add

यू-१९ विश्वकप क्रिकेट: नेपाल कठिन समूहमा, पहिलो खेल न्यूजिल्याण्डसँग






ActPro Nepal

|

२५ मंसिर, २०८०

|
183

काठमाडौं ।  दक्षिण अफ्रिकामा हुने आईसीसी यु-१९ विश्वकप  क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ ।  यू–१९ विश्वकप क्रिकेटको समूह डीमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्ड परेका छन् । 

समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड परेका छन् । यसैगरी समूह सीमा अष्ट्रेलिया र श्रीलंकासँगै जिम्बाब्वे र नामिबिया परेका छन् । 

दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्यूजिल्याण्डसँग खेल्नेछ । २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ । आफ्नो समूहको शीर्ष तीनमा परे नेपालले सुपर ६ मा स्थान बनाउनेछ । 

समूह ए र समूह डीको ६ टोलबीच सुपर ६ हुनेछ । यस्तै समूह बी र सीको पनि शीर्ष ३–३ टोलीको सुपर ६ हुनेछ । चौथो टोलीले पनि चौथो स्थानको लागि प्ले अफ खेल्न पाउने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.