प्रकृया, फितलो कार्यान्वयनको खवरदारी गर्नु अबको आन्दोलन केन्द्रीत हुनु पर्दछ । प्राचिन कालबाटै पितृसत्ताबाट गाँजिएको मुलुकमा अन्याय, अत्याचार, हिंसा, बलात्कार जस्ता जघन्य अपराधीहरु पनि राजनैतिक, सामाजिक तथा कानुनी रुपमा उन्मुक्ति पाउनु यस दिवशको सार्थकता माथि अझै प्रश्न छ ।

शिक्षित तथा कानुन बारे जानकार भएका महिला जमात बढ्दो अवस्थामा छ । महिलाहरुमा स्वतन्त्रता तथा लैंगिक समानताका लागि अपेक्षा बढ्दै जानु पनि प्रगतिको सूचक हो ।

पितृसत्ता मानसिकताबाट ग्रसित समाजमा महिलाहरुलाई  दयाका पात्र ठान्ने र भेदभावपूर्ण व्यवहार सामाजिक कुसंस्कारका रुपमा व्यप्त छ । पारिवारीक मनमुटाव, झैझगडा, हिंसा, दूव्र्यवहार सहेर बसेका छन् ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.