add

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय






ActPro Nepal

|

२ कार्तिक, २०७८

|
888

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवालको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

सरकारले यसअघि उनलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । सिलवालले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै आजको मन्त्रिपरिषद् बैठकले बर्खास्तको निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई  दोस्रो पटक सदस्य सचिव नियुक्त गरेका थिए ।

सरकार परिवर्तन भएसँगै देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको पालामा नियुक्त भएका पदाधिकारीलाई बर्खास्त गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.