add

प्रिमियर लिगमा सिटीसँग चेल्सी पराजित






ActPro Nepal

|

२ माघ, २०७८

|
531

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा सिटीले चेल्सीलाई १-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सिटीले गोल गर्‍यो। खेलको ६९ औं मिनेटमा सिटीका केभिन डिब्रुएनाले निर्णायक गोल गर्दै सिटीलाई जित दिलाए। खेल अवधिभर ४४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको चेल्सीले चार पटक सिटीको पोस्टतर्फ प्रहार गरेको थियो। यद्यपि उसले गोल गर्न सकेन।

चेल्सीको तुलनामा सिटीले निकै आक्रामक खेल्यो। शनिबार रातिको जितसँगै सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको चेल्सीको ४३ अंक हुँदा तेस्रो स्थानको लिभरपुलेको ४२ अंक रहेको छ। लिगमा सिटीले चेल्सीले समान २२,२२ खेल खेल्दा लिभरपुलले २० खेल खेलेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.