add

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना






ActPro Nepal

|

२५ पुष, २०७८

|
866

काठमाडौं । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ । 

१० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग १–१ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक डेब्यू गरेको खेलमा १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो । 

खेलको ५७औं मिनेटमा लुक डि जङले डानी अल्भेसको पास सदुपयोग गर्दै गोल गरे । ७९ मिनेटमा गाभीले दोहोरो पहेँलोसहित रातो कार्ड बेहोर्दा क्याटलान क्लब बार्सिलोना १० खेलाडीमा सीमित भयो । 

खेल सकिन १ मिनेटअघि एन्टोनियो पुएर्टासले गोल गर्दै घरेलु टोली ग्रानडालाई हारबाट बचाए । बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंकसहित छैठौं स्थानमा छ । ग्रानडा समान खेलबाट २४ अंक सहित १२ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा शीर्षस्थानको रियल मड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ४–१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा रियलका लागि करिम बेन्जेमा र भिनिसिउस जुनियरले समान २ गोल गरे । भ्यालेन्सयाका गोनकालो गुडेसले सान्त्वना गोल फर्काए ।  

खेलको ४३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा भिनिसिउसले २–० बनाए । ६१ औं मिनेटमा भिनिसिउसले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । गोनकालोले ७६ औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा झारे । तर बेन्जेमाले पुनः ८८ औं मिनेटमा गोल गर्दै रियलले सिजनको १५ औं जित पायो । 

जितपछि २१ खेलबाट ४९ अंक जोडेको रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको  छ । दोस्रो स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ४१ अंक जोडेको छ । पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा छ । 


 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.