add

मेस्सी र एमबाप्पेको गोलमा पीएसजीको सहज जित






ActPro Nepal

|

५ मंसिर, २०७८

|
705

एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेसमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सहज जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले समान एक-एक गोल गरे । लिग वानमा मेस्सीको यो पहिलो गोल हो । पीएसजीले एक गोल भने उपहार पाएको थियो । नान्टेका लागि रान्डल कोलो मुआनीले एक गाेल गरे ।

खेलको दोस्रो मिनेटमा नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई आग्रता दिलाएका थिए । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा मुआनीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि बढ्यो ।

८७औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । उनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक जोडेको छ । पराजित नान्टेस १८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.