add

एसीसी च्याम्पियनसिपमा हङकङसँग भिड्दै नेपाल






ActPro Nepal

|

७ असार, २०७९

|
710

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।

मलेसियाको किनरारा ओभलमा आज दिउँसो १२ बजे नेपाल र हङकङको खेल हुनेछ। लगातार तीन खेल जितेको नेपाल आज पनि जितका लागि मैदानमा उत्रिनेछ।

नेपालले तीन खेलमा ६ अंक बुटेलर अंकतालिकाको शीर्षस्थानमा छ। हङकङ दुई खेलमा चार अंक बटुलेर दोस्रो स्थानमा छ।

यसअघि नेपालले पहिलो खेलमा भूटानलाई ५० रन पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा कुवेतलाई २५ रनले र तेस्रो खेलमा बहराइनलाई आठ विकेटले पराजित गरेको थियो।

नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एशिया कप महिला टी-२० प्रतियोगिता खेल्न पाउनेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.