add

टी-२० विश्वकप : अस्ट्रेलियाद्वारा साविक विजेता इंग्ल्यान्ड पराजित






ActPro Nepal

|

२७ जेठ, २०८१

|
182

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ मा अस्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । अष्ट्रेलियाको यो लगातार दोस्रो जित हो । 

२०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे ।

इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७.१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो । विल ज्याक्स १०, जोनी बेयरस्टो ७, मोइन अली २५, लियाम लिभिङस्टोन १५ र ह्यारी ब्रुकले २० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले २–२ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । ओपनर डेविड वार्नरले १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ट्रविस हेड १८ बलमा २ चौका र ३ छक्कासहित ३४, ग्लेन म्याक्सवेल २८, मार्कस स्टोइनिस ३०, टिम डेविड ११ र म्याथ्यु वेडले १७ रन बनाए । कप्तान मिचेल मार्शले २५ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले २, मोईन अली, जोफ्रा आर्चार, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए । अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.