add

युईएफएः इटालीलाई २-१ गोलले पराजित गर्दै स्पेन फाइनलमा






ActPro Nepal

|

२१ असोज, २०७८

|
706

काठमाडौँ । युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति इटालीको रान सिरोमा भएको खेलमा भ्रमण टोली स्पेनले इटालीको नाममा रहेको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो । 

इटालीको अपराजित यात्रामा म्यानचेष्टर सिटीको फेरान टोरेस बाधक बने  । २१ वर्षीय टोरेसको दुई गोल गर्दा स्पेन २–१ ले विजयी भयो । इटालीका लोरेन्जो पेलेग्रिनीले गरेको गोल सान्त्वना ठहरियो । 

खेलको १७ मिनेटमा स्पेनले अग्रता बनायो । पहिलो हाफको थपिएको २ मिनेटमा टोरेसले पुनः गोल गर्दा पहिलो हाफमै २-० को अग्रता बन्यो । खेलको ८३ मिनेटमा इटालीका पेलेग्रिनीले गोल गर्दै दूरी घटाउने प्रयास गरेका थिए । यद्यपि त्यो सफल भएन । 

यसअघि पहिलो हाफको ४२ मिनेटमा इटालीका डिफेण्डर तथा कप्तान निओनार्दो बोनुची दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाड्न बाध्य भएका थिए । 

जितसँगै स्पेनले युरो कप सेमिफाइनल अन्तर्गत वेम्वलीमा भागेको हारको बदलासमेत लिएको छ । इटालीले आफ्नो घरेलु मैदानमा सन् १९९९ पछि पहिलो पटक हार ब्यहोरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.