add

घरेलु मैदानमा काडिजसँग पराजित भयो बार्सिलोना






ActPro Nepal

|

६ वैशाख, २०७९

|
850

काठमाडौं । लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ । 

भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको  हो । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ ।

काडिज भने ३१ अंक सहित १६ औं स्थानमा छ । शीर्ष स्थानमा भने रियल मड्रिड छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.