add

घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति






ActPro Nepal

|

८ जेठ, २०८०

|
123

सल्यान । सल्यानको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।

जिल्लाको कपुरकोट गाउँपालिका-३ का काले विकको एकतले फुसले छाएको घरमा सोमबार बिहान आगलागी भएको थियो। घरमा एक्कासी विद्युतको तार सर्ट भई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो। आगो नियन्त्रण आए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडालगायत सामाग्री पूर्ण रुपमा जल्दा ५ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। आगलागीपीडित अहिले आफन्तकहाँ शरण लिएरमा बसिरहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


below article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.