add

बालबालिकालाई कोरोना संक्रमणबाट कसरी बचाउने ? -डा. रवीन्द्र पाण्डे, जनस्वास्थ विज्ञ






ActPro Nepal

|

२१ फागुन, २०७६

|
1295

काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ । रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ । आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चिन्तामा छन् । घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका धेरै त्रस्त छन् । बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरि छ । 

विश्वभर झन्डै एक लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा ३ हजार भन्दा धेरै व्यक्तिको मृत्यु हुँदा बालबालिकामा कोरोना संक्रमण नगन्य मात्रामा देखिएको छ।  हिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो । कोरोनाको लक्षण हैन । नेपाल हालसम्म कोरोनामुक्त छ ।  बालबालिकाका गतिबिधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ । 

 बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन । बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ । जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो । ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन । 

 कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ  ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन । ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन ।

यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो । तर संक्रमण भएका १०० जनामा जम्मा २९३ जनाको मृत्यु हुन्छ । मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ । संक्रमित बालबालिकामा मृत्युदर १००० जनामा एकजनामा पनि छैन । अर्थात ०.१ ५%  भन्दा थोरैमा छ । मास्कको अभाव भएमा डराउनु पर्दैन । निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन । संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा बैज्ञानिकको मान्यता छ ।  मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्रमणको डर हुन्छ । हामीकहाँ पाइने सर्जिकल र मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् । त्यसको लागि N-95  लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन ।

- कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने (हातमा नगर्ने ), ह्याण्ड स्यानिटाइजर् तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने । 

- भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने ।

- मनतातो कागती पानी खाइरहने । मुख सुख्खा नराख्ने । अलिअलि पानी लगातार पिउने ।

- इन्फ्लुएन्जाको खोप लगाउने । यो खोपले अप्रतक्ष्य रुपमा रुघाकोकी सर्नबाट बचाउँछ ।

- मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने ।

- घाममा बस्ने, कपडा घाममा राख्ने ।

- नियमित मुख कुल्ला गर्ने ।

- सरसफाइमा ध्यान दिने ।

- बाहिरको खाना सकभर नखाने । घरमै बनाएको खाना खाने ।

- सागसब्जी, फलफुल, दाल, गेडागुडी, दही प्रशस्त खाने ।

- बिना जरुरि काम घरबाट बाहिर ननिस्किने ।

- अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने ।

- राम्रोसंग पाकेकोमाछामासु मात्र खाने । काँचो, हाफ बोइल नखाने ।

- बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने । 

- जनावरसंग धेरै नजिकिने नगर्ने ।

- इन्टरनेटमा भेटिने अपुष्ट कुराको विश्वास नगर्ने । डर नमान्ने ।

- रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.