add

आयोजक अष्ट्रेलिया बाहिरियो






ActPro Nepal

|

१९ कार्तिक, २०७९

|
310

काठमाडौं । इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार सिड्नीमा भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।

आजको नतिजाले आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो । श्रीलंकाले इंग्ल्याण्डलाई हराएको भए वा अंक बाँडेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो ।

श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले  ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २/२ विकेट लिए ।

यो समूहबाट न्युजिल्याण्ड सेमिफाइलनमा पुगिसकेको छ । भोलि समूह २ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह २ मा भारत, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना छ । तर भारतको ६ अंक र दक्षिण अफ्रिकाको ५ अंक रहेकाले दुई वटा देशको सम्भावना बलियो छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.